प्रख्यात फुटबल खेलाडी डेभिड बेकह्याम टर्मिनेटर बनेका छन्। टर्मिनेटर हाल क्यालिफोर्नियाका गभर्नर रहेका हलिउड कलाकार आर्नोल्ड स्वार्जनेगरले अभिनय गरेको सोही नामको चलचित्रको एउटा पात्र हो। तर बेकह्यामले चलचित्रमा अभिनय गर्न लागेका भने हैनन्। ३३ वर्षीय बेकह्यामले एउटा मोबाइलको विज्ञापनका लागि यस्तो मोडलिङ गरेका हुन्। मोटोरोलाको नयाँ मोबाइलका लागि उनले गरेको मोडलिङको विज्ञापन हलिउडमा आयोजित एउटा कार्यक्रममा सार्वजनिक गरिएको थियो। कार्यक्रममा साँच्चिकैका टर्मिनेटर गभर्नर स्वार्जनेगर उपस्थित थिएनन्।