काठमाडौं– केही हप्ताअघि देशव्यापी टुर गरेको 'नेपथ्य' ब्यान्डले आफ्नो मूलथलो पोखरामा पहिलोपटक खुला आकाशमुनि कन्सर्ट गर्ने भएको छ। पोखराबाटै उदाएको 'नेपथ्य'ले यसअघि सभागृहमा बन्द हलभित्र मात्रै कन्सर्ट दिँदै आएको थियो। यसपटक भने आगामी फागुन ३ मा प्रदर्शनी केन्द्रको मैदानमा समूह प्रस्तुत हुन लागेको हो।
'नेपथ्यका निम्ति पोखरा आयोजनास्थल मात्र नभएर प्रतिष्ठा पनि हो,' ब्यान्डका गायक अमृत गुरुङ भन्छन्, 'आफूले हेरेर हुर्केका हिमालकै सामुन्ने उभिएर गीत गाउने अवसर पहिलोपटक जुरेको छ।'
'नेपथ्य'ले गत महिना 'शान्तिको लागि शिक्षा' अभियान चलाएको थियो। राजधानीमा आएर टुंगिएको उक्त अभियानमा सम्भवतः पहिलोपटक 'नेपथ्य'ले सबैभन्दा ठूलो दर्शकश्रोताको उपस्थिति पाउन सफल भयो।
'यसै क्रममा पोखरालाई पनि समेट्ने इच्छा लागेको थियो,' गायक अमृत भन्छन्, 'यसअघिका भन्दा अझ उत्साहजनक हिसाबले प्रस्तुत हुन हामीले तयारी थालिसकेका छौं।'
आयोजक 'नेपालय'का अनुसार यो खुला कन्सर्ट 'शान्तिको लागि शिक्षा'कै निरन्तरताका रुपमा प्रस्तुत हुनेछ।
'नेपथ्य कन्सर्टको प्रवर्द्धन गर्न पोखरामा बिहीबार सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा बेग्लै स्टल राख्दैछौं,' नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'नेपथ्यको यात्राबारे झलक प्रस्तुत गर्ने उक्त स्टलबाटै टिकट पनि बेच्न लागिएको हो।'
सन् २००० देखि २०१४ सम्म 'शान्तिको लागि शिक्षा' र 'सुन्दर शान्त नेपाल' गरेर दुइटा अभियानमा 'नेपथ्य'ले आफूलाई पटक पटक मुलुकभर प्रस्तुत गर्दै आएको छ। पोखराको प्रस्तुति पनि त्यसैको निरन्तरता हो।