घुन्सामा अझै हिउँ परेन
१५ माघ २०७९
•
५ मिनेट पाठ
घुन्सामा अझै हिउँ परेन
समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो साता गाउँ छोडेर काठमाडौंतिर लागे। उनी बसाइँ सरेका होइनन उनी हिउँ छल्न काठमाडौं गएका हुन्।




उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्थे। तर, यस वर्ष भने काठमाडौं नै पुगेका छन्। हिमपात हुँदा धेरै जाडो हुने भएकाले जाडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौं पुगेका छन्। पेमा र उटुक दुई जनाले मात्र हिउँ छल्न गाउँ छोडेको भने होइन। गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौंसम्म पुगेका छन्।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ। यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौंसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए। उनका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन्।

गत मंसिर सुरु भएसँगै २० घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सरमुकाम फुङ्लिङ बजार कोही पुगेका छन् भने कोही काठमाडौं पुगेका छन्। अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन्। यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर छ। जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ। केही चौंरी याक गोठ हुने मात्र गाउँ रुँगालो बसेको स्थानीय पेम्पा शेर्पाले बताए।

ताप्लेजुङको हिमाली क्षेत्रमा विगतका वर्षमा मंसिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो। हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो। तर, अहिले हिमाली क्षेत्रमा हिमपात भएको छैन। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टानजस्तै बन्दै गएको छ। मंसिर तेस्रो साता हिउँ छाल्न गाउँ छोडेर काठमाडौं पुगेका पेमा शेर्पाले भने, ‘हिउँ पर्छ भनेर गाउँ छोडेर काठमाडौं पुगेको दुई महिना भयो। तर, अहिलेसम्म गाउँमा हिउँ परेको छैन। मैले हिजो मात्र गाउँमा फोन गरेको थिएँ।’

माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौं छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताए।

समुद्र सतहदेखि चार हजार दुई मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसँगै अहिले निराशामा छन्। याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो। हिमालको फेदीमा पर्दछ। शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन्।

अहिले शेर्पाले हिमालहरू काला पत्थरजस्तै भएको हिमाल हेर्दै दिन बिताउँछन्। चिन्तित हुँदै उनले भने, ‘हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो। हिमाल सुक्खा भयो भने पानीको मुहानहरू सुक्छ। चौरी याकहरूले पानी खान पाउँदैन। जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिंदैन। घाँस नभए  चौंरी याकहरू तिर्खा र भोकले मर्ने छन्’, याङमा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो। उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन। त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो। त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर डढेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुँदै गएसँगै चिन्ताले पिरोल्न थालेको हो।

‘हिमालमा हिउ पग्लदै गएको छ। खेतबारीहरू सुक्खा हुँदै छ।’ सिरिजंघा गाउँपालिका-६ मामांखेका लोकेन्द्र लिम्बूले भने, ‘बारीमा जौं  गहँ खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ। केही कसैले त पाइपमा पानी ल्याएर स्प्रीङकल(सिंचाई गर्ने एकप्रकारको मेसिन) खेतबारीमा घुमाउँदै छन्।’

अहिले लिम्बूको दैनिकी नै अलैंची बगानमा सिंचाई गर्न व्यस्त छन्। पानी नपर्ने र हुरीबतास मात्र चल्ने भएकाले खरेडीबाट अलैंची बगान जोगाउन बिहानबेलुका अलैंची बगानमा सिंचाई गर्न व्यस्त भएको लिम्बूले बताए।

जिल्लाका किसानलाई यतिखेर आलु रोप्न समय भए पनि तर हिमाल हिउँ पग्लदै गएर कालो पत्थरजस्तै हुँदै गएको छ, पानी परेको छैन। रोपेको आलु उम्रन नपाई सुक्ने पो हो कि भन्ने चिन्ताले सताउन थालेको फक्ताङलुङ गाउँपालिका-६ का किसान विर्खबहादुर फेम्बूले बताए।

विगतमा मंसिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो। तर, यस वर्ष भने माघ लाग्दा समेत हिउँ नपरेको समुद्र सतहदेखि तीन हजार ५ सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ फलेका पेम्पा फुटी शेर्पाले बताए।

विगतमा यातायातका साधनहरूको चाप कम हुन्थ्यो। बिस्तारै विकास निर्माणसँगै मानिसको चाप र यातायातको चाप समेत बढ्दै गएकाले मधेशतिरको हुस्सु हिमाली क्षेत्रमा फैलिन थालेको फुङ्लिङ नगरपालिका–५ का निर्मला विक्रम माबोहाङको भनाइ छ।

अहिले हिमालमा स्नो लाइन(हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक चितेन चेम्जोङले बताए। उनले भने,‘जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ। हिउँ समयमै नपर्नुले प्रत्यक्ष तथा अप्रत्यक्ष वातावरणमा असर परुयाएको हुन्छ।’

कञ्चनजङ्घा हिम श्रृंखला क्षेत्रमा विश्वकै दुलर्भ जनवार हिउँ चितुवाको विषेश बासस्थान मानिन्छ। हिउँ नै पग्लदै गएपछि हिउँ चितुवा संकटमा पर्न सक्ने चेम्जोङले चिन्ता पोखे। विकाससँगै शहरदेखि गाउँगाउँमा औद्योगीकरण, यातायात साधनको चाप बढेसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्ने जस्ता समस्या देखापर्न थालेको लामो समयदेखि जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ। समयमै हिउँ नपरेकाले जोखिम पनि त्यतिकै बढ्दै गएको उनको भनाइ छ।

हिमताल सुक्ने, पानीको मुहान सुक्दै जाने, वनजंगल सुक्खा हुने भएकाले वनजंगलमा डढेलो लाग्ने ठूलो सम्भावना रहेको कार्यक्रम संयोजक राईले बताए। वनजंगलमा रहने वन्यजन्तुको स्थानान्तरण हुँदै‍  जाने उनको भनाइ छ। रासस  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस