किन पुग्ने कञ्चनजंघा?
१४ चैत्र २०७७
•
४ मिनेट पाठ
किन पुग्ने कञ्चनजंघा?
गत सिजन (भदौ–कात्तिक) मा कञ्चनजंघा बेस क्याप क्षेत्र घुम्न आउने विदेशी पर्यटक अत्यन्तै कम थिए। बरु दसैँपछि आन्तरिक पर्यटकको सामान्य चहलपहल देखियो। कोभिड–१९ का कारण यो सिजनमा बेसक्याम क्षेत्रमा पर्यटक आउन नसक्दा होटल लगायत पर्यटकमा आधारित व्यवसाय ठप्प भए। चालू सिजन (चैत–जेठ) मा पर्यटक बढ्लान कि भन्ने आशा सो क्षेत्रका व्यवसायी गरेका थिए।  




‘अघिल्लो सिजन कोरोनाका कारण पर्यटक आउन नसक्दा यो क्षेत्र सुनसानजस्तै भयो। योपल्ट पनि सुनसानै छ। अघिल्ला वर्षमा भ्याइनभ्याई हुने यस क्षेत्रमा यसपालि पनि बढ्ने देखिएको छैन,’ घुन्साका पर्यटन व्यवसायी धार्के (दीपक) शेर्पा भन्छन्, ‘होटल बुकिङ भएका छैनन्। होटल व्यवसायी तयारी अवस्थामै छौँ।’ यहाँ घुम्नका लागि अत्यन्त महत्वपूर्ण भए पनि उलेख्य संख्यामा पर्यटक भित्रिन सकेका छैनन्।

बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटकलाई जोड दिइनुपर्ने उनी बताउँछन्। ‘नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको बेसक्याम्प क्षेत्रमा अनगिन्ती विशेषता छन्। घुमिरहुँ लाग्ने भूगोल छ,’ उनी भन्छन्, ‘यस क्षेत्रको प्रवद्र्धनमा हामी पनि प्रयासरत छौँ।’ कञ्चनजंघा हिमालका साथमा यहाँ कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभरा जस्ता हिमाल छन्। सडक पनि टाढा रहेको तथा अनेकौँ विशेषता भरिपूर्ण यो क्षेत्रलाई कुमारी गन्तव्यको रूपमा हेरिएको छ।  

तुलनात्मक रूपमा कञ्जनजंघा हिमाल कम मात्र आरोहण भएको छ। काठमाडौंदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमान स्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन्। यो क्षेत्रको महिमाको पर्याप्त प्रचार भएको देखिँदैन। ‘गत सिजनमा १२ जना मात्र विदेशी आए। गत वर्ष सात सयको हाराहारीमा थिए,’ पर्यटन व्यवसायी टासी तेन्जिङ भन्छन्, ‘पदमार्ग क्षेत्रमा पर्यटकका सुविधाका लागि होटल, टि हाउस खुलेका छन्। हिँड्नका लागि बाटो पनि खासै अप्ठेरो छैन।’  

कञ्चनजंघाको उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ हिमाल यहाँको अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यहाँ प्राकृतिक सौन्दर्य, हिमाली संस्कृतिमा रमाउन सकिन्छ। ८,५८६ मिटर उचाइको यस क्षेत्र घुम्न उत्तिकै रोचक र रमाइलो हुन्छ। उत्तरतर्फ पाङपेमा र दक्षिणतर्फ ओक्ताङ बेस क्याम्प छ।  

घुन्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ। यही पास गरेर दुवै बेस क्याम्प क्षेत्र घुम्न सकिन्छ। ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म र दक्षिणतर्फ याम्फुदिनसम्म गाडी पुगेको छ। ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक छ। यहाँ एयरपोर्ट समेत छ। यहाँबाट कञ्ची सडक भएर सेकाथुम पुग्न करिब पाँच घन्टा लाग्छ। कतिपय विदेशी सुकेटारबाटै हिँड्छन्।

रानीपुलदेखि सेकाथुम आम्जीलेसा हुँदै दुई दिनमा घुन्सा पुगिन्छ। उपत्यका जस्तो घुन्सा अहिले सहर जस्तो भएको छ। घुन्सादेखि खम्बाचेन, लोनाक हुँदै तीन दिनमा उत्तरी पाङपेमा बेसक्याम्प पुगिन्छ। यो ५ हजार १ सय ४० मिटर उचाइमा पर्छ। खम्बाचेनदेखि फक्ताङलुङ (कुम्भकर्ण) हिमालको बेसक्याम्प जान मिल्छ। सेलेले पास गरेर दुवै बेस क्याप पुग्न सकिन्छ। ओक्ताङ साउथ बेसक्याम्प ४,७५० मिटरमा छ। याम्फुदिनसम्म गाडीमा तोरेङदिन, चेराम, रामजेर हुँदै साउथ बेस क्याम्प पुगिन्छ।  

यस क्षेत्रमा बस्नका लागि होटलको सुविधा छ। भौगोलिक रूपमा केही टाढा देखिए पनि यसलाई ‘भर्जिन डेस्टिनेसन’का रूपमा लिन सकिन्छ। कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी यस क्षेत्रमा आन्तरिक पर्यटकलाई बढोत्तरीको पहल आवश्यक भएको बताउँछन्। उनी भन्छन्, ‘अनेकन सम्भावना भए पनि पर्याप्त पर्यटक ल्याउन सकिएको छैन। हामीले प्रयास गरिरहेका छौँ।’

जैविक विविधता

२०५४ सालदेखि यो क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गरिएको थियो। २०६३ असोजमा समुदायलाई हस्तान्तरण गरिएको थियो। यो क्षेत्र २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। ओलाङचुङगोला, लेलेप, तापेथोक, याम्फुदिन क्षेत्रमा पर्ने यो संरक्षण क्षेत्र विभिन्न विविधता कारण पनि महत्वपूर्ण छ। हिमाली जनजीवन, शेर्पाहरूको जीवनशैली, याक, चौँरीको बसोबास, महत्वपूर्ण जडीबुटी, प्राकृतिक सौन्दर्यता आनन्दायी लाग्छ। व्यवस्था, भागदौडबाट समय निकालेर केही दिन प्रकृतिमा विचरण गर्न निम्ति यो ठाउँ महत्वपूर्ण छ।  

हिउँ चितुवाका लागि यो क्षेत्र महत्वपूर्ण छ। यो क्षेत्रमा रैथाने र घुमन्ते गरी तीन सय तीन प्रजातिका चरा पाइने कञ्चनजंघा क्षेत्र संरक्षण परिषद्बाट प्रकाशित पुस्तकमा उल्लेख छ। यीमध्ये दुई प्रजातिका चरा विश्वमै लोप हुन लागेका छन्। यहाँ २ सय ६६ ताल छन्। विभिन्न नामका हिमनदी छन्। यहाँ ६ प्रकारका सर्प, चार प्रजातिका छेपारो, १५ प्रजातिका उभयचर, २१ प्रजातिका माछा पाइने उक्त पुस्तकमा उल्लिखित छ। यहाँ तितेमाछा पाइन्छ, जो रैथाने हो। ८३ प्रजातिका कीरा फट्याङ्ग्रा, ८ सय ४४ प्रजातिका फूल फुल्ने प्रजातिका बिरुवा पाइन्छन्।  

हिमाली क्षेत्रको गहना मानिएका चौँरी यहाँ भेटिन्छन्। हिमाल, हिमाली क्षेत्रका साथै चौँरीको क्षेत्रको अवलोकन गर्नु महत्वपूर्ण हुन्छ। भारत र चीनसँग जोडिएकाले यो क्षेत्रलाई सामरिक महत्वका साथ हेरिने गरिन्छ।  कञ्चनजंघा हिमालको पहिलो आरोहण १९५५ मे २५ मा भएको पाइन्छ। जाँज बैड र जो ब्राउनले सबैभन्दा पहिले यो हिमाल चढेका थिए। यो हिमाल चढ्नेको संख्या कम छ। यो क्षेत्रमा घुम्न आउनेको संख्या पनि कम छ। 
अर्को समाचार
रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
१६ मंसिर २०८१
•
१ मिनेट पाठ
रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लब इलाम सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ।




डाँगीहाट फुटबल क्लब मोरङलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै  रेड डेभिल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलेको निर्णय टाई ब्रेकरबाट लिइएको थियो। मोरङका सुनिल खड्का र सञ्जय धिमालको प्रहार इलामका गोलरक्षक कुमार तामाङले गोल हुन दिएनन्। इलामका निशान्त राई टाईब्रेकरमा चुके पनि इलामले डाँगीहाटलाई पराजित ग¥यो। इलामका लागि सुजन खजुम,शेखर राई,समिर खजुम र मिङ्मा गुरुङका प्रहार गोलमा परिणत भए।

डाँटीहाटका रोमन भुजेल र कुमार तामाङका प्रहार गोलमा परिणत भएपनि दुईवटा टाईब्रेकर चुक्दा मोरङ खेल मैदानबाट बाहिरियो। पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई सडन डेथमा हराउँदै तेह्रथुमको सम्दु फुटबल क्लब यसअघि नै सेमिफाइनल पुगी सकेको छ।

प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्।  सोमबार तेस्रो खेलमा गोधुली फुटबल क्लब धरान सुनसरीको भिडन्त भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबसँग हुने छ। मङ्गलवार न्यू स्टार क्लब बिर्तामोड झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग पहिलो चरणको अन्तिम खेल खेल्दै सेमिफाइनल समीकरण पूरा गर्ने छ। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस