मुम्बई, मंसिर ३० (एजेन्सी) - एक महिनाअघि एकै दिन फिल्म रिलिज भएपछि शाहरुख खान र अजय देवगानबीच चिसो बढेको खबर फैलिएको थियो। शाहरुख खानको जव तक है जान र अजय देवगनको सन अफ सर्दारबीच हलमाथि नियन्त्रणको चर्को विवाद चलेको थियो। तर, विवादको केन्द्रमा रहेका यी दुबै हिरो एउटै फिल्ममा देखिने भएका छन्। र, त्यो फिल्म हो - चेन्नई एक्सप्रेस।त्यसो त शाहरुखले सधै अजयको फिल्मलाई सपोर्ट गर्दै आएका हुन्। अजयकी पत्नीो काजोल शाहरुख खानसँग सबैभन्दा सुहाएकी हिरोइनका रुपमा परिचित छिन्। शाहरुखको फिल्म चेन्नई एक्सप्रेसमा शाहरुख र अजयलाई एकैसाथ ल्याउन लागेका हुन् निर्देशक रोहित सेट्टीले। यसअघि बनाएका सबै फिल्ममा अजय देवगानलाई हिरो बनाएका रोहितले चेन्नई एक्सप्रेसमा मुख्य भूमिका शाहरुखलाई दिएपछि बजारमा फरकखाले चर्चा चलेको थियो। अर्कोतिर अजयको सम्वन्ध शाहरुखकको विरोधीकारुपमा चित्रित सलमान खानसँग बढ्न थालेको थियो। सन अफ सर्दारमा सलमानले अजयको साथसमेत दिएका थिए। त्यसैका आधारमा
अर्को समाचार
शाहरुखकको चेन्नई एक्सप्रेसमा अजयको साथ तयारीमा सन्नी लिओन
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।
आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।
‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।
उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।

यो पनि पढौँ
ट्रेन्डिङ