इलाम — दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्किएको लामो समयसम्म मौन रहँदै आएका तेस्रो इण्डियन आइडल प्रशान्त तामाङले अन्ततः बुधवार छुट्टै राज्यको मागमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै त्यस्तै अवस्था आइपरे यसमा खुलेर सहयोग गर्ने बताएका छन्। आफूलाई इण्डियन आइडल बनाउन एक ढिक्का भइ मरिमेट्ने दार्जिलिङबासीलाई सम्बोधन गर्दै प्रशान्तले छुट्टै राज्य कायम हुने संकेत देखा नपरेसम्म जारी आन्दोलन नरोक्न अपिल गरेका छन्।कोलकाताको कलेज स्ट्रिटमा बुधबार दार्जिलिङवासी र गोर्खाल्याण्ड आन्दोलनबारे भिडियो सन्देश दिँदै उनले आफ्नो नयाँ धारणा सार्वजनिक गरेका हुन्। क्रान्तिकारी नवजवान सभाको सोलिडारिटी बैठकपछि प्रशान्तले एक मिनेट ३८ सेकेण्ड लामो सन्देश दिएका हुन्। उक्त भिडियोलाई 'दार्जिलिङ टाइम्स'ले यु ट्युव र फेसबुकमा सार्वजनिक गरेको छ। सात वर्षदेखि आन्दोलन चलिरहँदा गोर्खाल्याण्ड मागबारे कुनै आधिकारीक धारणा सार्वजनिक नगरेका प्रशान्तमाथि दार्जिलिङबासी रुष्ट थिए।
'गोर्खाल्याण्ड हुनुपर्छ भन्नेमा म पहिला पनि थिए र अहिले पनि छु' सन्देशमा उनले भनेका छन्, 'यसमा जो जो सक्रियपूर्वक लाग्नुभएको छ, सबैलाई धन्यवाद दिन चाहान्छु।' भारतीय प्रहरीमा कार्यरत प्रशान्तले प्राविधिक कारणवश आफू आन्दोलनमा सक्रिय हुननसके पनि गोर्खाल्याण्डको मागमा मनैदेखि समर्थन गरिरहेको र हमेशा डटिरहने प्रतिवद्धता दिलाएका छन्। इण्डियन आइडल बनेर कमाएको ख्याति गोर्खाल्याण्ड आन्दोलनका पक्षमा प्रयोग गर्न तत्पर रहेको प्रशान्तको भनाई छ।
'हामीले अधिकार पाउनैपर्छ र पाउँछौं पनि' भिडियो सन्देशको अन्तिममा प्रशान्तले भनेका छन्, 'सबैजना जोश बढाउँदै एकजुट भएर लाग्नुपर्छ ।' सन् २००७ सेप्टेम्बर २३ मा तेस्रो इण्डियन आइडल भएपछि त्यसैको श्रेय लिँदै अक्टोवर ७ मा दार्जिलिङमा विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी स्थापना गरी गोर्खाल्याण्डको मागलाई चर्काउँदै आएका हुन्। यसबीचमा, प्रशान्त बेला बेला दार्जिलिङ आउजाउ गरिरहे पनि गोर्खाल्याण्डबारे चुपचाप थिए ।
'प्रशान्त तामाङ जहिलै पनि तपाइँहरुकै साथमा छ', उनले भनेका छन्- 'प्रशान्त तामाङ हराएको छैन। तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यस (आन्दोलन)मा समर्थन छैन्', उनले भनेका छन्,'म जहिले पनि यसमा छु। केही पर्यो भने म तपाईको साथमा छु।' उनले आफूलाई इन्डियन आइडलमा जिताए जसरी नै दार्जिलिङबासीले आन्दोलन सफल पार्ने विश्वास व्यक्त गरेका छन्। 'गोर्खाल्यान्ड हाम्रो हक हो', उनले भिडियोमार्फत भनेका छन्।