निबन्धकार कुमारी लामाको ‘दर्ज्यु संलाप’माथि पोखरामा चर्चा
३० चैत्र २०८१
•
२ मिनेट पाठ
निबन्धकार कुमारी लामाको ‘दर्ज्यु संलाप’माथि पोखरामा चर्चा
निबन्धकार कुमारी लामाको दाेस्राे निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ।




र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले ‘दर्ज्यु संलाप’ मा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जवाफ खोजिएको बताए। ‘प्रस्थान’ उपन्यासका लेखकसमेत रहेका तामाङले दर्ज्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे।

“सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र।”

नेपाली समाजको जीवन्त प्रतिविम्बका रूपमा कृति आएको भन्दै उनले कृति पठनीय रहेको विचार राखे।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा निबन्धकार कुमारी लामाले खास गरी तामाङ समुदायका विश्वासहरूलाई समेटेर निबन्ध लेखेको बताइन्। समावेशी समाजको आवाज प्रस्तुत गर्ने प्रयास गरेको बताउँदै लामाले आदिवासी सौन्दर्य चेतनाका साथै पृथ्वीमा भएका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्नुपर्ने धारणा निबन्ध मार्फत प्रस्तुत गरेको भनाइ राखिन्। रैथाने संस्कार र पर्यावरणमैत्री विकास हुनुपर्ने बताइन्। विकासका नाममा भएका मानव सभ्यतामाथिको अत्याचारलाई लेखकहरूले ध्यान दिनुपर्ने उनको विचार थियो।

कोही मातृभाषीले नेपाली भाषा शुद्ध प्रयोग गर्दा ट्रोलको सिकार बन्नुपर्ने र कोही नेपाली भाषा शुद्ध प्रयोग गर्न नसक्दा ट्रोलमा पर्नुपर्ने अवस्था आएको अनुभव समेत सुनाइन्।

यसअघि ‘उज्यालो अन्धकार’ निबन्धसङ्ग्रह ल्याइसकेकी लामाको ‘दर्ज्यु संलाप’ दोस्रो निबन्धसङ्ग्रह समाज संवार्ता, सैलानी समय र दृश्य अदृश्य गरी ३ खण्डमा १७ निबन्ध समेटिएका छन्।

संस्थाका सचिव प्रकाश अधिकारीले चलाएकाे कार्यक्रममा गौरी तमू, सुरज पौडेल, दीपक पराजुली, प्रवीण बडगामी लगायतले टिप्पणी गरेका थिए। सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बहस गर्दै आएको छ।
अर्को समाचार
चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु!
१४ असार २०८२
•
२ मिनेट पाठ
चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु!
१) मुक्तक




कसरी देश बन्छ, देश रक्षक नै गुण्डा बनेपछि,

एयरपोर्टमै गरिव जनताहरूसँग ठगी गरेपछि

चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु,

देशमा गृहमन्त्री, मन्त्री नै चोर दलाल भएपछि।

२) मुक्तक

बाँचेका छन नेता चतुर भएर, जनता गोरु भएर

भाषणमा काग, बस्छ्न् काममा लाटोकोसेरो बनेर

सत्तामा दारी फुलेका, कानको जाली फुटेका छन्

देश कसरी बन्छ युवा जति खाडी मुलकमा बेचेर।

३) मुक्तक

अभागी कर्म मेरो जसले पनि हेला मात्रै गर्छ

सानोतिनो गल्तीमा समेत वचनहरू सुन्नुपर्छ

जतिसुकै राम्रो गरे पनि सुख छैन परदेशमा

दुख खेपिरहँदा जीवन जिउन पनि मन मर्छ।

पारस भट्ट प्यासी
४) मुक्तक

सबैबाट घृणित हुन्छ इज्जत बिनाको मान्छे

कहिले सफल हुँदैन मेहेनत बिनाको मान्छे

गल्लीको कुकुर समान हुन्छ याद राख्नुस्,

थोरै पनि धनसम्पत्ति बचत बिनाको मान्छे!

५) मुक्तक

ज्वालामुखी बनेर आगो बलिरहेको छ

मलाई देखेर कसैको मन जलिरहेको छ

गाउँ, समाज, आफन्त त सब पराई भैसके

ईश्वरको आशीर्वादले जीवन चलिरहेको छ।

६) मुक्तक

जरैदेखि उखेली फालिदिनुस् भ्रष्टाचारको बोटलाई

विकास कार्यमा धुप बाल्नुहोस् सफा राख्नुहोस् मनलाई

देशका लागि सोच्ने स्मरण शक्ति सुकिसकेछ नेताजी

सधैं ठण्डा पानी पिउनुहोस् शिथिल पार्नुहोस् दिमागलाई।

७) मुक्तक

जस्तोसुकै काम गर्दा पनि मैले बन्न सकेन खास कसैको

संघर्षशील युवा हुँ र त म गर्दिनँ भराेसा, आस कसैको

पराईले साथ दियो कसरी भनू आफन्तले त लखेटेको हो

मलाई भगवानको बाहेक अचेल लाग्दैन विश्वास कसैको।

८) मुक्तक

के थाहा छ तपाईंलाई? जनतालाई किन खुसी दिन सक्दैनन्,  

उनीहरू आफैं कोही र्‍याल चुहाउँछन्, कोही उभिन सक्दैनन्।

भ्रष्टाचारी, दलाल आफैं छन्, बलात्कारी आफ्नै मान्छे छन्

त्यसैले त दोषीहरूमाथि खनिन सक्दैनन्, झम्टिन सक्दैनन्!

- पारस भट्ट प्यासी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस