विष्णु भण्डारी आचार्य
“भोलिपल्ट बरियाँत आउने दिन छ आजजस्तो उताबाट यस्तो समाचार? जुन कुरो श्यामदासको कल्पनाभित्र परेकै थिएन।”
श्यामदाशको मनको सुन्दर फुलबारी जहाँ सुन्दरताले घरलाई स्वर्गको आभास दिलाउने लहलहाउँदा दुई फूल, दुई छोराछोरी, श्रीमती, एउटा सानो घर। घर अटाउने घडेरी अनि उनको पियनको जागिर न हो। “ऋण लागोस्,दिन नलागोस् भन्छन्। थोरै कमाइमा सन्तोषको बसाइ स्वर्गको अनुभूत।
इच्छा सीमित चाहना सीमित, उच्च खानदान, धनाढ्य परिवारको जस्तो तडकभडक, विलासी जीवनशैली छैन, अग्ला घरहरू पो छैनन् तर मन छ धेरै अग्लो आकर्षक टल्किने भाँडावर्तन कोठाचोटा पो नहोलान् तर मन चाँदीको टलकभन्दा कम छैन। परिवारमा एकापसमा माया छ। प्रेम छ त्यसैमा सन्तुष्ट। साधारण लवाइखवाइ र सामान्यै प्रकारको जीवनशैली व्यतित भइरहेकै छ। देखावटीमा कम देखिएला तर भित्री रूप स्वच्च निर्मल, कञ्चन, हिम नदीको पानीझँै सङलो मन छ, विचार छ। यही काफी छ।
उनको घरमा बहुमूल्य धातु खैर नहोओस्। त्योभन्दा बहुमुल्य रत्नस्वरूप सुशील, भद्र र इमान्दारीताले भरिपूर्ण भएका सुपुत्र र सुपुत्री छन्। जीवनको सुन्दर बगैचामा तिनै रत्न खेल्छन्, नाच्छन्, र रमाउछँन्, सुखा ढिँडो रोटीमा पनि चौरासी व्यञ्जनको स्वाद छ।
बाआमाको प्यार छोराछोरीले भनेसम्म पाएका छन्। छोराछोरीबाट पनि बाआमालाई मिल्नसम्म सन्तोष मिलेकै छ। मन रमाउँछ, आत्मासन्तुष्ट हुन्छ त संसार ररमाइलो छ। आखिर यसैलाई त भन्छन् सांसारिक सुख, वैभव। मान्छे किन सुख खोज्दै संसार भौतारिन्छ? हावामा मन बहकाउँछ? आखिर सुख र खुसी आफैंभित्र छ। यसलाई प्रयोगमा ल्याउन सक्नुपर्छ। तब जिन्दगी लहराउँछ, फुल्छ र ढक्मकाउँछ।
छोरो सुदन र छोरी सिर्जनाको बानीव्यहोरा, स्वभाव, अरूले अनुकरण गर्नलायक छ। मिलनसारिता, सहनशीलता, मिहिनेत, शालीनता र सहयोग भन्ने कुरा त तिनीहरूको मूलमन्त्र नै छ।
श्यामदाले दुःख गरी आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउँदै थिए। छोरो सुदन कक्षा आठमा पढ्थ्यो भने छोरी सिर्जना कलेजमा इन्टर लेभलको परीक्षा दिँदै थिई। श्यामदास आफ्ना छोराछोरी पढ्छन् भने आफू जतिसुकै दुखका पहाड फोरेर भए पनि आवश्यक खर्च जुटाउन कञ्जुस्याइँ गर्दैनथे। ऋण गरेरै भए पनि छोराछोरीलाई पढाउँदै थिए।
ऊ गरीब भए पनि उदार भावनाका व्यक्ति थिए। मनको धनी थिए। उनको सोचाइ नै थियो, “मानिस पूर्ण हुन भित्री उदारता चाहिन्छ। भित्री उदारता नभए बाहिरी सुनको लेपनको कुनै औचित्य छैन।
भित्री अवगुण निर्खान मान्छेलाई असल शिक्षा चाहिन्छ। भित्री प्रकाश।”
“छोराछोरी होऊन त सुदन र सिर्जना जस्ता।” धेरैको मुखबाट यही सुन्न पाइन्थ्यो।
सिर्जना इन्टर लेभरको परीक्षा सिद्धाएर घर आएकी थिई। फूल फुलेको ठाउँमा भँमराले आँखा लाउँदो रहेछ। यो त अनौठो कुरा नै थिएन। फूल देखेर भमरा बस्न खोज्नु यो एउटा संसारिक नियम, सृष्टिकालदेखि चलिआएको नियम। सिर्जनाको मगनीको कुरा आयो, “केटो राम्रो छ, खानदानको छ। यसैपालि मास्टर लेभलको पढाइ सिध्याको हो।” लमी भन्दै थियो।
श्यामदास अलमल्लमा परे। उसको एकमनले भन्छ, “बढेकी छोरीको बिहे गरिदिनुपर्ने आमाबुवाको कर्तव्य। म बाउले कर्तव्य पूरा गर्नुपर्छ। पछि हट्नु हुँदैन।” अर्को मनले भन्छ, “तेरी छोरी पढ्दैछ। पढाइ पनि राम्रो छ। हतार नगर श्यामदास हतार नगर। धैर्य गर।”
कुन मनलाई प्राथमिकता दिऊँ? दोस्रो मनले नै उनलाई रोज्यो भनिदिए, “छोरी ऐले पढ्दै छे। पढाइ सकिएकै छैन। ऐले गर्दिन म छोरीको विहे। जे जस्तो भए नि उसले रहर गरेअनुसार शिक्षा दिन्छु। अरू केही दिन नसके नि शिक्षा दिनबाट वञ्चित गर्न चाहन्न।”
“हैन तैले छोरीको बिहे गर्दिन भनिस् अरे श्याम?” मगनी आको कुरा सुनेर श्यामका काका पर्ने छिमेकी टुप्लुक्क आइपुगे। एकछिनमा गफ गर्ने, बाहनामा अरू छिमेकी पनि आइपुगे।
“किन माग्ने कुटुम्ब आउँदा पनि बढेकी छोरीलाई बिहे नगर्ने भन्दै तर्किन्छस तँ?” काकाले कुराको चुरो उप्काए, “त्यति राम्रा कुटुम्ब फेरि फेरि नआउन पनि सक्छन्।” बखत सिंले पनि थपे,“हो नि कुटुम्ब खोज्न जानुपर्नेमा घरमै आउँदा नदिएर छोरीलाई बुढीकन्ने बनाएर राखे मात्रै त हो नि। कि कसो हरिहर काका ?” घाँटी ख्याक्क बजाएर हरिहरले होमा हो जनाए।
सबले वरिपरि बसेर श्यामदासलाई घेरेका छन्,“कति न आफ्नी छोरी धेर भएजस्तो को जाने नि। मेरी छोरी लैजाओ भन्दै के भैंसीलाई सिंहको भारी हुन्छ र?” श्यामदाले मन बोल्यो।होस के भनिहाल्नु? भन्दिनँ यो कुराचाहिँ अरूको अगाडि।
अरूको कुराले श्यामदासको मनमा भूकम्पको हलचलझैँ मनमा हलचल ल्याइदियो, “हैन म पो गल्ती गर्देछु कि कसो? मलाई सबैले करकाप पो गर्न थाले त” गमे केही छिन।
छोरीलाई पढाएर एउटा सानोतिनो भए पनि जागिर खाको हेर्ने पहिलादेखिको धोको अपूरो हुने हो त अब? उनको मनमा धेरै तर्कवितर्कले कुस्ती खेल्न थाले। धेरैको करकापको अगाडि उनको केही लागेन। लाग्दै लागेन।आफ्नो पहिलैदेखिको अठोट र सोचाइलाई मन लागीनलागी परिवर्तन गर्नुपर्ने भयो। कर्तव्यबाट पछि हट्नु त बडो नामर्दीपन हो तर फेरि “विहे नगर्ने भनेर फिर्ता गरिसकेको कुरालाई के भनेर सच्याउने? जोड्ने कसरी फेरि? आफै हल्का भइएन र?”
“त्यसका लागि चिन्ता गर्नु पर्दैन। हामी छौं। छिमेकी भाको के काम?” मेघदासको बोल्ने पालो आयो। ढिलै भए पनि कुरा चाहिँ ऊ खेर नजाने गरी गर्छन्।
“अब सबैजना त्यसै भन्नुहुन्छ भने मेरो के लाग्छ त?” मन त्यति खुस थिएन तैपनि भन्दिए, “लु व्यवस्था मिलाउनोस् न त। मेरी छोरी तपाईहरूकी पनि छोरी नै हो कि कसो?”
“होहोहो” भेला भ’का सबैको मुखबाट यस्तै आवाज आयो। विहेको कुरो छिन्ने र लगनका लागि तिथिमिति तोक्ने काम सकियो। पण्डित बोलाइयो ठ्याकठुक काम भयो। अब रह्यो सामान जोरजाम गर्ने किनमेल गर्ने। आवश्यक सामानहरू खरिद गर्नुपर्यो, जन्ती स्वागत, बेहुलालाई पहिरन, बेहुलीलाई, इत्यादिको व्यवस्था गर्नै परिगो। यसो एकसरो फर्निचर, लुगाफाटो त नभै हुँदैन। गर्नै पर्छ जुटाउनै पर्छ।
किनमेल गर्ने कामका लािग छिमेकीहरू हाजिर छँदै छन्। आफन्तहरूको उपस्थिति पनि हुँदैछ फाट्टफुट्ट। यस्तै क्रम चलिरहेकै छ।
बरियाँत आउने दिन नजिकिँदै थियो। सिर्जना पनि आफ्नो हुनेवाला दुलहा कस्तो होला? मलाई त्यस्ले कतिको माया गर्ला ? घर कस्तो होला? सासूससुरा, नन्ददेवर कस्ता होलान्? ती सबको स्वभाव कस्तो होला? त्यहाँ गएपछि मेरो इज्जत कस्तो रहला? मनमा कुरा खेलाउँदै थिई।
अब भोलिपल्ट बरियाँत आउने दिन छ। आज जस्तो बेलुका बेहुलापट्टिबाट नयाँ सामाचार लिएर आए।जुन कुरो श्यामदासको कल्पनाभित्र परेकै थिएन। त्यही पहिले आउने लमी आएछ। उसले भाका मिलाउन र भूमिका बाँध्नमा डिग्री लिएझैँ लाग्थ्यो।
ऊ भाका मिलाउन थाल्यो, “दुलहाले त्यस्तो केही खोजेको छैन। तपाईहरू आफ्नी छोरीलाई लुगाफाटो, फर्निचर जस्ता चिजहरू त एकसरो दिइनै हाल्नुहुन्छ।”
“के भन्न आँटो यसले?” मन झसङ्ग भयो श्यामदासको।
“हजुर कुरा के हो प्रस्ट भन्नोस् न! पहिलेको मिठो, पछिको तितो त गर्नु हुँदैन। मनमा कुनै कुरा लुकाउनु र मन दुखाउनु किन र? मान्छेले सफा हृदयले बोल्नुपर्छ। व्यवहार गर्नुपर्छ। त्यो पो राम्रो। जिन्दगीमा खुला दिलले काम गर्दा राम्रो हो नि।
कस्तो लाग्यो मेरो कुरा?” लमीपट्टि फर्केर सोधे श्यामले, कुरा बुझ्न चाहे। लमी टाउको कन्याउँदै भन्न थाल्यो, “हजुरले भनेको सोह्रै आना ठिक। मेरो पनि यही सिद्धान्त छ। म पनि यस्तै मनपराउँछु तर...।”
लमीको टाउको कन्याइ र तर..भन्ने शब्दले श्यामदासको मुटुमा ढ्याडग्रो ठोकिन शुरु भयो। बेसरी मुटुलाई कसेर दह्रो पार्न खोज्दै भने उनले, “अनि के भन्न खोज्नुभाको त हजुरले? आफूले दिन सक्ने कुरा सामान त म आफ्नी छोरीलाई आफ्नो गच्छेअनुसार दिइहाल्छु। अरू दोस्रो मान्छेले नदे भने पनि म मान्दिनँ।”
श्यामदासले स्पष्ट हुने विचार राखे। “तर हजुर एउटा बाइक पनि नभए त विहेको के शोभाउ भो र? यसो देख्नेले पनि कुरा काट्लान्। हजुरहरूकै इज्जत..। घुमाउरो गरी घुँयेत्रो हान्यो, खुत्रुक्कै हुने गरी।
श्यामदासको ढुकढुकी बढ्न थाल्यो एकाएक।
“यो कुरा त अहिलेको ऐले काँ सम्भव छ र?” बोलीमा दम घट्यो श्यामको।
“हजुरको भाग्यले नि, त्यत्रो पढेलेखेको ज्वाइँ पाउनु थोरै गौरवको कुरो हो त! आफ्नी छोरीलाई कति सुखले पाल्छ भनेर खुसी हुनुपर्ने अझ।
–ल, म त यसो के कसो हो भोलिको विहे छ भनेर बुझ्न मात्र आको हजुर। कार्यक्रम तपाइँको। विहे तपाइँका छोरी ज्वाइँको हो। अब जान्छु पनि। दुःख नमान्नुहोला। के गर्नु समाज र दुनियाँको रित मान्नैपरेको छ हामीले।”
लमी आफ्नो कुरा सकेर जुरुक्क उठ्यो र बाटो लाग्यो।
भोलि छोरी अन्माउने दिन छ,आज यो माग। जम्माजम्मी एघारबाह्र घण्टाको समय नि छैन बाँकी। कसो गर्ने अब? श्यामदासको मुटु झन् जोडजोडले उफ्रिन थाल्यो। लाग्यो बाहिरै पो निक्लेला कि।उनको मनमा आगो दन्कियो, एकदम पोल्न थाल्यो। आफैंले आफैंलाई प्रश्न गर्न थाले,समाधानका लागि जवाफ कतैबाट पनि आएन। यति छोटो सममा यो माग ? कसरी सम्भव होला? सम्भव नभएर भो? जसरी नि हुनैपर्छ। नभए तेरी छोरीको विहे ? तेरो इज्जत?”
“आफूले पाउन सक्नेसम्मको ऋण त लिइसकियो। अब कहीँबाट लिन सक्ने आश छैन। क्षणभरमै डेढ दुई लाखको सामान मैले कहाँबाट कसरी ? मजस्तो गरिबीले पिल्सिएको मान्छेका लागि त्यति ठूलो रकम यति छोटो समयमा! हँ मेरो सोचाइले, सिद्धान्तले काम गरो त आज? गरेन। विलकुल गरेन।सिद्धान्त सिद्धान्तमै सीमित रह्यो। एक्लै बर्बराउन थाले ऊ।
उसलाई रातभर निन्द्रा परेन। यता फर्कियो, उता फर्कियो, त्यत्तिकै उज्यालो भो झपक्कै आँखा नजोडी।
“हन छोरी अन्माउने बेलै नभै गइन्छ कि के हो? शंकै छ यही ताल हो भने...।”
बिहान भो बरियाँत आउने बेला हुन लाग्यो। श्यामदासको ओठमुख सुकिसके। बोली आउन छोड्यो, “ए गाँठे दिमागले काम गर्न छोड्छ कि के हो। मनमनै भगवानको नाम लिँदै प्रार्थना गरे, “हे प्रभु, तिमीमा दुःखीगरीवमाथि गर्ने दया छ भने मलाई यो संकटबाट बचाइदेउ प्रभु।”
के बचाउलान् र भगवानले? भगवानले जन्माएको संकट भए पो बचाऊन। छुट गरिदिऊन। संकट जन्माउने त मान्छे हुन, दुई खुट्टा टेक्ने मान्छे। विवेकवृद्धि भएको चेतनशील मान्छे एक्लै आफैँ प्रतिउत्तर गर्छन् ऊ।
बिहानको दशएघार बजे भएको हुँदो हो। पूरा बाजागाजाका साथ रंगीचंगी फूलमालाले सजिसजाउ भएको एउटा सानोसानो चिटिक्क परेको मारुतीमा दुलहा र दुलहाका साथमा अरू साथीहरू सिंहासनमा बसेको राजाझैँ गजक्क परेर बसेका छन्। उही पहिरनमा अर्को एउटा ठूलो बसमा जन्ती ओर्लिए। तिनीहरू बसबाट आए लावालस्कर लागेर।
जन्तीका लागि विशेष सम्मान, सत्कार, खानेपिउने, आफ्नो गच्छेअनुसारको स्वागत तयार पारिएको छ बेहुलीको घरमा।
श्यामदासको होसहवास अघि उडिसकेको छ अब के अनिष्ट हुनेहो डरले सिमा नाघिसकेको छ।
दाइजो नदिए जग्गेमानै नबस्ने भनी बेहुला पक्षले धमास दिन थालिगए। श्यामदाले दुई हात जोडे। अनुनय विन्ती गरे– “हजुर मलाई ऐले यस्तो घडीमा आएर संकटमा नपार्नोस् ,बुझिदिनोस् हजुरहरूले! मैले ऐले सकिन। अर्को साल जसरी नि हजुर ! बिन्ती। पाउमै घोप्टिउलाझैँ गरे उनले।
उताबाट ठूलठूला आवाज आउन थाले, “एउटा नाथे बाइक समेत दिन नसक्नेले के छोरीको विहे गर्न तम्सिनु? यति धेरै पढेलेखेको ज्वाइँलाई अरूले भए कति केके दिन्थे होलान्।”
उनीहरूले आफ्नो अडान छोड्ने छाँट छैन। श्यामदासको अनुनयविनयले केही काम गरेन। त्यसै हावामा उडेर गयो।
समय धेरै कटिसक्यो। विहेको कर्मकाण्ड पूरै बाँकी छ। शुरू हुनै सकेको छैन। धेरैबेरसम्म बार्गेनिङ चलिरह्यो। हेर्दा लाग्थ्यो अहिले कुनै वस्तु खरिदविक्री गर्न वार्गेनिङ चलिरहेको छ।
सिर्जनाले त्यो सब कुरा थाहा पाई। सम्झी, गरीबको सबभन्दा ठूलो कुरा इमान र इज्जत हो। आफ्नो र बाआमाको इज्जत जाने गरी त्यो, बेहुला पक्षको लालचीपूर्ण व्यवहार, उनीहरूको आफ्नो अडान। यी सबदेखि रीसले सीमा नाघिसक्यो। अहँ, म अब चुप बस्दिन। उत्रन्छु विद्रोहमा।
आफ्नो बाबुलाई ढाडस दिँदै भन्न थाली, “बा हजुरले यसबारेमा केही चिन्ता नलिनुस्। रत्तिभर नलिनोस् है। यस समस्याको सामाधान म गर्छु।”
उसले भित्रभित्रै दृढ संकल्प गरी। आफ्नो अडान दह्रो पारी। दाइजो नाथेको अगाडि मान्छेको मूल्य गिरेको पटक्कै मन परेन उसलाई। यस्ता नीच मान्छे। दाइजोका लागि मरिहत्ते गर्ने स्वार्थी र लालचीसंग अब थाहा पाईपाई पनि यस्ताका घरमा बेहुली भएर जानु छैन। ऊभित्रको स्वाभिमान र असली रूप अगाडि उभियो।
सिर्जनाले आफ्नो साथीको दाइले भर्खर नयाँ बाइक किनेको थाहा पाएकी थिई। आफ्नो योजनाको बारेमा सब कुरा बताई दाइलाई, एकैछिनका लागि गाडी जग्गेमा ल्याइदिन अनुरोध गरी। सबै आफन्त र छिमेकीहरू भन्दै थिए। सम्झाउँदै थिए। सिर्जनालाई, “तैले ठिक गरिनस् सिर्जना। ठिक गरिनस् तैंले। यसो नगर। त्यसो नगर। त्यसो गर्नु ठूलो भूल हुनेछ।”
अब सिर्जनाले कसैको अनुरोध र कुरा सुन्नेवाला छैन यहाँ आफ्नो जिन्दगीको सवाल छ। इज्जत र इमानको सवाल छ। केटाकेटीको खेल होइन यो थोरै।आफ्नो योजनामा बढिरहीबढिरही।
दाजुले बाइक ल्याएर राखिदिए। विवाह मण्डपको छेवैमा बाइक अडियो। खुसी भए बेहुला पक्षकाहरू। उनीहरूको रीस गायव भयो। एकैछिनमा जादुमय पारामा। अनुहार हँसिलो भयो। भन्न थाले, “लल अब ढिला नगरौं। विहेको कर्मकाण्ड शुरू गरौं। समय निकै गैसको।”
स्वयम्बरको तरखर गर्न थालियो। लु अब बेहुली निकालौं। छिटो गराँै छिटो। ढिलो होला फेरि।
धेरैबेरसम्म बेहुलीलाई बाहिर नल्याएकाले हतारिए बेहुला पक्षका जन्तीहरू। स्वयम्बर गर्न तम्तयार भएर बसेको छ बेहुलो। “ढिलो भइसक्यो।” हतारिँदै छन्।
सिर्जनाले आफ्नो शृङ्गार उतारी। बेहुलीको कपडा बदली। पहिलेकै लवाइमा आई फटाफट बाहिर विहेमण्डपमा। मुखामुख गर्न थाले जन्ती। अन्योलमा पर्यो बेहुलो।
“के हुँदैछ यस्तो? अनौठो भयो। बेहुली बिनाशृङ्गारमा? यो त हुनै सक्तै।
सिर्जनाको डर र लाजलाई उसको इज्जत स्वाभिमान र हठले अघि नै जितिसकेको थियो। आक्रोशमा चोर औलो नाच्न थाल्यो बरियाँत र बेहुलापट्टि ठडियो औँलो, “ल विहेमण्डपमा तपाइँहरूले खोजेको सामान आइसक्यो त। किन स्वयम्बर गर्न ढिला गर्नुहुन्छ? यसैलाई स्वयम्बर गर्नुस्,सिन्दुर हाल्नोस् र सजिसजाउ गहना र लुगा पहि¥याएर लान सक्नुहुन्छ तपाईहरू।”
बेहुलातिर फर्काई फेरि चोर औंलो “यस्ता घृणित, नीच मान्छे, अर्काका सम्पत्तिमा लोभ गर्ने लालचीसंग विहे भएर जानु म? मेरो जिन्दगी के बरबाद पारूँ ?”
जन्तीहरूपट्टि फर्की र आक्रोश पोख्न थाली, ‘अझै रीस मरेको छैन उसको।
“यहाँहरू बेहुली लिन आउनुभाको हैन रहेछ मैले बुझें। दाइजो लिन आउनुभएको रहेछ। त्यसैले यो बाइक टक्राइदिएका छौं अगाडि, लिएर जान सक्नुहुन्छ।”
कहिल्यै नरिसाउने सरल र शान्त स्वभावकी सिर्जना, उभित्र यति विध्न रीस पनि रहेछ। उसका आफन्तहरू अचम्म मान्दै थिए।
उसले घरी बेहुलापट्टि, घरी जन्तीपट्टि फर्केर पोखिरही रीसको आवेग।
एकछिन रोकिई र भनी, “शुरू गर्नोस् न विहेको कर्मकाण्ड! किन ढिलो गर्नुहुन्छ? बेहुली ल्याएर राखिदिएकै छ मण्डपमा। हँ किन ढिला? छिटो गर्नोस् छिटो।” ऊभित्रको आवेग सेलाएन।
आफन्तहरूले उसलाई सम्झाइरहे तर कसैको केही लागेन। अघि बेहुलीका बाबुको थियो ओठमुख सुक्ने, चिटचिट पसिना आउने, मुटु ढुकढुक गर्ने रोग, अब त्यो रोग ठ्याक्क बेहुलाका बाबुमा सर्यो। अब उसले श्यामदाससंग अनुरोध गर्नुपर्ने भयो।
“के गर्नुभाको यस्तो? यो त भएन नि! यसो गर्नुभो भने तपाईहरू पछुताउनुहुनेछ।” सिर्जना नै अघि बढी जवाफ दिन “पछुतो त विहे गरेको भए चैँ मलाई हुन्थ्यो। यस्तासँग विहे गरेकोमा।
बेहुलापट्टिका हेरिरहे। सिर्जनाले कुरा अझ थप्न थाली, “अब मेरो निर्णय पनि यही नै हो। मैले सोचिसकेँ। यी सब कुरा अनुमान लाइसकेँ। मान्छेको भन्दा दाइजोको लोभ गर्नेले जिन्दगीमा मलाई सुख दिनेछैन। यस्ताका घरमा म बेहुली भएर भित्रिन जानु छैन र मेरो अर्को निर्णय पनि सुन्नोस्।
यदि कोही दाइजो नखोज्ने, अर्काको सम्पत्तिको लोभ नगर्ने, दाइजोभन्दा मान्छेलाई महत्त्व दिने व्यक्ति यदि कोही आए म यही मण्डपमा, यही लग्नमा विहे गर्न चाहन्छु। चाहे त्यो व्यक्ति गरीब नै किन नहोस्। पढाइ नै पनि थोर किन नहोस्। मलाई केही चाहिँदैन, मात्रै सिंदुरपोते भए हुन्छ।
आफन्तको सल्लाह अनुसार श्यामदासको साथी जो पल्लो टोलमा बस्थे। उनको जवान अविवाहित छोरो थियो। उनीहरू गरीब थिए तर श्यामदासजस्तै इमानदार थिए। आफन्तको सल्लाहअनुसार नै उनलाई तत्काल ल्याइयो र तयार भइराखेको विवाहमण्डपमा सिन्दूरपोते गर्न लाइयो। त्यहीँ उनीहरूको विहे भयो।
बाइकको माग राख्ने बेहुला पक्षका बरियाँतहरू, भोक, डर र अत्यासले सबै प्याक प्याक भए। बेहुला लिएर हतारहतार फर्किए।