जीवन शर्मा। जो सर्वहारा वर्गका गीत गाउँछन्। भरिया, मजदुरका गीत गाएर चेतना फैलाउँदै हिँड्छन्। गरिब, दुःखीका झुप्रो चहार्छन्। आफूलाई सधैंभरि फरक धारको कलाकारको रूपमा लिन्छन्। उनका गीत सुनेर दर्शक भावुक बन्छन्, आँसु खसाउँछन्। शब्दमा राष्ट्रियता, देशभक्ति, जनताका पीर–व्यथा, परदेशिनेका पीडा समेटिएका हुन्छन्। 'सिमली छायाँमा' बसेर दर्शकलाई पनि शीतलता छर्छन्।
कोमल वली। जसलाई 'गाँठ'को गीत गाउने भनेर चिनिन्छिन्। उनका गीतका शब्दले चर्चा पाउँछन्। उनी व्यावसायिकतामा ध्यान दिन्छिन्। उनका गीतमा युवा जमात झुमिरहेका हुन्छन्। नाचिरहेकाहरू 'आइ लभ यु' भनिरहेका हुन्छन्। उनका शब्द माया, प्रीति, रमाइलोका लागि भेटिन्छन्। 'पोइला जान पाम'जस्ता गीत गाएर दर्शक उचाल्छिन्।
गायन क्षेत्रका 'दुई धुव्र' मानिने शर्मा–वलीलाई मध्यपश्चिमका दर्शकले एउटै मञ्चमा भेट्टाए। गएको बिहीबार दुवैले मञ्चमात्रै तताएनन्, जाडोमा दर्शकलाई उखुम बनाइदिए। गाउँबाट सहर पसेका दुवैको पेसा गायन। तर, एउटै मञ्चमा गीत गाउने पहिलो मौका जुराइदियो नेपालगञ्ज महोत्सवले। फरक ध्रुवका गीत गाउने यी दुईका दर्शक भने विभाजित भएनन्, सँगसँगै कम्मर मर्काए।
संगीतका वाद्यसामग्री उस्तै भए पनि शैलीले गीतको धार छुट्टिन्छ। कुनै समय दुवैका गीत प्रतिबन्धित भए। पञ्चायतकालमा जीवन शर्माका 'क्रान्तिकारी' गीत प्रतिबन्धित भए भने कोमलको एल्बम 'बदमास'ले पनि प्रतिबन्धको झेउलो खेप्नुपर्यो ।
दुईले गाउने शब्द र शैलीमा ठूलो भिन्नता छ। दुवैका गीतप्रति दर्शकले दिने प्रतिक्रिया पनि फरक छन्। एउटै मञ्चमा गीत गाएका जीवन भन्छन्, 'कोमल र मेरा गीत बिल्कुल फरक छन्। हरेक गीतको मौलिकतामा भने भिन्नता छ।'
'उनी उदाउँदो सूर्यको गीत गाउँछिन्। म अस्ताउँदो सूर्यको,' ओलीका गीतसँग तुलना गर्दै शर्माले भने, '१६ वर्षे तरुनी–तन्नेरीका गीत गाउने धेरै हुन्छन्। ८० वर्षे भरिया, डाँडामाथि पुगेका जुनका गीत गाउनु गौरव र सम्मान हो।' गीतको शब्द चयन भने आफ्नो इच्छामा निर्भर रहने ठान्छन् उनी, 'दर्शकलाई एकैछिन रमाइलो पार्नु पनि गीतै हो।'
कोमल जीवनलाई गीत–संगीत क्षेत्रको अग्रज मान्छिन्। फरक धारको गीत गाए पनि शर्माको गीतबारे उनको टिप्पणी छ, 'दुवैको क्षेत्र लोक गीतसंगीत हो। तर, शब्द फरक छन्।'
'शालीन जुनियर'लाई स्वच्छ मनोरञ्जन दिन गीत गाएको बताउने कोमलको भनाइमा जीवन सन्देश र चेतनाका गीत गाउँछन्। महोत्सवमा सँगसँगै गाएका जीवनले आफ्ना गीत सुनेर इन्जोय गरेको उनले सुनाइन्। 'मैले गाउँदा सबै नाचिरहेका थिए। उहाँले पनि नयाँ पुस्ताको चाहना बुझ्नुभएको रहेछ,' उनी भन्छिन्।
नेपाली जनजीवनको भाका, मजदुर र विपन्न वर्गका पीडाका गीत आफूलाई मन पर्ने कोमल बताउँछिन्। 'समयको मागअनुसार गीत गाउनुपर्ने बाध्यता पनि रहेछ,' उनले भनिन्, 'म समाजसँगै रूपान्तरित हुन्छु। नयाँ युगका युवाले माग्ने खुराक लोकगीतबाटै दिएकी छु।' दर्शकको पीडा बिर्साएर रमाइला शब्द सुनाउँदै मनोरन्जन दिँदा आफू पनि फरक दुनियामा पुगेको कोमलको अनुभूति छ।
पञ्चायतकालमा भूमिगत जीवन बिताएका जीवन अहिले सार्वजनिक कार्यक्रममा बोलाइन थालेका छन्। २०६३ सालदेखि मेला महोत्सवमा उनी पुगिरहेका छन्।
बच्चा, युवा, बूढाबूढी सबैले आफ्ना गीत मन पराउने जीवनको दाबी छ। भन्छन्, 'दर्शकको हृदयबाटै प्रतिक्रिया पाएको हुन्छु।' पछिल्लो समयमा अस्ट्रेलिया, युरोप, फ्रान्स, जर्मनी, बेल्जियमका कार्यक्रम भ्याएर जीवन नेपाल फर्किएका हुन्।