कोरोनाको बढ्दो संक्रमणका कारण भक्तपुरको बोडेमा नाचिने नीलबाराही नाच रातिको समयमा मात्र नाच्न थालिएको छ। विगतमा मध्यरातदेखि मध्यान्न सम्म नाचिन्थ्यो।
तान्त्रिक विधिमा आधारित नाच अहिले बेलुका १० बजेदेखि विहान ५ बजेसम्म मात्र नाचिन्छ। बुधबार रातिदेखि सुरु भएर आइतबारसम्म चल्ने नाच हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरात्रीबाट सुरु गरिने परम्परा छ। नाचमा १९ जना देवताको स्वरुप सहभागी हुन्छन्। यस पटक भने ५ देवता विरामी भएकाले १४ जना मात्र नाच्दै छन्।
कोरोना भाइरसको संक्रमणको डर भएकाले रातको समयमा मात्र नाच चलाउनु परेको स्थानीय हरिभक्त भिन्डवाले जानकारी दिए। ‘दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेको भिड लाग्ने भएकाले राती मात्र नाचिएको हो’, उनले भने।
परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको आकर्षक तालमा नाचिने नृत्य हेर्न रातमा समेत स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ। आयोजकले सर्वसाधरणको जमघटलाई घटाउन नसकेपछि मास्क बाँडिएको थियो।
परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको आकर्षक तालमा नाचिने नीलवाराही नृत्य हेर्न रातमा पनि स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ।
करिब ५ सय वर्ष पुरानो यो नाच पहिलापहिला रातमा मात्र देखाइन्थ्यो। अन्य ठाउँकाले समते हेरुन् भनेर पछिल्लो समय दिउँसो पनि नाच्ने गरिएको थियो।
‘अहिले भिड गर्नेभन्दा पनि संस्कृतीको रक्षा गर्ने तर्फमात्र केन्द्रित भयौ,’ हरिभक्तले भने, ‘रातमा पनि सोचे भन्दा बढी मानिस जम्मा भए।’
नीलबाराही नाच नाच्न सजिलो छैन। देवता बन्नेले नाच अवधिभर मौन रहनु पर्छ, बोल्नु हुँदैन। केही कुरा भन्नु परे इशारा गरिन्छ। ताल र धुनमा मस्त रहने उनीहरूलाई नाच अवधीभर आफन्तले सामान्य सहयोग गर्छन्।
दैनिक १० घण्टाभन्दा बढी नाचिरहनुपर्ने अवधिभर खान, बस्न, बोल्न तथा दिशापिसाब गर्न नुहने नियम छ। यो नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भागुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।
आयोजक द चाँदबाग स्कुलका दुवै टोली आइतबार दोस्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा विजयी भएका छन्।
बाँसबारीस्थित घरेलु कोर्टमा चाँदबाग ‘ए’ ले काष्ठमण्डपलाई १४–७ तथा चाँदबाग ‘बी’ ले बाल दीक्षा सदनलाई ८–६ ले पराजित गरे। सोही स्पर्धामा रिब्सले बौद्ध इन्टरनेसनल स्कुललाई १४–४ तथा बौद्ध चिल्ड्रेन हेभनले क्याम्पियनलाई २४–२ ले हराए।
यु–१२ ब्वाइज बास्केटबलमा बालदीक्षाले काष्ठमण्डपलाई ६–०, होली भिजनले जेभियर इन्टरनेसनललाई ७–५, ज्ञानोदयले चाँदबागलाई ४–३ र प्यारागनले बौद्ध इन्टरनेसनललाई २०–४ ले पाखा लगाए।
यु–१२ ब्वाइज फुटबलमा चाँदबागले अनमोल ज्योतिलाई ५–२, जेभियर इन्टरनेसनलले बाल दीक्षालाई ४–०, बोधीसदनले गुह्येश्वरीलाई ३–१ र रिब्सले एलआरआईलाई ३–० ले पन्छाए। लिटिल वन्डर्स र थ्री स्टारले १–१ गोलको बराबरी खेले।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरे। बास्केटबलको ब्वाइज÷गल्र्समा समान १२–१२ तथा ब्वाइज फुटबलमा २२ टोली सहभागी छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...