साम्राज्य
२५ पौष २०८१
•
१ मिनेट पाठ
साम्राज्य
‘तिमी केमा सक्षम छौ, त्यो तिमीलाई थाहा छ?’




आमाको प्रश्नले अर्जुनको आत्मा झस्कायो। बाहिरको झ्यालबाट सुमधुर हावा आइरहेको थियो तर अर्जुनको मनमा आँधी चलिरहेको थियो।

अर्जुनले निराश स्वरमा भन्यो, ‘म सक्षम छु, आमा तर यो संसार पैसा मात्र चाहन्छ।’

आमाले नजिकैको तुलसीको माटो समाउँदै भनिन्, ‘संसार तुलसी जस्तै होस् सुगन्ध फैलाउने, घामले सुकाउने तर औषधि बनाउने।’

अर्जुनले घडी हेर्दै ठूलो कम्पनीको प्रस्तावलाई इन्कार्याे। उसले गाउँमा पुस्तकालय खोल्ने निर्णय गरेको कुरालाई मूर्त रूप दिने सोच्यो।

गाउँका बालबालिकाहरू किताबमा हराउन थालेको सपना देख्यो। पुस्तकालय खालि भवन होइन, परिवर्तनको केन्द्र बन्ने निश्चय गर्‍याे।

आफू एक सफल लेखक बनेको कल्पनामा हरायो। अनि आफ्नो योजना सुनाइसकेपछि आमासँग उसले मुस्कुराउँदै भन्यो, ‘यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’

- नन्दलाल आचार्य     
अर्को समाचार
चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको
२१ साउन २०८०
•
२ मिनेट पाठ
चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको
अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले 'शान्तिपूर्ण विकास' र 'रङ क्रान्ति' को नाममा 'ह्याकरहरूको साम्राज्य' बनाएको बताएको छ।




चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारि गर्दै सिआइएले विश्वभरि “ह्याकरहरूको साम्राज्य“ नै खडा गरेको बताएको छ। यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ।  इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको–सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकील अहमद रामेले अमेरिका आफैंले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली संचालन गरिरहेको बताए।

अमेरिकाको साइबर हमलाको मुख्य निशाना चीनको साइबर नेटवर्क हो। गत महिना, अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्सले एक खुलासा गर्दै आफ्ना एजेन्सीहरुले चीनमा जासूसी नेटवर्कहरू पुनः निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको र त्यसमा प्रगति भैरहेको बताएका थिए। २०२२ मा, चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा चिन बाहिरबाट साइबर आक्रमण गरिएको थियो। यो आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी सँग सम्बद्ध साइबर–वारफेयर इन्टेलिजेन्स–भेला गर्ने एकाइ, टेलर्ड एक्सेस अपरेसन गरेको आरोप चीनले लगाउदै आएको छ।  हरिकि मिडिया टर्कीका प्रमुख टुंक आकुकले चीनमा भएको आक्रमण र भेटिएको सूचना र सुराकले अमेरिका तर्फ इशारा गरेको बताए। प्रमुख टुंक आकुकले इन्टरनेटको ग्लोबल संजाल नै अमेरिकाको नेतृत्वमा रहेको बताउनु भयो। अमेरिकाले विश्वभरि फैलिएको डाटा प्रवाहलाई नै नियन्त्रण गर्न सक्ने बताए।

यसै वर्षको अप्रिलमा पेन्टागन केहि गोप्य कागजहरुको एक सेट अनलाइनमा  लीक भएको थियो।  त्यसमा  युक्रेन, दक्षिण कोरिया र इजरायल लगायत अमेरिकाका संजालका गोप्य डाटाहरु थिए।  इन्स्टिच्युट अफ पॉलिसी स्टडीज, इस्लामाबादका वरिष्ठ अनुसन्धान फेलो तुघ्रल यामिनले अमेरिकीहरुले सधैं जासुसी मात्र गरिरहने टिप्पणी गरे। अमेरिकाको कोहि मित्र वा शत्रु हुन्न सबैको निगरानी गर्छ तुघ्रल यामिनले भने। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस