अभिनेत्री निधि अग्रवाललाई 'भ्यालेन्टाइन डे' मा मन्दिर उपहार
०६ फागुन २०७७
•
१ मिनेट पाठ
अभिनेत्री निधि अग्रवाललाई 'भ्यालेन्टाइन डे' मा मन्दिर उपहार
बलिउड र साउथ सिनेमामा धेरै अभिनेता र अभिनेत्रीहरू छन् जसको फ्यान फलोइङ कुनै ठूलो स्टारभन्दा कम हुँदैन। उनीहरुलाई प्रशासंकहरुले बिभिन्न तरिकाले सम्मान गरिरहेका हुन्छन्। साउथ अभिनेत्री निधि अग्रवाललाई प्रशंसकहरुले एक विशेष र धेरै फरक तरीकाले सम्झेका छन्। निधिलाई भ्यालेन्टाइन डेमा उनको नाममा मन्दिर निर्माण गरेर उपहार दिएका छन्।  

निधि अग्रवालको मूर्तिको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो तस्बिरमा अभिनेत्रीका प्रशंसकहरूले उनको मूर्तिलाई पूजा गर्दैछन् र उनीहरूले मूर्तिलाई दूध चढाइरहेका छन्। भारतिय सञ्चार माध्यमका अनुसार निधि अग्रवालको यो मन्दिर चेन्नईमा निर्माण गरिएको छ।

निधिले अंग्रेजी वेबसाइट टाइम्स अफ इण्डियासँग पनि यस मन्दिरको बारेमा कुरा गरेकी छिन्। उनले आफ्नो चलचित्र यात्राको अलावा उनको नाममा रहेको मन्दिरको बारेमा पनि कुरा गरेकी थिईन्। निधि अग्रवालले भनेकी छिन्, 'मलाई मेरा प्रशंसकहरुले दिएको उपहारले म चकित भएकी छु, मैले कल्पनासमेत गरेकी थिइनँ। म खुसी र कृतज्ञ छु कि जसले मलाई प्रेम देखाउनु भयो।'

निधि अग्रवालले पनि भनिन्, 'मलाई यो मन्दिर कहाँ छ थाहा छैन, तर यो यति निश्चित छ कि यो कतै चेन्नईमा छ। म यस क्षेत्रमा एकदम नयाँ हुँ। मैले तमिलमा दुईवटा मात्र फिल्म र तेलुगुमा केही फिल्महरूमा अभिनय गरेकी छु।'निधि अग्रवालले २०१७ मा बलिउड फिल्म 'मुन्ना माइकल' बाट अभिनय यात्रा सुरू गरेकी हुन्।

स्मरण रहोस निधि अग्रवाल पहिलो भारतीय कलाकार होइनन् जसको नाममा मन्दिर निर्माण गरियो। उनी भन्दा पहिला एमजीआर, खुशबू सुन्दर, हंसिका मोटवानी र नयनतारा जस्ता धेरै कलाकारहरूको लागि मन्दिर निर्माण गरिएको छ।

अर्को समाचार
सन् २०२३ः बलिवुडमा राज गर्ने यी हुन् ५ अभिनेत्री
१५ पौष २०८०
•
२ मिनेट पाठ
सन् २०२३ः बलिवुडमा राज गर्ने यी हुन् ५ अभिनेत्री
सन् २०२३ सकिनै लागेको छ। अबको केही घन्टा पछि सन् २०२४ अर्थात् अङ्ग्रेजी नयाँ वर्षको शुभारम्ब हुँनेछ। सन् २०२३ बलिवुडका लागि खासै उत्कृष्ट रहेन। तर, वर्षको अन्त्यतिर केही चलचित्रले बलिवुडको गम्दै गएको शानलाई जोगाउन ठूलो भूमिका निर्वाह गर्‍यो।  

हलिवुड होस् या कलिवुड अथवा बलिवुड नै किन नहोस् फिमेलभन्दा मेल क्यारेक्टरले सँधै बढी चर्चा पाउने गर्छन्। तर, सन् २०२३ मा बलिवुडका यी ५ अभिनेत्रीले राज गरेकी छन्। आफ्नो अभिनयले बलिवुडका यी पाँच अभिनेत्रीले सबैको मन मात्रै जितिनन् बलिवुड अभिनेत्रीले पनि धान्न सक्छ भन्ने सन्देश दिएकी छिन्।

यी हुन् बलिवुडका ५ अभिनेत्रीः

अदा शर्माः ‘द केरल स्टोरी’ मा मुख्य भूमिकामा रहेकी अदा शर्माले निकै चर्चा पाइन्। बक्स अफिसमा अदा शर्मा अभिनित चलचित्र ‘द केरल स्टोरी’ ले ३०० करोडभन्दा बढीको आम्दानी गर्‍यो। उनको अभिनयलाई आलोचक र दर्शकहरूले निकै सराहना गरे। अदाले राम्रो कन्टेन्ट भयो भने तपाईंभित्रको च्याम्पियनलाई बाहिर ल्याउनका लागि सहज हुने भन्ने कुरालाई पनि प्रमाणित गरिन्।  

आलिया भट्टः आलिया भट्टलाई आजको दिनमा बलिवुडमा कुनै परिचयको आवश्यकता छैन। पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले उनलाई अलग पहिचान दिएको छ। त्यसैलाई कायम राख्दै सन् २०२३ मा पनि उनले आफूलाई स्थापित गराउन सफल भइन्। बलिवुड निर्माता निर्देशक करण जोहरको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा फरक ढङ्गले प्रस्तुत भएकी आलियालाई दर्शकले निकै मन पराए र उनको अभिनयको सराहना पनि गरियो। बलिवुड बक्स अफिसमा रणवीर सिंह र आलिया अभिनित उक्त चलचित्रले राम्रो कमाई गर्नुका साथै चर्चा पनि पायो।  

दिपिका पादुकोणः सन् २०२३ दिपिका पादुकोणका लागि पनि निकै महत्त्वपूर्ण रह्यो। दिपिकाले अभिनय गरेका पठान, जवान लगायतका चलचित्रले बलिवुडमा धमाल नै मच्चायो। वर्षको सुरुवातमा पठान र वर्षको अन्त्यतिर जवान चलचित्रमा दमदार अभिनय गरेकी दिपिकाले आफूलाई फरक रुपमा प्रस्तुत गरिन्।

करिना कपुर खानः बलिवुडकी बेबो करिना कपुर खानले यसवर्ष ओटीटी प्ल्याटफर्ममा डेब्यु गरिन्। उनको पहिलो ओटीटी डेब्यु चलचित्र ‘जाने जा’ मा उनको दमदार अभिनय देख्न पाइयो। उनले आफ्नो अभिनयबाट दर्शकलाई चलचित्र हेर्न बाध्य मात्रै बनाइनन् शानदार प्रदर्शनका लागि उत्तम विकल्प रहेको पनि प्रमाणित गरिन्।

रानी मुखर्जीः रानी मुखर्जी कुनै समयको निकै चर्चित र लोकप्रिय अभिनेत्रीमध्यकी एक हुन्। तर, पछिल्लो समय बलिवुडमा खासै सक्रिय नरहेको उनले यो वर्ष भने निकै दमदार प्रस्तुतिका साथ बलिवुडमा देखिइन्। एनले अभिनय गरेको ‘मिसेज चटर्जी भर्सेज नर्वे’ नामक चलचित्रमा उनको अभिनयले उनलाई एकपटक फेरि ठूलो सफलता दिलायो। चलचित्रमा उनको अभिनय निकै सराहनीय थियो भने दर्शकले पनि निकै मन पराए।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस