काठमाडौं– फिल्म 'सो सिम्पल'मा नायिका बनेकी भावना रेग्मीले वैवाहिक जीवनमा प्रवेश गरेकी छिन्। दिवंगत निर्देशक शिव रेग्मीकी छोरी भावनाले शनिबार चितवनको बाह्रघरेस्थित एक मन्दिरमा परम्परागत शैलीमा सुनिल अर्यालसँग बिहे गरेकी हुन्।
'धेरैदेखि नै घरपरिवारमा बिहेको कुरा चलिरहेको थियो। बुबा आफैंले कुरा छिन्नु भएको थियो। दुःखको समयमा परिवारलाई अभिभावकत्व चाहिन्छ भनेर ममीले पनि बिहे गर्न जोड गर्नुभएको हो,' भावनाले आइतबार नागरिकसँग भनिन्।
सुनिलसँग पारिवारिक माध्यमबाट परिचय भएको र सोही चिनाजान विवाहमा बदलिएको भावनाले जानकारी गराइन्। घरनजिकैको मन्दिरमा मामाले उनको कन्यादान गरिदिएका थिए। जनकपुरका सुनिल व्यापारी हुन्।
झन्डै दिउँसो १२ बजे ब्यान्ड बाजाबिना मन्दिर परिसर पुगेका सय हाराहारीका जन्तीलाई भावनाको मावलीका सदस्यले स्वागत गरेका थिए। फिल्ममा अभिनय गरे पनि उनी पेशाले नर्स हुन्। उनी निर्देशक रेग्मीकी जेठी छोरी हुन्।
विवाहमा सहभागी हुन राजधानीबाट अभिनेता वीरेन श्रेष्ठ, राजेन्द्र उप्रेती, सुनिल सिटौला र कमल पाण्डेलगायत पुगेका थिए।
'निर्देशक रेग्मीले आफ्नो अवस्था जस्तोसुकै भए पनि माघमा भावनाको बिहे गरिदिनू भने अनुसार बिहे भएको हो। यसअघि नै बिहे गरिदिने तयारी भए पनि निर्देशक रेग्मीको स्वास्थ्यका कारण बिहे सर्दै आएको थियो,' निर्देशक राजेन्द्र उपे्रतीले भने।
दुवै किड्नी फेल भएपछि निर्देशक रेग्मीको गत मंसिर २४ मा निधन भएको थियो।