‘नेपाली गहना भारतमा फैलाउँछु'
१८ कार्तिक २०७१
•
५ मिनेट पाठ
‘नेपाली गहना भारतमा फैलाउँछु'
काठमाडौं-बलिउडकी चर्चित अभिनेत्री रविना टण्डन मंगलबार काठमाडौं आएकी छन्। नेपाल सुनचाँदी तथा रत्न अथा आभुषण महासंघले आयोजना गर्न लागेको फेशन शो तथा ज्वेलरी एक्स्पोमा सहभागी हुन उनी राजधानी आएकी हुन्। रविना बुधबार हुने फेसन शोमा ‘शो टपर' को रुपमा नेपाली गहनाका साथ ‍र्‍याम्पमा उत्रनेछिन्। फेसन शो तथा ज्वेलरी एक्स्पोमा रविनाको सहभागिताका सम्बन्धमा जानकारी दिन मंगलबार बेलुकी याक एण्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै रविनाले नेपाल आउन पाउँदा खुशी लागेको बताइन्।




‘सगरमाथा र गौतमबुद्धको भूमि नेपालमा आउन पाएकोमा धेरै खुसी लागेको छ। चलचित्र हरे राम हरे कृष्णमा काठमाडौँ देख्दा नै एकदिन यहाँ जान्छु भन्ने सपना थियो, उनले भनिन् ‘आज आएर त्यो सपना पूरा भएको छ ।
विमान चालकले ‘हामी सगरमाथाको नजिक छौँ' भन्दा आफ्नो मनमा अतभूत आनन्द आएको पनि उनले बताइन्। ‘विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने मौका त नमिल्ला तर नेपाल आउँदा सगरमाथाको नजिक हुन पाएको महसुस भयो' उनले भनिन्। 
धेरै कुरामा समानता रहेको भारत र नेपालको वर्षौदेखिको सम्बन्ध रहेको बताउँदै नेपालको परम्परागत गहनालाई बुधबारको शोमार्फत प्रबर्द्धन गर्ने उनले बताइन्। नेपालमा जस्तो २४ क्यारेटको शुद्ध सुनका गहना अन्त कतै नपाइने भन्दै ज्वेलरी एक्स्पोबाट गहना खरिद गरेर भारत फर्किने उनले बताइन्। ‘गहना मननपर्ने नारी यो संसारमा सायदै कोही होला' टण्डनले थपिन्, ‘ गहनाले नारीको सुन्दरतामा अझ निखार ल्याउँछ।' 
नेपाल र गहना दुबै मेरो प्राथमिकतामा भएकाले आयोजकबाट सहभागिताको प्रस्ताव आउनासाथ केही नसोची हुन्छ भनिदिएँ' रविनाले थपिन्, ‘नेपालमा भिन्दै खालको संस्कृति र परम्परा छ।' मेलामा आफ्नो सहभागिताले गहनालार्ई अझ विश्वव्यापी बनाउन मद्वत गर्ने उनले अपेक्षा गरिन् । 
‘गहनामा लगानी भनेको सबैभन्दा उत्तम र सुरक्षित लगानी हो। यसको मूल्य कहिल्यै घट्दैन, बरु सँधै बढ्छ' नेपालका गहना खरिद गर्न आफू आतूर रहेको जनाउँदै उनले भनिन्। आफूले यो भन्दा पहिला कहिल्यै नेपाली गहनामा नसजिए पनि अब नेपालको गरगहनालाई भारत गएर पनि प्रबर्द्धन गर्ने उनले बताइन्। 
नेपाल सुनचाँदी तथा रत्न तथा आभुषण महासंघको आयोजनामा नेपाल रत्न तथा आभुषण संघले कात्तिक २१ देखि दोस्रो बृहत रत्न तथा आभूषण प्रदर्शनी आयोजना गर्न लागेको हो। ‘टेकिङ नेपलिज ज्वेलरी ग्लोबल्ली (नेपालको गहना विश्वभर पुर्याउँदै)' भन्ने नाराका साथ बुधबारदेखि दरबारमार्गस्थित याक एन्ड यती होटलमा उक्त प्रदर्शनी सञ्चालन हुनेछ। टण्डन प्रदर्शनीको मुख्य शो टपरका रुपमा देखा पर्नेछिन भने नेपालका तर्फबाट नायिका तथा मोडलहरु पनि नेपाली गरगहनाका साथमा र्यारम्पमा देखापर्नेछन्। 
नेपालको मौलिक कालिगढ, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तर जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने उद्देश्यले सो प्रदर्शनी आयोजना गर्न लागेको संघका अध्यक्ष मनिषलाल प्रधानले बताए। तीन दिन सम्म चल्ने उक्त प्रदर्शनी १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१२ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस