आमिर खानकी छोरीले १४ वर्षको हुँदा आफन्तबाटै यौन शोषण भएको खुलासा गरेपछि सबै छक्क (भिडियो)
१८ कार्तिक २०७७
•
१ मिनेट पाठ
आमिर खानकी छोरीले १४ वर्षको हुँदा आफन्तबाटै यौन शोषण भएको खुलासा गरेपछि सबै छक्क (भिडियो)
आमिर खानकी छोरी इरा खान
बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले सबैलाई अचम्म पार्ने एउटा घटना सार्वजनिक गरेकी छन्।  

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै इराले आफू १४ वर्षको हुँदा चिनजानकै एक व्यक्तिले बारम्बार यौन शोषण गरेको खुलासा गरेकी हुन्।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार गत अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवसका दिन उनले आफू डिप्रेसनमा परेको बताएकी थिइन्। त्यसपछि मानिसले उनलाई त्यसको कारणबारे सोधिरहेका थिए।

त्यही क्रममा उनले इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै आफ्नो जीवनमा भएको त्यो पीडादायी घटना सुनाएकी हुन्।  

‘जतिबेला म भर्खर १४ वर्षकी थिएँ, ममाथि यौन दुर्व्यवहार गरिएको थियो,’ भिडियोमा इरा खानले भनेकी छन्, ‘त्यो निकै आश्चर्यजनक घटना थियो। मलाई नै थाहा थिएन कि ममाथि के भइरहेको छ? तर जसले मलाई त्यस्तो व्यवहार गरिरहेको थियो, त्यो चिनजानकै व्यक्ति थियो।’

‘तर मलाई थाहा थिएन कि यो सही वा गलत? जब म यस्तो व्यवहार गलत हो भन्ने कुरा बुझ्ने भएँ, तब उसलाई मैले आफ्नो जीवनबाट अलग गरें,’ उनले अगाडि भनेकी छन्, ‘कहिलेकाहीं म आफैंले आफूलाई सोध्छु– म किन त्यति बेवकूफ बनेछु र ममाथि त्यस्तो व्यवहार हुन दिइरहें। तर पनि त्यो घटनाले मलाई अहिले सताइरहेको छैन। यसर्थ म डिप्रेसनमा पर्नुको कारण थाहा छैन।’

इरा खानको भिडियो सन्देश सुन्न यहाँ क्लिक गर्नुहोस्।  

अर्को समाचार
५९ वर्ष पुगे आमिर खान
०१ चैत्र २०८०
•
१ मिनेट पाठ
५९ वर्ष पुगे आमिर खान
भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।

८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन्। जसमा धेरै हिट छन्।

सन् २०१६ मा रिलिज भएको ‘दंगल’ अझै पनि भारत र हिन्दी भाषामा सबैभन्दा धेरै कमाउनेमध्येको एक फिल्म हो। आमिरले कुनै अवार्ड लिएका छैनन्। यदि उनलाई अवार्ड दिइयो भने पनि अवार्ड अस्वीकार गर्छन्।

बलिउड कलाकारहरू अवार्ड समारोहमा आफ्नो प्रस्तुति दिएर महँगो पारिश्रमिक लिन्छन् तर आमिर भने कुनै अवार्ड समारोहमा सहभागी हुँदैनन्। पछिल्लो समय उनी सन् १९९५ मा फिल्मफेयर अवार्ड समारोहमा सहभागी भएका थिए।

१४ मार्च १९६५ मा बम्बई (अहिले मुम्बई) मा जन्मेका आमिरका पिता ताहिर हुसैन एक प्रसिद्ध फिल्म निर्माता थिए। काका नासिर हुसैन एक प्रसिद्ध निर्देशक थिए। चार दाजुभाइमध्ये जेठा आमिरको पूरा नाम मोहम्मद आमिर हुसैन खान हो। उनी स्वतन्त्रता सेनानी मौलाना आजाद र भारतका तेस्रो राष्ट्रपति जाकिर हुसैनका सन्तान हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस