सन्तोष रिमाल, काठमाडौं, पुस २ -फिल्म र म्युजिक भिडियोमा ग्ल्यामर छवि बनाएकी निशा अधिकारी 'सुनगाभा'मा बिलकुल भिन्न देखिइन्। केही दिनअघि फिल्मको विशेष प्रदर्शनीमा दर्शकले उनलाई वास्तविक 'लेस्बियन' देखिएको प्रतिक्रिया दिएपछि उनी खुसी भइन्। फिल्ममा समलिंगी युवतीको भूमिका निर्वाह गर्न आफूले गरेको मिहेनत सुनाउँदा उनी गर्व गरिहेकी थिइन्।
'मैले समलिंगीबारे सक्दो अध्ययन गरेँ, उनीहरुसँग संगत गरेँ, त्यसैले आफूलाई पनि उनीहरुजस्तै देखाउन सकेकी हुँ,' उनले सुनाइन्, 'अरुबेला गर्नेजस्तो मेकअप गरिनँ। पहिरन, गहना र कपालमा विशेष हेक्का पुर्याएँ। सुटिङभर थ्रेडिङसमेत गरिनँ।' फिल्मका एक सहायक निर्देशक समलिंगी महिला नै भएकीले निशालाई जीवन्त अभिनय गर्न सजिलो भयो।
फिल्म 'उमा'की अभिनेत्री ऋचा शर्माको अनुभव निशासँग मिल्दोजुल्दो छ। छिरिङरितार शेर्पाको यस फिल्ममा छापामार युवतीको भूमिका पाएपछि उनलाई आपत पर्यो, कहिल्यै नजिकबाट नचिनेको चरित्र कसरी निर्वाह गर्ने? ऋचाले जुक्ति लगाइन्, 'पूर्व छापामार युवतीसँग भेटेँ। उनीहरुका आनीबानी, चालचलन सबै बुझेर फिल्ममा त्यही उतार्ने जमर्को गरियो।' उनले छापामारको करामत देखएको फिल्मको सुटिङ भर्खरै सकिएको छ।
अभिनेत्री प्रियंका कार्कीले फिल्म 'झोले'मा यौनकर्मीको भूमिका पाइन्। त्यसलाई न्याय गर्न ठमेलका 'अखडा' चाहारिन्।
दर्शकको चेतनामा वृद्धि भएपछि कलाकारले पनि आफ्नो प्रस्तुतिमा मिहेनत गर्न थालेको संकेत यसलाई मान्न सकिन्छ। समाजसँग मेल नखाने कथा र पात्रप्रति दर्शकको वितृष्णा निरन्तर बढ्दो छ। हरेक हप्ता फिल्म फ्लप हुनुको कारण यो पनि हो। जमाना अनुसारका फिल्म नखेलेकाले कुनै बेलाका 'स्टार'हरु अहिले ओझेल परेका छन्। कुनैबेला 'समाजले हाम्रो सिको गर्छ' भन्ने विश्वास गर्थे उनीहरु। तर, अहिले उनीहरुको यो विश्वास डगमगाएको छ।
अभिनेता राजेश हमाल धेरै फिल्ममा प्रहरी अधिकृतको भूमिकामा देखिए। तर, उनको कपाल कहिल्यै पुलिसको जस्तो देखिएन। उनको 'ट्रेडमार्क' बनेको कपाल कटाउने हिम्मत कुनै निर्देशकमा पलाएन।
'एक्सन हिरो'को अधिपत्य जमाउन्जेल बिराज भट्ट अरुको कुटाइ खान तयार भएनन्। पर्दामा उनको आगमन कुट्नका लागि मात्र हुन्थ्यो। तर, कपाल पालेका प्रहरी अधिकृत (राजेश), कहिल्यै कुटाइ नखाने वीर (बिराज) र बुढ्यौलीमा पनि 'लभरब्वाई' बन्न चाहने (भुवन केसी) हिरोहरुलाई दर्शकले अवकास दिए।