चितवन-बोक्सी आरोपमा आफन्तले कुटपिट गरेर ज्यान लिएपछि आँगनमै पराल राखेर जलाइएकी थिइन् ढेगनीदेवी चौधरी। चितवन माडीमा भएको उक्त घटनामा आधारित भएर फिल्म बन्न लागेको छ। फिल्म ‘रक्तभोग'को छायांकन अहिले माडीमा सुरु भएको छ। केआर फिलिम्स एन्ड इन्टरटेनमेन्ट्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्देशक बीबी फुयाल रहेका छन्।
ढेगनीको भूमिकामा सारिका घिमिरे रहेकी छन्। ‘आगो–२' र ‘रामकुमारी'मा अभिनय गरिसकेकी सारिकाको कुनै पनि फिल्म रिलिज भएको भने छैन। तर अघिल्ला दुई फिल्ममा भन्दा यसमा आफूले पाएको भूमिका साह्रै मन परेको उनले बताइन्।
‘घटना र यससँग जोडिएका अनेक पक्षलाई सार्वजनिक गर्नु हाम्रो उद्देश्य हो,' निर्मातामध्येका रामचन्द्र लम्सालले भने। फिल्मबाट समाजमा बोक्सीप्रथा अन्धविश्वास हो भन्ने सन्देश राम्रोसँग फैलाउन खोजिएको लम्सालले बताए। अरुलाई बोक्सी भनेर आरोप लगाउँदा बालबालिकामा पर्ने असरहरुलाई ख्याल राख्नु पर्छ भन्ने सन्देश पनि दिइने उनको भनाइ छ।
‘घटनाको बारेमा सुनेपछि पाँच महिना जति घटनास्थलमै आएर विभिन्न कुराको अध्ययन गर्यौंस। बोक्सी किन भनेका रहेछन्? के के गरेर मारेका रहेछन् भन्ने जानकारीहरु बटुल्यौं। त्यस्ता कुराहरु गर्न हुँदैन है भन्ने सन्देश दिनसके समाजमा नारीमाथि यस्तो क्रुर हिंसा हुँदैन थियो कि भनेर सिनेमा बनाउने जमर्को गरेका हौं,' फिल्मको पटकथा समेत लेखेका लम्सालले भने।
फिल्ममा मुख्य चरित्र ढेगनीको छ। त्यसपछि खलपात्रमा झाँक्रीलाई देखाइने छ। ढेगनीको हत्यामा सरिक हुने नातामा उनको ससुरासमेत पर्नेहरुका परिवारका सदस्यहरुको चरित्रको वरिपरि फिल्म घुम्ने छ। ४० लाख रुपैयाँ जतिको बजेटमा बन्ने फिल्मलाई चार महिनाभित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको अर्का निर्माता कृष्णराज तिवारीले जानकारी दिए।
सारिकासहित फिल्मका अन्य कलाकारहरुमा शैलेश पौडेल, रचना पौडेल लगायत छन्। स्थानीयलाई पनि कलाकार बनाएर अभिनय गराइएको छ। २०६८ सालको फागुन ५ मा बिहानै ढेगनीको हत्या भएको थियो। सो घटनामा संलग्न झाँक्रीसहित ११ जनालाई चितवन जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।