काठमाडौं— निश्चल बस्नेत पहिलो नजरमै दयाहाङ राईदेखि प्रभावित भएका थिए । आपूmले बनाउन लागेको फिल्ममा दयालाई खेलाउनुपर्छ भन्ने निश्चलले सोचिहाले । दयालाई पनि निश्चलको परिकल्पना नौलो लाग्यो । र, बन्यो 'लुट' फिल्म । उनीहरुलाई सौगात मल्लको पनि साथ रहयो।'लुट'को सबैभन्दा चर्चित पात्र हाकु काले थियो । हाकु काले अर्थात् सौगात त्यसपछि वास्तविक लुटेरा नै बने । फिल्मका रोलहरु भटाभट लुट्न थाले ।
'लुट'पछि सौगातमात्र होइन दयाहाङको पनि दिन खुल्यो । गोफ्ले अर्थात् दया दुई वर्षको अवधिमा थरीथरी फिल्ममा जगमगाए । अब बाँकी रहयो निर्देशक निश्चल बस्नेत । उनी चाहिँ कहाँ के गर्दैछन् ?
दुई हप्ताअघि रिलिज भएको 'फिटकिरी' र शुक्रबार चल्न लागेको 'कबड्डी'सँग छ यसको जवाफ । 'फिटकिरी'को एक दृश्यमा निश्चलले सौगातको लात खाँदैथिए । यथार्थमा सम्बन्ध सुमधुर भए पनि पर्दाभित्र निश्चल र सौगातको सम्बन्ध तनावपूर्ण थियो ।
'कबड्डी'मा पनि निश्चल र दयाको सम्बन्ध द्वन्द्वात्मक छ । फिल्मका प्रोमोहरुमै निश्चलले दयाको मुक्का खान थालिसकेका छन् । दयाले निश्चललाई 'राँगो चढ्ने' डाइलग पनि मारिरहेका छन् ।
फिल्मका पर्दाहरुमा निश्चललाई आफ्नै हिरोका कुटाइ खानु पर्ने स्थितिमा पु¥याइदिने अरु कोही होइनन्, दयाहाङ हुन् । 'कबड्डी'को पटकथा तयार हुनासाथ दया र निर्देशक रामबाबु गुरुङले विवेक नामक पात्रको भूमिका निश्चललाई दिनुपर्छ भन्ने निर्णय गरे । कास्टिङ डाइरेक्टर राजन खतिवडाको पनि यसमा समर्थन थियो ।
दया, दयाकी सोल्टिनी र निश्चलबीच एकप्रकारको 'कबड्डी' चल्छ फिल्ममा । दयाले मन पराएको सोल्टिनीमाथि सहरिया बाबु निश्चलले आँखा लगाउँछ । दयाको मनमा चिसो पस्छ । दुईबीच खिचातानी चल्छ । फिल्मको संरचना 'एक पूmल दुई माली' नै देखिन्छ । तैपनि 'कबड्डी'लाई दया र निश्चल 'त्रिकोणात्मक प्रेमकथा' मान्दैनन् ।
आफ्नी सोल्टिनीमाथि हक लाग्छ भन्ने मनोविज्ञानलाई 'कबड्डी'ले झक्झक्याउन खोजेको छ । निश्चल भन्छन्, 'हक लाग्छ भने पनि आजका युवाहरु जबरजस्ती होइन फकाएर ल्याउने पक्षमा छन् ।' सोल्टिनीलाई फकाउन खोज्ने युवक हुन् दया । उसलाई मन परेकै जुत्ता चाहिन्छ, नत्र खाली खुट्टै ठिक छ ।
निश्चल र दयाको केमिस्ट्री 'कबड्डी' रिलिज हुनुअघि 'हिट' भइसकेको छ । जबकि उनीहरुको केमिस्ट्री यथार्थमा पनि हिट र फिट छ । निश्चलले दाइ भनेर सम्बोधन गर्छन्, दया चाहिँ निश्चललाई साथी ठान्छन् ।
निश्चलले बुझेअनुसार पर्दामा आफ्नो लागि ठाउँ निकाल्न दयाहाङ सिपालु छन् । 'यही कारणले गर्दा जुनसुकै दृश्यमा दया सजिलै 'नोटिस' हुने गर्छन्,' निश्चलले भने । दयाको अनुभवमा निश्चल अझ चलाख अभिनेता हुन् । 'ऊ निर्देशक पनि हो, दृश्यलाई कसरी मजबुत बनाउने भन्ने ज्ञान छ, त्यहीभएर अभिनयमा उसलाई झन् एडभान्टेज छ,' दयाले सुनाए ।
निश्चल र दयाको भेटघाट नियमितजस्तो छ । रंगकर्मी तथा फिल्मकर्मीको जंक्सन बनिसकेको मण्डला थियटरमा भेट्दा उनीहरु एकअर्काका प्रोजेक्टबारे छलफल गर्छन् । 'हाम्रो सम्बन्ध गजबको छ, अब झगडा मात्रै हुन बाँकी हो,' दुवैले निर्धक्क बोले, 'झगडा भयो भने हाम्रो सम्बन्ध झन् गाढा बन्छ ।'