लघुकथा समाज, नेपालले कथाकार ध्रुव सापकोटा र किशन पौडेललाई जनही एक्काइस हजार एक रुपैयाँ नगद राशि र सम्मानपत्र सहित सम्मान गरेको छ।
लघुकथा समाज, नेपालका अध्यक्ष गोपाल अश्कको अध्यक्षता र अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा स्रष्टालाई सम्मान गरिएकाे हाे।
कथाकार सापकोटा सावित्री-केशर कथा सम्मान र लघुकथाकार किशन पौडेल बाटुली- खिलध्वज लघुकथा सम्मानबाट सम्मान गरिएकाे हाे।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत कथाकारहरूलाई बधाई दिँदै विसं.२०६२ सालमा स्थापना भएको लघुकथा समाज, नेपालले थुप्रै कथा साहित्यमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरेको विषयको चर्चा गरेका थिए।
तारा केसीले सहजीकरण गरेकाे कार्यक्रममा सम्मान छनौट समितिका संयोजक प्राडा लक्ष्मणप्रसाद गौतमले स्रष्टा चयनको प्रक्रियाबारे आफ्नो विचार राखेका थिए। स्रष्टा श्रीबाबु कार्कीले पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए।