दृष्टिकोण
३२ साउन २०७८
•
२ मिनेट पाठ
दृष्टिकोण
प्रकाश खड्का ‘अभियान’  




ईर्ष्याको सानो झिल्काले बनै सखाप पार्छ, भन्थे। हो, त्यस्तै भएथ्यो समिरालाई। जेठानीको प्रगतिले मन पोलेथ्यो। हुन त सासूससुराले जायजेथा बराबरी भाग लगाइदिएकै थिए।

‘किन चलाए यो संस्कार? कान्छाकोमै बस्नुपर्ने? संस्कारको घेरो, यी सासूससुरा मर्न पनि सक्दैनन्। सधै किचकच! उतै जेठाका मुन्टे पनि त हुने।’ दैनिक यसरी नै बर्बराउँथिन् समिरा।

छोराछोरी पनि चिढचिढे स्वभावका थिए। सधै ‘ए प्लस’ लेराउँथे। अहिले ‘सि’ लेराउन नि मुस्किल पथ्र्योे। हजुरबा र आमासँग नि मुखमुखै लाग्थे। राम्रो कमाइधमाइ गर्ने लोग्ने पनि जँड्याहा बनेका थिए। तनावले उनको मुहारमा ग्रहण लागेको थियो।

साउनको महिना थियो। सोमबार बिहानै महादेवको दर्शन गर्न पशुपति पुगेकी थिइन्। संयोगले सुहानीसंग भेट भएथ्यो। उनीहरूसंगै पढेका मिल्ने साथीहरू थिए। उनको अनुहार धपक्क बलेको थियो। उनी खुसी र सम्पन्न देखिन्थिन्।

उनीहरू नजिकैको पेटीमा बसेर गफिन थाले। समीरा चिन्तित देखिन्थिन्। उमेरभन्दा अलि प्रौढ देखेर सुहानीले सोधिन्, “तिमी सन्चै त छौ ? के भयो ?”

‘के हुनु घर नर्कजस्तो छ। कलह, नैराश्य मात्र। आशाको झिल्को समेत छैन।  उता भिन्न बसेका जेठानीको प्रगतिले शिखर चुमिसक्यो। आफू भने सासूससुरा र संस्कारको डोरीले बाँधिएको छु।’ लामो सुस्केरा तान्दै समिराले भन्थिन।    

– मेरो त यस्तै हो। बरु तिम्रो सुनाउन। तिम ीऔधी खुसी देखिन्छ्यौ ? समिराले सोध्थिन्।

मेरो अधिकृतको तयार गर्दा होस् वा नाम निस्केपछि,“तिम्ले नातिनातिनाको चिन्ता लिनु पर्दैन।   देश र जनताको सेवा निर्धक्कसँग गर्नु।” भनेर सासूससुराले भन्नुहुन्थ्यो।

–छोराछोरी पनि उहाँहरूको संरक्षणमा अब्बल छन्। संस्कारी छन्। बर्सौपछि सानो घडेरी जोडेका छौ। घरमा जीवित भगवानलाई ल्याएका छौ। मेरो खुसी, सुखी जीवनको राज घरमा भगवानतुल्य सासूससुरा हुनु नै हो।     
अर्को समाचार
केन्द्रीय कमिटीमा विष्णु रिजालले भने: एमालेले सेनाबारेको दृष्टिकोण स्पष्ट पारोस्
०७ असोज २०८३
•
३ मिनेट पाठ
केन्द्रीय कमिटीमा विष्णु रिजालले भने: एमालेले सेनाबारेको दृष्टिकोण स्पष्ट पारोस्
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाबारे पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।




ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले पछिल्लो समय पार्टीका नेताहरूबाट आएका अभिव्यक्तिले राज्यका स्थायी संरचनासँग एमालेको टकराव बढेको सन्देश गएको बताएका हुन्।

भदौ २३–२४ को घटनामा नेपाली सेनाको भूमिकाबारे थुप्रै प्रश्न अनुत्तरित रहे पनि सेनाले एमाले नेतृत्वको सुरक्षा र सहजीकरण गरेको उनले स्मरण गराए।

‘भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्। तर, सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ,’ रिजालले भने, ‘नेकपा (एमाले) को आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले नेकपा (एमाले) कै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ। यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ।’

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीका कमजोरी पहिचान गर्दै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएको भन्दै रिजालले प्रतिवेदनप्रति समर्थन जनाए। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्यापछि पार्टीका शीर्ष नेताबीच देखिएको अविश्वास पनि कम हुँदै गएको उनको भनाइ थियो।

रिजालले आगामी स्थानीय निर्वाचनलाई पार्टीको मुख्य कार्यभार बनाएर केन्द्रीय कमिटी सदस्यलाई आ–आफ्नो पालिका जिताउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरे। उम्मेदवार छनोट प्रक्रियादेखि नै केन्द्रीय सदस्यलाई संस्थागत रूपमा सहभागी गराउनुपर्ने उनले बताए।

रिजालले एमालेको नेतृत्वमा नेकपालगायत वामपन्थी दलसँग एकताको निर्णय गर्नुपर्नेमा पनि जोड दिए। वाम एकताले कम्युनिस्ट आन्दोलनलाई पुनःस्थापित गर्न सहज हुने भन्दै उनले समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे गम्भीर बहस आवश्यक रहेको बताए।

‘आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन,’ उनले भने। त्यसका लागि मदन भण्डारीले विगतमा चालेजस्तै साहसिक कदम आवश्यक रहेको उनको धारणा थियो।

डिजिटल चुनौती सामना गर्न एमालेले छुट्टै संरचना निर्माण गर्नुपर्ने रिजालको प्रस्ताव छ। केन्द्रमा २४ घण्टा सक्रिय रहने अलग डिजिटल विभाग गठन गरी प्रदेश र स्थानीय तहसम्म डिजिटल गतिविधि विस्तार गर्नुपर्ने उनले बताए।

पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउन विभागहरूमा कम्तीमा ५० प्रतिशत विज्ञ तथा युवालाई समेट्ने नीति लिनुपर्ने पनि रिजालले सुझाए। पार्टीसँग प्रत्यक्ष आबद्ध नभए पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका योग्य, व्यवसायी तथा युवालाई खोजेर पार्टीमा जोड्नुपर्ने उनको भनाइ थियो।

रिजालले एमालेका पछिल्ला राजनीतिक नीति र नारामाथि समेत पुनर्विचार गर्नुपर्ने बताएका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति’ बन्ने नारा, नेपालमा एमाले र कांग्रेस मात्रै रहने राजनीतिक विश्लेषण तथा ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता’ भन्ने नाराको वर्तमान सन्दर्भमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

२०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनसमर्थनलाई एमालेले गम्भीर चुनौतीका रूपमा लिएर तयारी गर्न नसकेको भन्दै उनले पार्टीको त्यसबेलाको दृष्टिकोणमाथि समीक्षा आवश्यक रहेको बताए।

सरकार गठन र सत्ता गठबन्धनमा एमालेको निरन्तर सहभागिताले पार्टीलाई सत्ताभन्दा बाहिरबाट राजनीति र संगठनबारे सोच्ने अवसर नै नदिएको रिजालको टिप्पणी थियो।

उनका अनुसार २०४७ सालयता ३६ वर्षमा मुलुकमा २९ वटा सरकार बनेका छन्, जसमध्ये १७ वटामा एमाले सहभागी भएको र सातपटक सरकारको नेतृत्व गरेको छ। यही पृष्ठभूमिमा सधैँ सत्तामा सहभागी हुने कार्यनीतिले पार्टीको दीर्घकालीन रणनीतिलाई बलियो बनाएको हो कि एमाले स्वयं ‘सत्ता–बजारको उपभोक्ता’ बनेको हो भन्ने प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए।

‘लाभका पदमा एउटै व्यक्ति कतिपटक जाने? समीक्षा गरौँ– या यो कार्यनीति फेरौँ, या त समाजवाद–साम्यवादको रणनीति फेरौँ,’ रिजालले बैठकमा भने।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस