गुलाबी गुलाफ र राष्ट्रकवि
०९ साउन २०७८
•
८ मिनेट पाठ
गुलाबी गुलाफ र राष्ट्रकवि
राष्ट्रकवि कुञ्जको मूलद्वारबाट प्रवेश गर्नेबित्तिकै प्रायः सबैको आँखा जाने ठाउँ हो— करिब ४० वर्ग फिटको गुलाफै गुलाफले भरिएको क्षेत्र। राष्ट्रकविको शयन कक्षको दक्षिणी झ्यालको  ठ्याक्कै तल रंगिविरंगी गुलाफले भरिएको त्यो क्षेत्र सबैका लागि एकछिन सबै कुरा बिर्सिएर प्र्रकृतिको लीलामा चुर्लुम्म डुब्ने अवसर बन्दो हो। राष्ट्रकवि (मेरा बुवा)को दैनिकीको एक अंश प्रातः भ्रमणको बिट मार्नुअघि सधैँ करिब १०–१५ मिनेटजति त्यही गुलाफको बगैँचाअगाडि उभिएर एकटकसँग एउटा गुलाबी गुलाफलाई हेरिरहनु थियो। उहाँ यस धर्तीमा रहुन्जेल मलाई त्यसको खासै चासो रहेन। आमा पनि ‘अब बुवाको हिँड्ने काम सिद्धियो, माथि उक्लने बेला भयो’ भनी चियानास्ता आदि तयारीको निगरानी गर्न थाल्नुहुन्थ्यो।  




हामी केटाकेटी बुवाको एक दृष्टिलाई खलल पार्न डराउँथ्यौँ। उहाँसँग केही काम परे पनि व्यग्रताका साथ कुद्थ्यौँ मात्र। बुवाको ध्यान भंग गर्नु हुँदैन— हामी त्यति जान्दथ्यौँ। तर किन ? त्यसको जवाफ मसँग थिएन र मजस्तै अरू दिदी बहिनी र भाइसँग पनि थिएन होला। मैले एक दिन बुवाले एकटकसँग हेर्ने त्यही गुलाबी गुलाफ मेरो घरको छतबाट देखेँ। बुवा त यस धर्तीमा रहनुभएन, तर उहाँका हरेक गतिविधि हाम्रा मन–मस्तिष्कमा टाँसिएका छन्। उहाँ रहुन्जेल कतिपय गतिविधि त्यति अर्थपूर्ण नलागे पनि अहिले आएर अर्थ केलाउने इच्छा हुन्छ। बुवा किन गुलाबी गुलाफप्रेमी हुनुहुन्थ्यो त?  

सायद बुवाले गुलाबी गुलाफमा रातको उकुसमुकुस अँध्यारो छिचोलेर पूर्व क्षितिजको लाली अलिकति सुटुक्क चोरेर गालामा पोतेकी नवयौवना, प्रथम प्रेमिका दिवंगत पत्नी गौरीको प्रतिविम्ब देख्नुहुन्थ्यो। उहाँसँग छोटै समयका लागि भए पनि विधाताले बाँधिदिएको सम्बन्धप्रति कृतज्ञता व्यक्त गर्नुहुन्थ्यो होला। स्वाभाविक तरिकाले रस निष्पत्ति हुनु सिर्जनाकारका लागि अहोभाग्य हो। हुन त बुवाले प्रथम पत्नी गौरीलाई वरण गर्नुअघि नै कविता क्षेत्रमा हात हालिसक्नुभएको थियो, तर ‘गौरी शोक काव्य’जस्तो उचाइको काव्य सिर्जना गौरीसँग विछोड नभएको भए हुँदैनथ्यो होला। विछोड पक्कै पनि राम्रो होइन। गौरी सशरीर यस धर्तीमा लामो समय रहनुभएन तर काव्यमार्फत उहाँ अमर हुनुभयो। बुवा पनि एक प्रतिष्ठित कवि हुनुभयो। जनजिब्रोको कवि बन्नुभयो। यसैले उहाँ गुलाफमा गौरी भेटेर आँखाले टिपी प्रेमिल मुटुको द्वार खोली त्यहाँ भित्र्याउनुहुन्थ्यो होला। आज गौरी हुनुहुन्न, बुवा हुनुहुन्न तर ‘गौरी काव्य’ त छ!

मूर्तिवत् मन्त्रमुग्ध भएर गुलाफलाई हेरिरहँदा कुनै वेला बुवालाई नमिठोसँग चसक्क घोँच्दो हो। बुवा गुलाफमा आफ्नो प्रतिच्छाया देख्नुहुन्थ्यो होला। प्रत्येक आँख्लाआँख्लामा चोस्सिएका तीखा काँडालाई पछाडि पार्दै आखिर गुलाफ त फक्रिएरै छाड्छ। बुवाको जीवनरूपी गोरेटो पनि कहाँ मखमली थियो र ? गुलाफको डाँठको प्रत्येक आँख्लामा चुच्चिएको काँडाले जीवनमा भोग्नुपरेका अप्रिय, असहज परिस्थितिको सम्झना गराउँथे होला। असमयमै मातृविहीन हुनुपरेको अव्यक्त पीडा, मौसम अनुसार आफ्ना गोठाले बाबुले लेक र ‘बेसी’ सार्ने गोठको पछि पशुवत डोरिनुपर्ने बाध्यताले कम मुटु छेडेन होला। घर छाडेर पढाइका लागि हिँडेपछिका कष्टकर पल, औषधोपचारकै अभावमा किशोर वयमै दुई नाबालिकासहित प्रथम पत्नीसँगको विछोडले पनि कम मुटु घोँचेन होला। आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन।  

दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले। आँख्ला आँख्लाका चुनौती सामना गरेर गुलाफ फक्रिएझैँ आफूले पनि जीवनका अप्ठेरा खुड्किला पार गर्दै गुलाफ जस्तै फक्रन पाएकामा दंग हुनुहुन्थ्यो होला बुवा! आफ्नै मेहनतका पसिनाले चर्चेको घर, एकसे एक स्वावलम्बी सन्तान, समाज, देश र विदेशसम्म मान–मर्यादा र प्रतिष्ठा, मान–सम्मानपत्र आदिले खचाखच भरिएको एउटा पूरै कोठा - जीवनमा यसभन्दा बढी के चाहिन्छ र ? बुवालाई लाग्दो हो, जीवन उबडखाबड गोरेटो मात्र कहाँ हो र यो त आफ्नै अनवरत मेहनत, परिश्रम, लगनशीलता, धैर्य र सकारात्मक सोचले हुर्काइएको सुकोमल, मनोहारी नयनाभिराम फूल हो । ईश्वरको वरदान हो । बाँचुन्जेल यसलाई भरपुर जिउनुपर्छ।

बुवा आफ्नो त्यही प्रिय गुलाफलाई एकटक हेरिरहनुहुन्थ्यो। धनुर्विद्यामा पारंगत हुन अर्जुनले गरेको एकाग्रताको अभ्यास र गुलाफको फैलने र फुल्ने प्रक्रियमा तालमेल जोड्न खोज्नुहुन्थ्यो होला। अर्जुनले आफ्ना इसारामा द्रोणाचार्यको एक प्रश्नको उत्तरमा भनेका थिए - मैले केवल चराको आँखा मात्र देखेको छु। उनले न विशाल वृक्ष देखे, न हाँगो, न त हाँगामा बसेको चराको पूरा शरीर नै देखे । उनले त केवल आफ्नो लक्ष्य चराको आँखा मात्र देखे। विशाल फैलावटबाट समेटिँदै आफ्नो लक्ष्यमा कसरी केन्द्रित हुने त्यसको अभ्यास गरेरै अर्जुन अर्जुन बने। गुलाफ पनि भूमिमा जोडिएको आफ्नो जडबाट कति पनि नहटीकन हुर्केर बढेर फूलेर सुवास छाड्छ र आफ्नो धर्म पूरा गर्छ। बुवा एक कवि, उहाँको उद्देश्य - राम्रा राम्रा रचना गर्नु, आफू तृप्त हुनु, अरूलाई तृप्ति दिनु। यसैले सिर्जनाका लागि चाहिने एकाग्रताको अभ्यासका लागि सुकोमल, बास्नादार फक्रेको फूलजस्तो प्रेरक अरू के हुन सक्ला ? यसैले बुवा केटाकेटीले भरिएको माहोलबाट आफूलाई अलग पारेर सिर्जनशील सिंहासनमा विराजमान हुनका लागि पूर्वतयारी स्वरूप सुकोमल फूलको दर्शन र बास्नाको आश्वादन गर्नुहुन्थ्यो। यसले सिकाएको एकाग्रताको पाठ राम्ररी मनन गर्नुहुन्थ्यो।  

अभावका कथा व्यथालाई एकछिन पर सारेर सुगन्धित सुकोमल फूललाई आँखभरि, छातीभरि र मुटुभरि टाँसेर कलमको बिर्को खोली कापीका खाली पत्र भर्नुहुन्थ्यो। यसैले होला, उहाँका रचना पनि फूलका पत्रजस्तै तहतह मिलेका, चिटिक्क परेका शब्द र भावको तालमेल मिलेका सुललित र चित्ताकर्षक हुन्छन्। उहाँका लागि घरकै एउटा कोठा साहित्यरूपी भूमण्डलीय गोला हुन्थ्यो र उहाँ गुनगुनाउँदै ध्यान मग्न भएर खान समेत बिर्सिएर त्यही गोलामा विचरण गरिरहनुहुन्थ्यो।  

अलौकिक सत्ताप्रतिको आकर्षण र अनुराग सायद उहाँ त्यही गुलाफको माध्यमबाट अनुभूत गर्नुहुन्थ्यो। सम्पूर्ण सृष्टिको आधार अव्यक्त सत्तासँगको मोह उहाँमा किशोरावस्थादेखि नै पलाएको हो। पारलौकिक आनन्द प्राप्तिका लागि अभ्यासरत आफ्ना बूढा ससुराका अनुयायी बन्नुभयो। जोगीको पछि लाग्नु अनि काठमाडौंमा एकताका शिवपुरी बाबाकहाँ धाउनु आदिले यही इंगित गर्छन्। उहाँले समय समयमा आफूमा अलौकिक ज्योति उत्पन्न हुने तर त्यसलाई नियन्त्रित गर्न नसकी पीडादायक बनेको गुनासो गर्नुभएको हामीले सुनेका थियौँ। उहाँले घरबार त्यागी पट्टल कसेर उक्त शक्तिको आराधना र खोजी गरिरहन पाउनुभएन तर उक्त साधना र आराधनालाई उहाँले आफ्नो काव्य साधनामा लगाउनुभयो। निर्गुण तथा सुफी काव्य धारामा भएको रहस्यवादको केही छनक बुवाका काव्य कृतिमा पनि पाइन्छ। प्रायः लौकिक भाषामा व्यक्त गर्न नसकिने रहस्यवादी भावनाको अभिव्यक्ति बुवाले लौकिक प्रतीकको सहारा लिएर सरल ढंगले व्यक्त गर्नुभएको छ। बुवा गुलाफ हेरिरहनुहुन्थ्यो, एकटकसँग। गुलाफको प्रत्येक दलभित्र समाहित रहस्य उद्घाटित गर्न प्रयत्न गर्नुहुन्थ्यो। अलौकिक सत्तासँगको मिलनको मधुर आनन्द महसुस गर्नुहुन्थ्यो । यसैले उहाँका रचना व्याख्यात्मक नभएर प्रतीकात्मक हुन्छन्,अभिधात्मकभन्दा लक्षणात्मक र व्यञ्जनात्मक हुन्छन्। यसैले कविताले रहस्यात्मक धर्म वहन गरेका हुन्छन्।  

सायद बुवाले त्यो फूललाई केवल एउटा कविको आँखाले हेर्नुहुन्थ्यो। प्रतीकात्मक भाषा प्रयोग गर्न एसिया र युरोपका कतिपय देशले फूलको पहिचान गरेका छन्। सोच्न सकिने जति प्रायः भाव फूलको माध्यमबाट व्यक्त गर्न सकिन्छ। बुवा पनि फूललाई एकटक हेरेर आफूमा आएका भाव व्यक्त गर्ने बाटो पहिचान गर्ने अभ्यास गर्नुहुन्थ्यो। बुवाको गुलाफ बगैँचामा सेतो, पहेँलो, रातो, कलेजी आदि रङका गुलाफ थिए। तर किन बुवाले गुलाबी गुलाफ नै रोज्नुभयो ? गुलाबी रङले खुसी, मनोहारिता र लालित्य दर्शाउँछ, निर्दोषिता र निश्चलता पनि प्रकट गर्छ। हर्ष, आनन्द र आदरभाव प्रकट पनि यही रङद्वारा गरिन्छ। शुद्धता, शक्ति र जवानीको प्रतीक पनि गुलाबी रङ नै हो। यसैले होला, गुलाबी गुलाफ नै बुवाको प्रिय भएको, पहिलो रोजाइ भएको। उहाँले आफूमा कहिले पनि बुढ्याइँ आएको अनुभव गर्नुभएन। बुवा प्रत्येक बिहानीलाई नयाँ बिहानीका रूपमा आत्मसात गर्दै सकारात्मक भावले परिपूर्ण भएर नयाँ जोस र जाँगरका साथ काव्यरूपी समुद्रमा पौडी खेल्न थाल्नुहुन्थ्यो। आजभोलि पनि त्यो फूल त्यसरी नै फक्रिएको छ। कोपिला लाग्नु, फुल्नु, फक्रनु, सुवास छाड्नु, ओइलिनु, झर्नु अनि फेरि कोपिला लाग्नु र त्यही चक्र पछ््याउनु यसको धर्म हो। यो यसले पूरा गरेको छ। प्रत्येक वर्ष यो यसरी नै यही चक्रमा हिँड्छ।  

गुलाबी गुलाफ प्रेमी बुवाले पनि यस धर्तीमा जन्म लिएर फुलेर, फक्रिएर सुवास छाड्नुभयो। गुलाफको फूलजस्तै हाम्रै आँखाअगाडि यसै मृत्तिकामा विलीन हुनुभयो। सायद बुवा पनि आफ्नै प्रिय गुलाफजस्तै जीवनमरणको चक्रमा प्रवेश गरिसक्नुभयो होला। उहाँको साहित्यको लाभांशी यस लोकका मनुष्यजन भए। हामीले उहाँका सन्तान हुने गौरव पायौँ। अब उहाँले फैलाउने सुवासको लाभांशी यस लोकका मनुष्यजन नभए पनि अन्त कतैका कोही त अवश्य हुन्छन् होला। उहाँको सन्तान हुने गौरव अरू कसैले पाउलान्। छतबाट गुलाफ हेरिरहँदा बुवा नै गुलाफमा समाहित भएजस्तो लाग्यो। हावाले गुलाफको थुँगो हल्लियो। बुवाले मलाई नै हेरेर हात हल्लाएजस्तो लाग्यो। मैले पनि दुवै हात उचालेर हल्लाएँ। अनि गहिरो निश्वास छाड्दै भनेँ– बुवा !

(अधिकारी राष्ट्रकवि माधव घिमिरेकी छोरी हुन्।)
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस