अभिनेता राजेश हमालका विषयमा टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनका फ्यानले यति आलोचना गरे कि कलाकार दीपाश्री निरौला माफी नै माग्न बाध्य भइन् ।
एक टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री निरौलाले ‘राजेश हमाल महानायक हो र !’ भन्ने टिप्पणी गरेपछि उनको व्यापक आलोचना भएको हो । त्यसपछि निरौलाले फेसबुकमा लामो स्टाटस लेख्दै माफी मागेकी थिइन् ।
यसै सन्दर्भमा नायिका केकी अधिकारीले पनि फेसबुकमार्फत नै टिप्पणी गरेकी छन् । उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’
यस्तो छ उनको स्टाटसको पूर्णपाठ :
विगत केही हप्तायता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ । फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा, तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ । नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरू आउँछन्, अनि मेरो मन भतभत पोल्छ भन्नुभो।
म एकछिन् घोत्लिए अनि सोचें, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगो नि ।
गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त । अनि थाहा पाईपाई यत्रो अपराध गरिदिने ? हामीलाई त्यस्तो अनुमति छ र ? यहाँ कुनै दीपा, पूजा, वर्षालाई गल्ती गर्ने छुट छैन है । भन्देको छु नि । मान्छे बन्ने कोसिस नगर्नू ।
ल आमा, तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है । मैले त्यस्तो केही लेखेको छैन । हाम्रो समाजकै समर्थनमा लेखेकी छु । मैले मरणासन्न हुनेगरी गाली खान्नँ, होला। मेरो चरित्र जोगिन्छ होला ।
आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो।
मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले भिडियोमा पनि दुई प्रेमी र प्रेमिकाको प्रेमलाई देखाइएको छ,’ मञ्जिलले भने।
मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङर मास्टरिङ र अनिल रानाको सम्पादन रहेकाे छ। गीतको भिडियो हिमाल श्रेष्ठले खिचेका हुन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...