ग्ल्यामरस सुपरमोडल हेइडी क्लम पुनः गर्भवती भएको उनका गायक पति सीलले पुष्टि गरेका छन्। यसअघि उनले दुई सन्तान जन्माइसकेकी छिन्। उनी गर्भवती भएको हल्ला यो साताभर चर्चामा थियो। न्युयोर्कमा शनिबार राति उनका पतिले यो खबरको पुष्टि गरेका हुन्। हेइडी र सिलका दुई सन्तान तीन वर्षका हेनरी र दुई वर्षका जोन छन्।
त्यसैगरी पूर्वपति फर्मूला वन बोस फ्लेभियो ब्रायटोरबाट अर्की एक चार वर्षीया छोरी लेनी पनि रहेका छन्।