काठमाडौं– जिउमा दौरासुरुवाल अनि हातहातमा सारंगी, मादल, बाँसुरी, ढोलक, तबलालगायत वाद्ययन्त्र। मञ्चमा आसीन आधा दर्जन संगीतकर्मीका अनुहारमा झल्किएको गम्भीरताले पनि बुझाउँथ्यो, केहीबेरमै त्यहाँ संगीतको गम्भीर अनुष्ठान चल्दैछ।नभन्दै, निर्धारित समयमै वाद्यवादकका औंला आ–आफ्ना वाद्ययन्त्रमाथि सलबलाउन थाले। सुरु भयो– 'समावेशी संगीत' को एउटा अर्केस्ट्रा। नेपाल म्युजिक सेन्टरले शुक्रबार साँझ पस्केको अर्केस्ट्राले सारा नेपाली लोकभाकालाई एकसाथ प्रस्तुत गरियो।
गीत, संगीतका अग्रज पारखीको उपस्थितिमा गरिएको नेपाली लोक सिम्फोनी अर्केस्ट्राले प्रस्तुत गरेको संगीतमा कुनै जात, धर्म, वर्ण, देश र भूगोल देखिएन। लोक अर्केस्ट्राका माध्यमबाट हिमाल, पहाड र मधेसलाई संगीतका सुर र तालका मालामा उने।
कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिविद सत्यमोहन जोशीले संगीतलाई विचारको सेतु भन्ने टिप्पणी गरे। 'संगीत मनोरञ्जनमात्र होइन, राजनीतिलाई पनि सन्देश हो,' उनले थपे, 'देशमा तीन 'स'को महत्त्व छ। हामी त्यसलाई संगीतका माध्यमबाट देखाइदिएका छौं। समावेशीकरण, सहअस्तित्व र सहमति।'
राजनीतिक खिचातानीले देशलाई अप्ठेरोमा पार्ने नेताहरुले संगीतमार्फत सिक्नुपर्ने उनको भनाइ थियो। शुभबहादुर सुनामले तुलसी राग मेघमलहारमा आधारित रचनामार्फत सुरु भएको कार्यक्रममा त्यसपछि क्रमैसँग दसैं र तिहारमा बजाइने मालश्री धून, 'साँघुरीवारि नि हौ,' 'रेशम फिरिरी,' 'यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ' लगायत धून गुन्जिए।
कार्यक्रममा समावेशी संगीतअन्तर्गत समला, चन्डी, मारुनी, थारु, भोजपुरी, मैथली, नेवारी, धीमे, तामाङ, सेलो, सेब्रु, झाँगड, कउडा, पन्चैबाजा, देउडा, ट्याम कुली, सक्यो नानीजस्ता प्रसिद्ध लोकभाकाका धून बजाइएको थियो।
सेन्टरले लोक–संगीतसँग जोडेर 'नेपाली लोक सिम्फोनी अर्केस्ट्रा' आयोजना गरेको हो।