हङकङमा सातपटक भनियो ‘नाइँ नभन्नू'
१० कार्तिक २०७१
•
९ मिनेट पाठ
हङकङमा सातपटक भनियो ‘नाइँ नभन्नू'
हङकङ-हल थियो, हङकङको युन लङ थियटर। तर दर्शकको उपस्थिति र माहौल हेर्दा नेपालकै कुनै प्रेक्षालय झैं लाग्थ्यो। नौ सय सिट क्षमताको हलमा उपस्थित दर्शकहरुले आफ्नो व्यस्त दैनिकीका बीच तीन घन्टा समय नेपाली फिल्मको सम्मानमा समर्पित गरे। कार्यक्रम थियो इन्फा अवार्ड। इन्टरनेसनल नेपाल फिल्म एकेडेमी र नेपाल क्लब हङकङले संयुक्त रुपमा गरेको इन्फा अवार्ड समारोहमा फिल्म ‘नाइँ नभन्नू ल–२'को दबदबा देखियो।

बक्सअफिसमा सुपरहिट साबित यस फिल्मले सात विधामा अवार्ड हात पार्योट। नेपालमा निजी स्तरबाट आयोजित यसअघिका अवार्डहरुमा समेत यही फिल्म छाउँदै आएको छ।
सर्वोत्कृष्ट घोषित फिल्म ‘नाइँ नभन्नू ल–२' १२ विधामा मनोनित थियो। यस फिल्मबाट निर्देशक विकास आचार्य, संगीतकार वसन्त सापकोटा, गीतकार कृष्णहरि बराल, गायक प्रेम परियार, सहअभिनेता सुरजसिंह ठकुरी र सहअभिनेत्री प्रियंका कार्कीले हङकङेली दर्शकलाई साक्षी राख्दै ट्रफी उचाले।

4
उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले समारोहको उद्घाटन गर्दै ‘नाइँ नभन्नू ल–२'का ट्रफीहरु प्रदान गरे। आफ्ना बुबा गणेशमान सिंह जीवित हुँदा फिल्म र कलाकारसँग निकै नजिक रहनुभएको विगतका कारण आफू नेपालदेखि अवार्ड समारोहमा सहभागी हुन आइपुगेको मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमानले बताए।
उत्कृष्ट फिल्म र निर्देशनको ट्रफी ग्रहण गर्दै सुरजसिंह ठकुरी र प्रियंका कार्कीले पारिवारिक कारणले गर्दा निर्देशक विकास आचार्य हङकङ आउन नसकेको अवगत गराए। संगीतकार वसन्तले अवार्ड लिँदै ‘यी आँखामा तिमी छौ' बोलको गीत गाउँदा दर्शकको समेत साथ पाएका थिए।

1
आर्यन सिग्देल फिल्म ‘महसुस'का लागि उत्कृष्ट अभिनेता घोषित भए। उत्कृष्ट अभिनेत्री चाहिँ फिल्म ‘मौन'की नम्रता श्रेष्ठ भइन्। दर्शकलाई मनोरञ्जन दिलाउन आफू अझै लागिपर्ने नम्रताले बताइन्।
निर्देशन विधामा समेत मनोनित सुरज सुब्बा नाल्बोले फिल्म ‘बितेका पल'बाट पटकथा संवादको अवार्डमा चित्त बुझाए। हङकङमा रहेका थुप्रै साथीहरुले धरानमा छँदा नाटकको टिकट किनिदिएर सहयोग गरिदिएको उनले सुनाए। यही फिल्मबाट दार्जिलिङदेखि आएका नवअभिनेता अविनाश गुरुङलाई स्पेसल रिकग्निसन अवार्ड दिइयो। ‘हङकङमा नेपालीहरुको यस्तो बाक्लो उपस्थिति देखेर छक्कै परेँ, म दार्जिलिङमा गएर हङकङका नेपालीहरुबारे सबैलाई सुनाउनेछु,' उनले वचन दिए।

2
फिल्म ‘मञ्जरी'की सुजाता कोइराला नवअभिनेत्रीहरुमध्ये उत्कृष्ट भइन् भने नवअभिनेतातर्फ ‘होस्टेल'का अनमोल केसीले अरुलाई उछिने। अनमोल उपस्थित नभएकाले उनको अवार्ड उनका पिता भुवन केसीलाई हस्तान्तरण गरियो। ‘छोराको अवार्ड ग्रहण गर्दा आफैंले पहिलोपटक अवार्ड पाएकोजस्तो महसुस भयो, म निकै खुसी र भावुक छु,' भुवनले भने।
फिल्म ‘नथिङ इम्पोसिबल'बाट उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड हात पार्दै राजेन्द्र खड्गीले आफू फिल्ममा पास भए पनि ब्रिटिश आर्मीमा फेल भएको किस्सा सुनाए। ‘मलाई ब्रिटिश आर्मी बन्ने ठूलो इच्छा थियो, मैले पहिलो चरण पार पनि गरेँ तर त्यसभन्दा माथि उक्लिन सकिनँ,' राजेन्द्रले भने।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेको कार्यक्रमको मुख्य आकर्षण निर्माता उद्धव पौडेललाई दिइएको लाइफटाइम अचिभमेन्ट अवार्ड थियो। उनलाई पाँच लाख रुपैयाँसहितको उक्त सम्मान दिइने बेला हलमा उपस्थित सम्पूर्ण दर्शक आ–आफ्नो स्थानमा उभिएका थिए। सम्मानले आफूलाई थप उर्जा दिएको उनले बताए।
शिव श्रेष्ठलाई सर्वश्रेष्ठ नायक, भुवन केसीलाई अभिनय तारा, विजय लामालाई सुपरहिरो र गौरी मल्ललाई कला प्रतिमूर्ति उपाधिका साथ सम्मान गरिएको थियो। चारै जना मञ्चमा उपस्थित हुँदा धेरैलाई नेपालको पहिलो सिनेमास्कोप फिल्म ‘राँको'को झझल्को आएको थियो। अभिनेता शिवले घुँडा टेकेर दर्शकलाई अभिवादन गरेका थिए।
सगरमाथा आरोहण गरेका कलाकार निशा अधिकारी र अर्जुन कार्कीलाई सम्मान गरिएको कार्यक्रममा आयोजकले विभिन्न जनजातिका पहिलो फिल्मलाई पनि सम्झे। नेवार फिल्म ‘सिलू', तामाङ फिल्म ‘सेमरी छोरङान', थारु ‘करम', मगर ‘लङ्घन', लिम्बु ‘तरेवा', गुरुङ ‘पाते', राई ‘सायाबुङ', सुनुवार ‘स्याँदार पिदार' र मुगाल भाषाको फिल्म ‘सोल्जी'का सम्मानपत्र हङकङस्थित सम्बन्धित समुदायका अगुवालाई प्रदान गरियो।

7
दयाहाङ राई र प्रियंका कार्कीले क्रमशः मस्ट पपुलर एक्टर र मस्ट पपुलर एक्ट्रेसको अवार्ड पाएको समारोहमा अनुपविक्रम शाही, मलिना जोशी, माला लिम्बु, नन्दिता केसी र हङकङका कलाकार समूहले नृत्य देखाए। नेता केपी ओली बनेका सीताराम कट्टेललाई उनकै पत्नी कुञ्जना घिमिरेले स्टेजमा अन्तर्वार्ता लिइन्। त्यस्तै हङकङका गायक सञ्जीव लामाले ‘हङकङ सहरमा' सुनाए।
नेपाली फिल्म र कलाकारहरुको योगदानको कदर गर्नु इन्फा अवार्ड कार्यक्रमको उद्देश्य रहेको नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङको भनाइ थियो। हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले यस कार्यक्रमले तिहारको माहौलमा रौनक थपिदिएको बताए। इन्फाका अध्यक्ष तथा फिल्म निर्देशक दीपक श्रेष्ठले सोचेभन्दा भव्य भएको भन्दै कार्यक्रमप्रति सन्तुष्टि जनाए।
कार्यक्रमअघि कलाकारहरुलाई रेड कार्पेटमा स्वागत गरिएको थियो। भूषण दाहाल, नवल खड्का, दीपाश्री निरौला, सौगात मल्ल, जितु नेपाल, केकी अधिकारी, विल्सनविक्रम राई, रीमा विश्वकर्मा, बाबु बोगटी, एसराज गराच, कविराज गहतराज, रञ्जीता लिम्बु, अमृत सुनुवार, निलुडोमा शेर्पालगायत कलाकार पनि नेपालबाट हङकङ आइपुगेका थिए। रेड कार्पेटको दौरानमा कलाकारसँग फोटो खिचाउन चाहनेको उल्लेखनीय भीडभाड थियो।

 MG 4144
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस