कथाको उतारचढावसँगै दर्शकको ध्यान छचल्किनसक्छ। सुन्दर दृश्यहरुमा दर्शकका आँखा टल्किन सक्छन्। आकर्षक कलाकारहरुका हाउभाउले उनीहरु सम्मोहित हुनसक्छन्। साढे दुई घन्टा बितेको पत्तै हुँदैन। दर्शकले सजिलै प्रतिक्रिया दिइहाल्छ, 'फिल्म राम्रो लाग्यो।' फिल्मलाई मन पराउन वा नपराउन सजिलो भए पनि त्यसको व्याख्या गर्न सजिलो छैन। कथा कसरी रोचक हुन्छ, दृश्यहरु किन सुन्दर बने र कलाकारको अभिनय के कारण राम्रो भयो? 'टेक्निकली' वर्णन गर्ने 'स्किल' सबै दर्शकमा हुँदैन।कुनै फिल्मले आनन्द दिन्छ त कुनैले मानसिक यातना। यसो हुनुको कारण के हो? कुन फिल्मलाई कुन परिवेशमा राम्रो मान्ने वा नमान्ने? यस्ता जिज्ञासाको तर्क समीक्षकले दिनसक्छ। पाठक र दर्शकका लागि धेरै हदसम्म फिल्म समीक्षकले 'वैचारिक अगुवा'को भूमिका निर्वाह गरिरहेको हुन्छ।
फिल्म निर्देशकले प्रयोग गरेका विम्ब, संरचना, शैली र दर्शनसँग सामान्य दर्शक परिचित नहुन सक्छ। फिल्म निर्देशकको 'क्राफ्ट' र उसको फिल्मको कलात्मक विवेचना गर्ने जिम्मेवारी समीक्षकको हो। फिल्मलाई गहिराइमा बुझेर असली सन्तुष्टि लिन र हरेक विषयलाई तर्कसंगत ढंगमा सोच्न समीक्षकले पाठकलाई प्रेरित गर्छ।
नेपालमा पटकपटक धेरै फिल्मकर्मीले आफ्ना फिल्मलाई इतिहासकै सर्वोत्कृष्ट, मौलिक र कलात्मक भनेर दाबी गर्दै आएका छन्। अन्तर्राष्ट्रिय स्तरकै फिल्म बनाएको भन्दै ढोल पिटाउन लाज मान्दैनन् उनीहरु। यस्तो भ्रम र झुठो 'खेतीपाती'को भण्डाफोर गर्ने कर्तव्य पनि फिल्म समीक्षककै हो।
समीक्षकको मिसन भनेको राम्रा फिल्म निर्माण हुने माहौल बनाउनु र दर्शकलाई त्यस्ता फिल्मतर्फ आकर्षित गराउनु हो। यसले कुनै पनि फिल्म उद्योगको 'क्रियटिभ हाइट' वृद्धि गर्नसक्छ। समीक्षक सधैं प्रगतिशील हुन्छ। कुनै एक निर्देशकको काम वा समग्र उद्योगकै छविमा सुधार भइरहेको छ कि छैन, उसले चासो राख्छ।
कुनै पनि समाजमा कलात्मक फिल्म बन्ने र बाँच्ने सम्भावना तब रहन्छ, जब त्यहाँको 'फिल्म लिटरेसी' सन्तोषजनक हुन्छ। नेपालमा पछिल्लो एक दशकमा दर्शकको फिल्म लिटरेसी जति बढेको छ, त्यति फिल्मकर्मीको बढेको देखिँदैन। फिल्मको कलात्मकता बुझ्ने मामिलामा धेरैे नेपाली फिल्मकर्मी दर्शकभन्दा कमजोर छन्। तैपनि बहुसंख्यक दर्शकको 'फिल्म लिटरेसी' अझै पनि चित्तबुझ्दो विन्दुमा उक्लिसकेको छैन। दर्शकलाई फिल्मसँग साक्षर बनाउने अभियानमा नै हुन्छन् असल फिल्म समीक्षकहरु।
यथास्थितिवादी फिल्मकर्मी चाहिँ समय अनुसार आफ्नो शैली, सीप र दर्शनलाई तिखार्दैनन्। आफ्नै मानसिक घेरामा खुम्चिएर बस्छन्। अध्ययन, एक्सपोजर र मिहेनतको कमीले उनीहरुका फिल्म 'आउटडेटेड' महसुस हुन्छ। समीक्षकसँग वादविवाद गर्नेमा यस्तै फिल्मकर्मीको घनत्व बढी छ।
कतिपय नेपाली फिल्मकर्मी फिल्म बनाउनुअघि नै समीक्षकको कलमसँग तर्सिन्छन्। कसले कस्तो समीक्षा लेख्ला भन्ने चिन्ता फिल्म रिलिजको समयमा अत्यधिक चुलिन्छ। जबकि समीक्षकले कसरी कलम घुमाउँला भनेर टाउको दुखाउनुभन्दा फिल्म खिच्ने बेला क्यामेरा राम्रोसँग घुमाएमा फाइदा हुन्छ।
नेपालमा अधिकांश फिल्मकर्मीले समीक्षकलाई शत्रुको व्यवहार गर्छन्। समीक्षक शत्रु नै हो, तर सिर्फ खराब फिल्मको। फिल्मकर्मी वा व्यक्तिलाई समीक्षकले मित्र वा शत्रु कहिल्यै ठान्दैन। किनभने सबै फिल्मकर्मीले सधैं राम्रो वा खराब फिल्म बनाउँछ भन्ने ग्यारेन्टी हुँदैन। राम्रो फिल्म बनाउँदा प्रशंसा कमाउने फिल्मकर्मी नराम्रो फिल्म बनाउँदा आलोचित अवश्य हुन्छ। महŒवपूर्ण कुरा, नराम्रो फिल्मलाई ताली र राम्रो फिल्मलाई गाली दिनु सम्बन्धित फिल्मकर्मी र उद्योगकै लागि घातक हो।
आफूलाई सुधार्न चाहने फिल्मकर्मीहरु समीक्षा वा आलोचनालाई आत्मसात गर्दै सहज रुपमा अघि बढ्छन्। तर नेपालमा आफ्नो कमजोरी नस्विकार्ने फिल्मकर्मीकै बिगबिगी छ। उनीहरु समीक्षकप्रति आक्रोशित हुन्छन्।
फिल्मकर्मीले के बिर्सन हुँदैन भने हरेक समीक्षक दर्शक र हरेक दर्शक समीक्षक हुन्। समीक्षक र दर्शक दुवैलाई फिल्म हेरिदिएकोमा सम्मान गर्न ऊ बाध्य हुनुपर्छ। एउटा फिल्मको लागि तीन घन्टा छुट्याउनु अहिलेको व्यस्त जमानामा सानोतिनो त्याग नै हो।
हिजोआज हरेक दर्शकसँग 'समीक्षा' गर्नलाई सजिलो माध्यम उपलब्ध छन्, फेसबुक, ट्वीटर र ब्लग। यी माध्यमबाट साधारण दर्शकले पनि बेलाबेला अराजक समीक्षा गरिरहेका हुन्छन्। यस्ता 'सिटिजन क्रिटिक्स'को प्रभावकारितालाई कम आँक्न मिल्दैन। किनभने पत्रिकाका समीक्षकभन्दा आफ्नै साथीको 'कमेन्ट' विश्वास गरेर फिल्म हेर्ने व्यक्तिगत दर्शकको जमात ठूलो छ।
फिल्म समीक्षकले साँच्ची नै तर्कहीन वा अपरिपक्व टिप्पणी गरेको छ भने उसको हुर्मत लिनुको सट्टा चलचित्र विकास बोर्ड वा पत्रकारितासम्बन्धी संस्थाहरुलाई 'फिल्म समीक्षा कार्यशाला' गर्न सुझाव दिनु बढी रचनात्मक हुन्छ।
फिल्मको कलात्मकतासँग जानकार नभएका र दृश्यभाषा नबुझ्ने समीक्षकहरु पनि नेपालमा छन्। फिल्म समीक्षकलाई सक्षम बनाउने र समीक्षाको कल्चर स्थापना गर्ने दायित्व फिल्मकर्मीको पनि हो। तर, समीक्षाको कमजोरी पत्ता लगाउन फिल्मकर्मीले आफ्नो बुझाइको स्तर समीक्षकको भन्दा अग्रगामी बनाउनैपर्छ।
फिल्म मात्र नभई कुनै पनि 'कल्चरल प्रोडक्ट'को व्यापारिक सफलतामा समीक्षाको कस्तो प्रभाव रहन्छ? सधैं बहस चल्दै आएको छ। नेपालमा समीक्षकले मन पराएका फिल्महरु व्यापारिक रुपमा सधैं सफल भएका छैनन्। त्यस्तै समीक्षकबाट आलोचित फिल्महरु व्यापारमा सफल भएका नजीर पनि थुप्रै छ। कुनैकुनै बेला समीक्षकले एउटा 'क्लास'का दर्शकलाई मात्र कम्युनिकेट गरिरहेको हुनसक्छ।
सत्य हो, फिल्मको व्यापार समीक्षामा मात्र निर्भर रहँदैन। कलाकार, निर्देशक, विषयवस्तु र प्रचारप्रसारले पनि फिल्मको व्यापारमा ठूलो फाइदा वा बेफाइदा निम्त्याउँछ। कतिपय प्रसंगमा 'हेभी पब्लिसिटी'ले समीक्षकको टिप्पणीलाई ओझेल पारिदिनसक्छ। समीक्षा पढेर फिल्म हेर्ने वा फिल्मलाई गम्भीर विधाको रुपमा लिने दर्शकको अल्पमत उपस्थितिले यस्तो भएको हो।
तर, यी सब अल्पकालीन व्यापारसँग सम्बन्धित छन्। अझ विशेषगरी सप्ताहन्तका तीन दिनमात्र। दीर्घकालीन व्यापार चलाउन चाहिँ फिल्मलाई समीक्षकको 'ग्रेडिङ' आवश्यक पर्छ। समीक्षकले धेरै 'तारा' दिएका फिल्मको व्यापार दीर्घकालीन मात्र होइन सदाबहार पनि हुनसक्छ। सन् १९५५ मा बनेको सत्यजित रेको बंगाली फिल्म 'पाथेर पाञ्चाली' अहिले पनि पुरानो भएको छैन। फिल्म कलेज, कार्यशाला, महोत्सव कहीँ न कहीँ यो प्रदर्शन भइरहेकै छ। जबकि अर्बौं कमाउने फिल्महरु हलबाट उत्रेपछि गुमनाम छन्।
फिल्म समीक्षकप्रति निर्देशक सत्यजितको कस्तो धारणा छ, 'चलचित्र कल और आज' किताबमा छर्लङ्ग हुन्छ। 'सरल फिल्म दर्शकले सजिलै बुझ्नसक्छ तर जटिल फिल्मको गुणविशेषता बुझाउन समीक्षकले शिक्षककै भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ,' सत्यजितले लेखेका छन्।
समीक्षकले 'फिल्म चल्छ कि चल्दैन' ठोकुवा गर्न भने सक्दैन। उक्त किताबमा समावेश एउटा दृष्टान्तले यो पुष्टि गर्छ। न्युयोर्क टाइम्सका समीक्षक बजली क्राउदरले 'पाथेर पाञ्चाली' पाश्चात्य समाजका लागि रुचिकर नहुनसक्छ भन्ने लेखेका थिए। तर, उक्त फिल्म न्युयोर्कमै २४ हप्ता चलेको थियो।