कलाकार ‘पिताम्बर’ फिल्मको प्रचारप्रसारमा
०९ चैत्र २०८१
•
२ मिनेट पाठ
कलाकार ‘पिताम्बर’ फिल्मको प्रचारप्रसारमा
नयाँ वर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ। फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो?’ भन्ने चासो उत्तिकै बढाएको छ।




निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ। निर्माण टिमले फिल्मका कलाकारहरू प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा छुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता पैदा गरेको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईको निर्देशन छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बालकलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।

फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ।
अर्को समाचार
मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद
०१ जेष्ठ २०८२
•
२ मिनेट पाठ
मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद
यस पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अभुतपूर्व रह्यो।  उनले साउदी अरबसँग १९ खर्ब ४३ अर्ब १२ करोड ८० लाख रूपैयाँ तदनुसार एक सय ४२ अर्ब डलर बराबर हतियारको सौदा गरेका छन्। त्यस्तै साउदी अरबले एक सय खर्ब रूपैयाँ तदनुसार एक ट्रिलियन डलर बराबरको लगानी गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन् ।




यति मात्र होइन, उनले कतारलाई अमेरिकी विमान कम्पनी बोइङलाई २ खर्ब डलर बराबर बिजनेस दिलाएका छन्। यससँगै उनले जीवनमा पहिलो पटक लेखेको पुस्तक ‘द आर्ट अफ डिल’को खास सूत्रहरू प्रयोग गरेको केहीको दाबी छ।

उनले सो पुस्तकमा केही सुत्रहरू दिएका छन्। जस्तो कि व्यापारका मामिलामा डिल गर्दा अत्यधिक दबाब दिनु र विपक्षीलाई कमजोर बनाउनु, चर्को स्वरमा बोल्नु र आफ्ना कुरा स्थापित गर्नु हो, कुनै पनि सौदामा आफ्नो शक्ति र निर्णायकता देखाउनु, टोली नलगी वा टोलीलाई कुनै पनि कुराको श्रेय नदिई आफैं सबै कुराको निर्णय गर्नु वा एकल नेतृत्वलाई स्थापित गर्नु तथा अप्रत्यासित चालहरू चल्नुजस्ता कुराहरू उनको सो पुस्तकमा बारम्बार आइरहने रणनीतिहरू हुन्।

पछिल्लो राष्ट्रपतीय कार्यकालमा उनका यी सबै रणनीतिहरू एकपछि अर्को कार्यान्वयन भएका छन्। यी सबै सौदाबीच अहिले सबैभन्दा चर्चा भने कतारले ट्रम्पलाई दिने उपहारको भइरहेको छ।

कतारले अमेरिकी राष्ट्रपतिलाई उपहार दिन भनेर ४० करोड डलर बराबरको जेट विमान तयार पारेको छ। यो विमान अमेरिकाले एयर फोर्स वन अर्थात् राष्ट्रपतिले प्रयोग गर्न मिल्ने गरी तयार पारिँदैछ भन्ने खबर सार्वजनिक भएपछि अमेरिकी सिनेटमा यसको व्यापक बहस सुरु भएको छ।

विपक्षी डेमोक्रेटहरूले यसको विरोध त गर्ने नै भए, सत्तापक्षीय कतिपय सिनेटरहरूले समेत यसमा चासो व्यक्त गर्न थालेका छन्।

त्यसमाथि एयरफोर्स वन विशेष गुणयुक्त हवाई जहाज हो। यसमा आकाशमा उड्दै गर्दा अर्को विमानमार्फत तेल भर्न सकिने सुविधा उपलब्ध छ । त्यो क्षमता कतारी उपहारमा छ कि छैन भन्ने अझै सुनिश्चित गरिएको छैन। एयरफोर्समा एन्टी मिसायल सिस्टम समेत जडान गरिएको हुन्छ। जसका कारण कसैले एयरफोर्समा आक्रमण गरे, स्वतः यसले मिसायल वा अन्य आक्रमणहरू निस्तेज पारिदिन्छ।

अर्कोतर्फ केही सिनेटरहरूले भने कतारी उपहारमा जासुसीका अनेक उपकरण हुनसक्ने भएकाले त्यो उपहार स्वीकार गर्नु भनेको राष्ट्रमाथि हुने अनेक जासुसीका लागि सजिलो पारिदिनु पनि हो भन्दै यसको विरोध गरेका छन्। ती जासुसी उपकरणहरू पत्ता लगाउन र निकाल्न पनि महँगो विधि प्रयोग गर्नुपर्ने भएकाले उपहार ल्याएर चलाउनु हानिकारक हुने सत्तापक्षीय सिनेटर जोन थुनेले वालस्ट्रिट जर्नल अखबारलाई बताएका छन्।

अर्कोतर्फ डेमोक्य्राटहरूले त यस उपहारलाई नैतिकता र संवैधानिक अप्ठेरोसँग गाँसेर ट्रम्पलाई अप्ठेरो पारिदिएका छन्।

कतारजस्तो जेहादी मुलुकको ४०० मिलियनको महँगो उपहार आफूहरूलाई स्वीकार्य नभएको सामाजिक सञ्जालकी प्रभावशाली व्यक्तित्व लाउरा लुमरले लेखेकी छन्।

फक्स न्युजले भने राष्ट्रपति ट्रम्पले यो उपहार स्वीकार गर्ने बताएको छ। ट्रम्पले फक्ससँग भनेका छन्, ‘कतारीहरूले यो उपहारको प्रस्ताव राखेर साह्रै सुन्दर व्यवहार प्रस्तुत गरेका छन्। यो उपहार स्वीकार नगर्ने वेबकुफ हो।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस