काठमाडौं-महात्मा गान्धीको हत्या भएको ३४ वर्षपछि गान्धीलाई फिल्मको पर्दामा पुनर्जीवित बनाउने बेलायती फिल्म निर्देशक रिचर्ड एटेनबराको आइतबार ९० वर्षको उमेरमा निधन भएको छ। सन् १९८२ मा रिलिज भएको ‘गान्धी' फिल्मका निर्देशक तथा निर्माता रिचर्डले फिल्म क्षेत्रमा ६ दशक पूरा गरेका थिए।रिचर्डपछि पनि धेरैले फिल्मको पर्दामा महात्मा गान्धीलाई चित्रण गरेका छन्। तर, सबैभन्दा जीवन्त गान्धी रिचर्डकै फिल्मका मानिन्छन्। रिचर्डको फिल्ममा गान्धी बनेका अभिनेता बेन किंग्स्लेको भूमिका फिल्म इतिहासमा स्मरणीय थोरै पात्रमध्ये पर्छ।
सन् १९८३ को ५५ औं अस्कर अवार्ड समारोहमा ११ विधामा मनोनीत फिल्म ‘गान्धी'ले आठ विधामा जित हासिल गरेको थियो। उत्कृष्ट फिल्म घोषित ‘गान्धी'बाट निर्देशक, अभिनेता, पटकथा लेखक, छायाकार, सम्पादक, कस्ट्युम डिजाइनर र कला निर्देशकले अवार्ड हात पारे। यस फिल्मले संसारभरका दर्शकलाई महात्मा गान्धीका विभिन्न आयाम बुझाउने काम गरिदियो।
यसले निर्देशक रिचर्ड र कलाकार बेनलाई समेत नयाँ उचाइमा पुर्याशइदियो। अभिनेताका रूपमा बढी चिनिने रिचर्डले ‘गान्धी'अघि चारवटा फिल्म निर्देशन गरिसकेका थिए। तर, उनलाई एकैचोटि विश्वप्रसिद्ध निर्देशकको पहिचान ‘गान्धी'ले नै दिलाएको हो।
पाश्चात्य दुनियाँमा पनि चिनिएका र हुलिया भारतीय लाग्ने कलाकारलाई गान्धीको भूमिका दिने रिचर्डको योजना थियो। बेन किंग्स्ले उनले खोजेजस्तै कलाकार थिए। बेन गुजराती बुबा र बेलायती आमाका सन्तान हुन्। उनको जन्मको नाम कृष्ण पण्डित भान्जी हो। बेलायत र अमेरिकाका नाटक तथा केही फिल्ममा अभिनय गरिसकेका बेनले अहिलेसम्म जितेको एकमात्र अस्कर त्यही ‘गान्धी'को हो।
रिचर्डले ‘गान्धी' बनाउनुअघि १८ वर्ष तयारी गरेका थिए। तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र उनकी छोरी इन्दिरा गान्धीसँग रिचर्डको यही फिल्मको तयारी गर्नेबेला घुलमिल भएको थियो।
सन् १९८० नोभेम्बरमा सुरु भएको ‘गान्धी'को सुटिङ सन् १९८१ मेमा सकिएको थियो। गान्धीको शवयात्राको छायांकनमा तीन लाख जनाको भीड प्रयोग गरिएको थियो, जुन गिनिज बुकमा रेकर्ड भएको थियो।
‘गान्धी' फिल्म खेल्न भारतका नाम चलेका कलाकारहरु निकै लोभिएका थिए। रोहिणी हत्तंगडी, सइद जाफ्री, अमरिश पुरी, पंकज कपुर, सुप्रिया पाठक, आलोक नाथ र ओम पुरीजस्ता कलाकारले छोटोछोटो भूमिकामा समेत अभिनय गरेका छन्।
रिचर्डले हास्य कलाकार चार्ली च्याप्लिनको जीवनीमा आधारित फिल्म पनि बनाएका थिए। सन् १९९२ मा चलेको फिल्म ‘च्याप्लिन'मा चार्लीको भूमिका तिनै रोबर्ट डानी जुनियरले निर्वाह गरेका थिए, जो अहिले सुपरहिरो ‘आइरन म्यान'का रूपमा हलिउडमा सर्वाधिक कमाउने अभिनेता बनेका छन्।
रिचर्डले ‘ई टी' फिल्म र त्यसका निर्देशक स्टेभन स्पिलबर्गलाई उछिन्दै ‘गान्धी'बाट अस्कर जितेका थिए। अस्करमा भिडेको ११ वर्षपछि रिचर्ड र स्पिलबर्गको हातेमालो सन् १९९३ को ‘जुरासिक पार्क' फिल्ममा देखियो। स्पिलबर्गद्वारा निर्देशित उक्त फिल्ममा रिचर्डको अभिनय हेर्न पाइन्छ। पछिल्लो पुस्ताका दर्शकमाझ रिचर्ड सोही फिल्मबाट परिचित थिए।
साठीको दशकमा सहअभिनेताको विधामा दुइटा गोल्डेन ग्लोब जितेका रिचर्डले भारतीय निर्देशक सत्यजित रेको सन् १९७७ को फिल्म ‘सतरंज के खिलाडी'मा समेत अभिनय गरेका थिए। प्रेमचन्दको कथामा आधारित उक्त फिल्ममा अमिताभ बच्चनको ‘न्यारेसन', सञ्जीव कुमार र अमजद खानको अभिनय थियो।
सन् १९४२ को ‘अ योङ स्टोकर'मा अभिनय गर्दै सुरु भएको रिचर्डको फिल्म यात्रा सन् २००७ को ‘क्लोजिङ द रिङ'मा टुंगिएको थियो। रिचर्डले निर्देशन र निर्माण गरेको यही नै अन्तिम फिल्म हो। सन् २००८ मा हृदयाघात भएदेखि उनी घरमै आराम गर्दै थिए।
सन् १९९३ को ‘स्याडो ल्यान्ड्स' रिचर्डले बनाएको अर्को जीवनी फिल्म हो। अक्सफोर्डका प्राज्ञिक सिएस लेविस र अमेरिकी कवि जोय डेभिडम्यानबीचको प्रेमसम्बन्धमा आधारित छ उक्त फिल्म। रिचर्डकै सन् १९९९ को ‘ग्रे आवल' पनि जीवनी फिल्म थियो।
‘गान्धी' रिलिज हुनेताका रिचर्डले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भनेका थिए, ‘मलाई महान रचनात्मक फिल्मकर्मी होइन, सिर्फ एक कथावाचकका रूपमा सम्भि्कयुन् भन्ने चाहन्छु।'
सन् २००४ मा थाइल्यान्डको सुनामीमा रिचर्डले छोरी र नातिनी गुमाउनुपर्दा रिचर्ड निकै शोकमा थिए। त्यसपछि उनले कुनै पनि क्रिसमस खुलेर मनाउन सकेका थिएनन्। अहिले पत्नी, एक छोरा, एक छोरी र करोडौं दर्शकलाई शोकमा डुबाउँदै कथावाचक रिचर्ड त्यही लोकमा प्रस्थान गरेका छन्, जहाँ गान्धी छन्।