लक्ष्य
१७ साउन २०७७
•
७ मिनेट पाठ
लक्ष्य

शिखा श्रेष्ठ

कक्षा– ९, बाशु स्कुल भक्तपुर ।




एउटा शहरमा एक धनी परिवार बस्दथे । त्यो परिवार एकदम सुखी र दयालु थिए । परिवारमा सोनिका नाम गरेकी एउटी छोरी थिइन् । उनको साथमा आमाबाबु र दाइ थिए । सोनिका स्कुलमा पढ्दथिन् । उनको बाबुआमा ठूला घरानिया व्यापारी थिए । उसको दाइ कलेजमा  कमर्श लिएर पढ्दै थिए ।  सोनिकाको पढाइ त्यति राम्रो थिएन । तर धेरै कमजोर विद्यार्थी पनि थिइनन् । सबै विषयमा उनी राम्रैसँग मेहेनत गरी पढ्थिन् । गणित विषयमा भने उनी कमजोर थिइन् । सोही विषयका कारण उनी कक्षामा सधैं पछि पर्थिन् । गणित विषयमा कमजोर भएकीले परिक्षाफल आउँदा सबै विषयमा राम्रो अङ्क आए पनि गणित विषयमा बिग्रन्थ्यो ।

पढाइमा अलि कमजोर भए पनि उनको अरू क्रियाकलापमा ट्यालेन्ट थिइन् । नाच्न, गाउन र ड्रामामा भाग लिने गर्थिन् । विद्यालयमै उनी सबैभन्दा राम्री पनि थिइन् । उनी विद्यालयको सबै नियम पालना गर्दथिन् । अनुशासनमा बस्दथिन् । विद्यालयमा अनुशासित विद्यार्थीका नाम लिनु परयो भने सोनिकाकै नाम अगाडि आउँथ्यो । उनको समझदारी देखेर विद्यालयका शिक्षकहरू पनि छक्क पर्दथे । उनी विद्यालयकै ज्ञानी विद्यार्थी थिइन् । उनलाई विद्यालयका सबैजना शिक्षक शिक्षिकाले विश्वास गर्नुहुन्थ्यो । विद्यालयका धेरैजसो विद्यार्थीहरू सोनिकालाई साथी बनाएर उनको अनुशासित बानीको अनुशरण गर्थे । सोनिकाले धेरै मेहेनत गर्दथिन् तर गणित विषय उसलाई निकै अप्ठेरो विषय लाग्दथ्यो । त्यसैले उनी राम्रो अंक ल्याएर पनि कक्षामा प्रथम हुन सकेकी थिइनन् ।
उनी विद्यालय पढ्न थालेपछि ६ कक्षासम्म प्रथम भएकी थिइन् । तर ७ कक्षादेखि उनी प्रथम हुन छाडिन् । सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । सोनिकाले पनि सानैमा सोचेको थियो, ऊ कलाकार बन्ने । उनी रूपमा पनि राम्री थिइन् । अन्य क्रियाकलापमा पनि उनी ट्यालेन्ट थिइन् । उनी मिस नेपाल हुँदै मिस वल्र्ड बन्ने सपना सजाउँथिन् । मिस वल्र्डको ताज पहिरेर उनी कालाकारितामा प्रवेश गरेर नायिका बन्न चाहान्थिन् ।

एकदिन उसको बुबाले सानिकालाई बोलाएर भन्नुभयो, ‘म यो शहरको ठूलो विजनेस म्यान । तिमी ठूलो विजनेश म्यानको छोरी । ‘छोरी’ तिमीलाई म विजनेसम्यान बनाउन चाहन्छु तर तिमी गणित विषयमै कमजोर छौं । यसरी त मेरो सपना कसरी पूरा हुन्छ र ! यसरी भएन छोरी ।

सोनिकाले बुबाको कुरा सुनेर रिसाउँदै भनिन्, ‘बाबा, तपाइँलाई कतिपटक भनिसकें, म विजनेश म्यान होइन कलाकार बन्न चाहन्छु भनेर । धेरैजसो सफल नायकनायिका आफ्ना बाबुआमाकै कारण कलाकारितामा छन् । उनीहरूले बाबुआमाको साथ पाएका छन् । तर हजुर भने जहिल्यै विजनेश म्यान बन्न भन्नुहुन्छ । मलाई थाहा छ म गणित विषयमा कमजोर छु । राम्रो पनि गर्न सकिएला । तर मेरो चाहना भने कलाकार बन्नु हो बाबा । र, म अभिनेत्री बनेरै छाड्नेछु ।  मानीसले कुनै पनि लक्ष्य मनबाट लिएको छ भने त्यहाँ अवश्य पुगिन्छ । म कालाकार बन्छु भनेर मैले बच्चैमा प्रण गरेकी छु । त्यसैले मेरो लक्ष्य बदल्न सक्दिनँ बाबा । कुनै पनि हालतमा म कलाकार बनेरै छाड्छु ।’ 

छोरीको कुरा सुनेर सोनिकाको बुबाले रिसाएर भन्नुभयो, ‘तिमी आफ्नो भविष्यको निर्णय गर्ने भइसक्यौं ? बच्चामा तिमीले देखेको सपना कसरी परिपक्व हुन सक्दछ ? तिमीले आँखाले देख्दैमा सबै सपना सुन्दर हुँदैनन् । र त्यहाँ पुग्न धेरै काँडाका बाटाहरू हिंड्नुपर्ने पनि हुनसक्छ । अहिलेसम्म हाम्रो परिवारमा कलाकारिता पेसामा कोही पनि छैनन् । फेरि कलाकारिता पेसा तिमीले सोचेको जस्तो सजिलो विषय हुँदै होइन । ’

बुबाको कुरा पुरा नहुँदै सोनिका बोलिन्, ‘यो क्षेत्रमा आफ्नो कोही परिवारका सदस्य छैनन् भनेर अब मैले पनि आफ्नो लक्ष्य बदल्नु ? के आफ्नो परिवारले गरेकै काम मात्र आफ्नो सन्ततीले गर्नुपर्ने हो ? केही फरक त गर्न पाउनुपर्छ नि । आफ्नो जीवनको लक्ष्य आफैले लिनुपर्छ । अरूको लक्ष्यमा हिंडेर गन्तव्यमा पुग्न सकिन्न । अरूको लक्ष्यमा हिंड्दा त्यो त अरूलेको लक्ष्यअनुसार चलेको ठहरिन्छ । कुनै पनि मानिसको लक्ष्य भनेको आफैले बनाउनुपर्छ । तब मात्र गन्तव्यमा पुग्न सकिन्छ । आफ्नो भविष्य आफै बनाउनुपर्छ । कलाकारिता पेसाका लागि ममा के कमी छ र बाबा ? म नाच्न जान्छु । राम्री पनि छु । गाउन, पढ्न अभिनय गर्न सकिहाल्छु । अझै म त सम्पन्न बाबु आमाको छोरी हुँ । म मेहेनत गर्छु ।  मेहेनत गरेपछि सबैको साथ पाएँ भने म एउटी सफल कलाकार बन्न सक्छु भन्ने आत्मविश्वास छ मसँग ।

बाबुले भन्नुभयो, ‘तिमी किन कलाकारिता गर्न चाहान्छौं भन त ? त्यहाँबाट कमाउनेभन्दा बढी कमाइ हाम्रै विजनेसबाट हुन्छ । बरू मेरै विजनेस सम्हाल ।

बुबाको कुरा सु्नेर सोनिकालाई रिस उठ्यो । तर उनले संयमपूर्ण भएर बुबालाई भनिन्, ‘बुबा हजुरको विजनेस दादाले पनि सम्हाल्नुहुन्छ । उहाँ आफै कर्मस पढ्दै हुनुहुन्छ । यदि दादाले मात्र सम्हाल्न नसके म पनि फुर्सदको मद्दत गर्नेनैछु । अनि रह्यो पैसा कमाउने कुरा । मैले धेरै पैसा कमाउने रहरले कलाकार बन्न खोजेको होइन । कलाकारले आम मानिसमा चलचित्रबाट चेतना फैलाउने काम गर्दछ । मानिसलाई मनोरञ्जन पनि दिलाउँछ ।  म चाहन्छु, सबै मानिसले मेरो कर्मलाई चिनून् । मलाई चिनून् र मैले मुलुक र मु्लुकबाहिर विश्वकै मानीसलाई केही न केही नयाँ कुरा कलाकारिताबाट दिन सकुँ ।  

सोनिकाको बुबा व्यापार व्यवसायमा मात्र विश्वास राख्दथे । छोरीको कलाकार बन्ने चाहना उहाँलाई मन परेको थिएन ।  त्यसैले सोनिका बुबा उनलाई साथ दिन मन्जुर भएनन् । सोनिकालाई प्रोत्साहन गर्ने घरमा कोही भएनन् । उनी आफ्नो चाहना र लक्ष्यको बारे सोच्दासोच्दै आफूले आफैलाई कमजोर महसुस गर्न थालेकी थिइन् । साथीहरूलाई मनको कुरा सुनाउँदा पनि उनलाई विश्वास गदैनथ्यो । ‘खूबै बन्छेस् कलाकार ? कलाकार हुन केके चाहिन्छ थाहा छ ? भन्दै उल्टै होच्याएर बोल्दथे । यो देखेर सोनिका निराश हुँदै गइन् । सोनिका एक्लै बस्दा पनि बर्बराउन थालिन्, ‘मलाई परिवारले पनि साथ दिएन । साथीहरू पनि होच्याएर मात्रै बोल्छन् ।’ उनले मनमनै संकल्प गरिन्, ‘म जति टुट्छु त्यति हिम्मत बढाउँदै अगाडि बढ्दै जान्छ् । जसले जे भनुन् म हिम्मत हार्दिनँ । उ एक्लै रुँदै कसैले साथ नदिए पनि कलाकार बनिछाड्ने संकल्प लियो ।  

एकदिन विद्यालयमा नेपाली टिचरले आआफ्नो लक्ष्य लेखेर सुनाउन भन्नुभयो । सोनिकाले पनि अरू साथीहरूले जस्तै आफ्नो लक्ष्यबारे लेखिन् । विद्यार्थीहरूले आफ्नो लक्ष्य पालैपालो उठेर सुनाए । सोनिकाको पालो आयो । उनले पनि आफ्नो लक्ष्यमा मिस वल्र्ड र नायिका बन्ने लक्ष्य सुनाइन् । कक्षाका सबै विद्यार्थीहरू गललल हाँस्न थाले । सोनिका आफ्नो सीटमा बसे । अरू विद्यार्थीहरूले आफ्नो लक्ष्य सुनाउँदै थिए । सोनिकाको भने आँखाबाट आँसु बग्न थालेको थियो । कक्षा सकिएपछि सबैजना हुरुरु कक्षा बाहिर निस्किए । सोनिका भने कक्षाकोठामा बसेर रोइरहिन् ।

उसले सोच्यो, ‘हत्तेरी, म किन रोइरहेकी ? यो मेरो लक्ष्य सुनेर हाँस्नेहरूको लक्ष्य होइन । यो त मेरो लक्ष्य हो । मेरो लक्ष्यमा उनीहरू हिंड्ने होइन । उनीहरू पुग्ने होइन । म आफै पुग्ने हो । मलाई मेरो लक्ष्यमा पुग्न कसैले रोक्न सक्ने छैन । अहिले मलाई साथ नदिएर के भो ? म लक्ष्यमा पुगेपछि मेरो लक्ष्य सुनेर हाँस्नेहरूलाई नै मेरो आवश्यक्ता पर्नेछ । सोनिकाले आफ्नो मन बुझायो ।

सोनिकाले कक्षा १० पनि उत्तीर्ण गरिन् । प्लसटु समाइन् । स्नातक गरिन् । उनी मिस नेपालको अडिसनमा भाग लिइन् । सबैलाई उछिनेर प्रथम भइन् । मिस नेपालमा प्रथम भएपछि उनलाई विज्ञापन र म्युजिक भिडियोमा मोडलिङको अफर आयो । चलचित्रहरूमा अभिनयको अफर आयो । सोनिका चलचित्र क्षेत्रमा भ्याइनभ्याई काम गर्न थालिन् । उनलाई मुलुकभित्र र मुलुक बाहिरका मानिसहरूले चिन्न थाले । सोही अवधिमा मिस वल्र्ड आयोजना हुने भयो । उनी आफ्नो देशको तर्फबाट मिस वल्र्डको अडिसनमा भाग लिइन् । थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै उनी छानिएर गइन् । अन्ततः उनले मिस वल्र्डको उपाधि पनि जितिन् ।
 उनलाई विश्वले चिन्न थाल्यो । मिसवल्र्ड जितेपछि उनले स्वदेश फर्कनासाथ आफ्ना परिवारसहित विद्यालय जीवनमा आफ्नो लक्ष्य सुनेर हाँसेका सबै सहपाठीलाई डाकेर ठूलो पार्टी दिइन् । उनले लक्ष्यमा पुग्न हिम्मत गरेर अगाडि बढ्यो भने सबैजना लक्ष्यमा पुग्ने बताइन् । उनले पार्टी टाइममै आफ्नो कुरा राखिन् । विगतका संघर्षका कुरा गरिन् । यो सुनेका उनका विद्यालय जीवनमा कक्षामा सोनिकाको लक्ष्य सुनेर हाँस्नेहरू पछुताए र सोनिकासँग माफी मागे । सोनिकाको बुबाले पनि छोरीलाई लक्ष्यमा पुग्न सफल भएको धन्यवाद दिइन् ।

मिस वल्र्ड बनेपछि सोनिकालाई हलिवुड बलिुवुड सिनेमाहरूमा खेल्न अफर आयो  । उनी केही समय हलिवुड र बलिवुड सिनेमामा आफ्नो प्रभाव जमाएर स्वदेशमै फर्कैर नेपाली चलचित्र र कलाकारमा लगानी गरेर समय दिन थालिन् । नेपाली चलचित्र उद्योग नयाँ शिराबाट अगाडि बढ्यो । सोनिकालाई सबैले घरपरिवारका सदस्यले जसरी माया गर्न थाले । उनले आफ्नै देशमा कलाकारिता गर्न थालिन् । नयाँ पुस्ताका  लागि सोनिका पाठ बनिन् ।  
अर्को समाचार
टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा
०९ असार २०८३
•
२ मिनेट पाठ
टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा
कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ। चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो।




नगरपालिकाले चालु आवको ११ महिनामा रु आठ करोड ६९ लाख २७ हजार ६९० राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् । शाखा प्रमुख केसीका अनुसार चालु आर्थिक वर्षमा रु नौ करोडभन्दा बढी राजस्व सङ्कलन हुनसक्ने अनुमान गरेका छन्। 

नगरपालिकाको सङ्कलन भएको राजस्वको आधा हिस्सा सम्पत्ति कर रहेको छ । सम्पत्ति करबाट रु चार करोड १२ लाख ३९ हजार ५२० राजस्व सङ्कलन भएको छ भने पर्यटन शुल्कबाट रु एक करोड ३२ लाख दुई हजार ८४० सङ्कलन गरेको छ। ‘पर्यटन शुल्क टीकापुर पार्कको हो। पार्क अवलोकन गर्न आएका पर्यटकबाट सङ्कलन भएको यो अहिलेसम्मकै ठूलो रकम हो’, उनले भने, ‘यस वर्ष पार्क प्रवेश शुल्क वृद्धि भएका कारण यति राजस्व पर्यटन शुल्कबाट सङ्कलन भएको हो।’ जेठसम्म दुई लाखभन्दा बढी पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका छन्।   

नगरपालिकाले २० वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। सरकारी सम्पत्तिको बहालबाट प्राप्त हुने आय भने नगरपालिकाको निकै घटेको छ। नगरपालिकाको भवन बाहिर रहेका सपिङ कम्प्लेक्स भवनबाट मासिक लाखौँ भाडाबापतको रकम सङ्कलन हुनुपर्ने हो। तर, जेठ महिनासम्म रु २३ लाख २६ हजार ६६१ मात्रै सङ्कलन भएको छ। जहाँ अहिलेसम्म झण्डै रु तीन करोड बक्यौता बाँकी छ।  

व्यापारी र नगरपालिकाबीच भाडाको विषयमा चलिरहेको द्वन्द्वले व्यापारीले भाडा तिर्न छोडेका छन्। सम्झौता अवधि सकिएका व्यापारीहरूसँग नगरपालिकाले नयाँ सम्झौता पनि गर्न सकेको छैन। अहिले अधिकांश व्यापारी सम्झौताबिनै सपिङ कम्प्लेक्सको सटरमा बसिरहेका छन्। 

नगरपालिकामा आन्तरिक राजस्वका अन्य थुप्रै स्रोत भए पनि त्यसको परिचालन हुन नसकेको स्थानीयको गुनासो छ। ‘बर्सेनि करको दर बढाएर राजस्वको लक्ष्य हासिल गर्नुभन्दा करका दायरा बढाउन नगरपालिका अग्रसर हुनुपर्छ’, स्थानीय मनोज रावल भन्छन्, ‘अहिले पनि हामी राजस्व तिर्न तयार छौँ, हाम्रो दर्ता र नवीकरण प्रक्रिया नगरपालिकाले सुरु गर्नुपर्ने भनेर एक हजारभन्दा बढी अटोरिक्सा प्रतीक्षामा छन् । तिनको व्यवस्थापन गर्नसके अझै राजस्व बढाउन सकिन्थ्यो।’   

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले पनि राजस्वको लक्ष्य हासिल गर्नु ठूलो कुरा नभई आवश्यकता र औचित्यका आधारमा करका राजस्व दर बाँडफाँट हुनुपर्ने बताए। 

उनले राजस्वका स्रोतको पहिचान गर्दा स्थानीयको भावनाको सम्मान गर्दै वातावरण अनुकूल दरको निर्धारण गर्दा राम्रो हुने बताए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस