कलाकारले जतिसुकै अफ्ठेरोमा पनि आफ्नो कला देखाइहाल्छन्। लकडाउनका कारण साथीको फार्मतिर समय कटाउँदै आएका भक्तपुरका एक कलाकारले त्यहीं रहेको खाली भित्तालाई कलात्मक बनाइदिएका छन्।
कलाकार भुषण दुवालभक्तपुर चोछेका भुषण दुवालले करीब एक साता लगाएर साथीको घरको भित्तामा सिंगो भक्तपुर कोरिदिएका छन्। ‘यहाँ यत्तिकै बसेर समय कटाउँदै थिएँ, खाली भित्तामा आँखा प¥योे,’ उनले भने, ‘एक साता लगाएर चित्रहरूले भरिदिएँ।’
फाइन आर्टका विद्यार्थी दुवालले भित्तामा भक्तपुरका मठमन्दिर, कलासंस्कृति र जीवनशैलीलाई समायोजन गरेर आकर्षक चित्र तयार पारेको सुनाए। ‘यही भनेर हैन, मैले देखेको समग्र भक्तपुरलाई भित्तामा कोर्ने प्रयास गरेको छु,’ उनी भन्छन, ‘यसले हामीलाई खुसी बनाएको छ।’
उनका चित्रमा भक्तपुरका मूर्तिकला, काष्ठकला र वास्तुकलाका विभिन्न आयाम देखिन्छ। जात्रा, बाजा र मुखुण्डोको तालमेल भेटिन्छ। धारा, माछा, भ्यागुतासँगै केराको पात झल्कन्छ। बुद्ध, मण्डला र शिवको संगम देखिन्छ।
‘कलाकारले हरेक खाली ठाउँमा क्यानभास देख्छ,’ उनले हाँस्दै भने, ‘मैले पनि यही खाली भित्तामा ब्रसको सहाराले मनमा उब्जेका दृश्य कोरिदिएँ।’
काठमाडौँ महानगरले महानगरका विभिन्न खालि भित्ताहरूमा चित्रकलाले भर्न सुरु गरेको छ।
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ। परम्परागत भेषमा सजिएका नेवार पुरुष र महिला लगायतका चित्रहरू कोरिएको छ।
यस्ता चित्रहरू महानगरको रङ्गशाला, एयरपोर्ट, शंकरदेव, राष्ट्रिय सभागृह, भृकुटीमण्डप लगायतका स्थानहरूको भित्तामा यस्ता चित्र कोर्ने योजना रहेको चित्र कोर्दै गरेका चित्रकार विक्रम वनले बताए। यो चित्रकला कार्यक्रमको लागि महानगरले ५० लाख बजेटको कार्य सम्झौता गरेको अर्का चित्रकार डिभी भण्डारीले बताए। उनीहरूको अनुसार महानगरले चित्रकलाको लागि फाइनआटसंग सम्झौता गरेको हो।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्र सांस्कृतिक तथा धार्मिक पक्षका चित्रहरू कोर्ने निर्णय भएको हो। जस अनुसार ठाउँ अनुसार मठमन्दिरमा देवी देउताको चित्र र पार्कैतिर फुल तथा सम्पदाको चित्र कोरिने बताए। यस्ता चित्रले ट्राफिकमा कुनै असर नगर्ने दाबी गरे।
‘यस्ता चित्रकलाले ट्राफिकलाई कुनै असर गर्ने देखिँदैन’ प्रवक्ता मानन्धरले भने। उनको अनुसार यस्ता महानगरले सहरको सौन्दर्य र सांस्कृतिक पहिचान झल्काउने उद्देश्य लिएको बताए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...