अर्थविद् शेरजंगबहादुर चन्दद्वारा लिखित पुस्तक “किज अफ हाउ टु डेभलेप नेपाल“ पुस्तक सार्वजनिक भएको छ। इन्दिगो इन्कद्वारा प्रकाशित पुस्तक नेपाललाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन आवश्यक रणनीति, नीति र उपायहरूमाथि प्रकाश पारेको छ। नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले पुस्तकको प्रकाशन गरिएको जनाइएको छ।
नेपालको दिगो विकासका लागि पुस्तकले विभिन्न महत्त्वपूर्ण विषयहरू समेटेको छ। लेखक शेरजंगबहादुर चन्दले औद्योगिक प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास, सञ्चार प्रविधिको सशक्तीकरण, सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड, अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरूलाई पुस्तकमा समावेश गरेका छन्।
सार्वजनिक पुस्तक नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ताहरू, विद्यार्थी तथा समग्र रूपमा नेपाललाई समृद्ध बनाउन चाहने सबै पाठकका लागि उपयोगी हुने विश्वास गरिएको छ। नेपालको आर्थिक विकासमा ठोस कदम चाल्न आवश्यक पर्ने सूचनाहरू पुस्तकमा समेटिएका छन्, जसले दीर्घकालीन विकासको मार्ग प्रशस्त गर्नेछ।
लेखक शेरजंगबहादुर चन्द एक अनुभवी अर्थविद् हुन्, जसले नेपालको आर्थिक नीति तथा समग्र विकास रणनीतिहरूमा विशेष अध्ययन गरेका छन्। उनको अनुभव तथा विश्लेषणको मिश्रणले यो पुस्तकलाई नेपालका लागि एक मार्गदर्शक दस्तावेज बनाएको छ। पुस्तक इन्दिगो इन्कबाट प्रकाशित छ र पाठकहरूले यसलाई देशभरका प्रमुख पुस्तक पसलहरू तथा अनलाइन मार्फत प्राप्त गर्न सक्छन्।