अमेरिकाको डालासमा नेपथ्यको कन्सर्टमा दर्शकको भिड
१० भदौ २०८१
•
३ मिनेट पाठ
अमेरिकाको डालासमा नेपथ्यको कन्सर्टमा दर्शकको भिड
'टिकट सबै बिक्री भइसकेको छ', कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने 'लाइभ नेसन' को साइटमा यस्तो सन्देश देखे। उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए।




आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्, 'अमेरिकाको एउटै स्थानमा एकै छतमुनि एकसाथ यति धेरै नेपाली देखेकै आज सम्मकै मेरो पहिलो अनुभव हो।'

युनिभर्सिटी अफ टेक्सासकी विद्यार्थी इशु छ वर्षको उमेरमा आफ्ना अभिभावक साथ अमेरिका आएकी हुन् जो शनिबार आमाका साथ कन्सर्ट हेर्न उपस्थित थिइन्।

'आमा मात्र होइन मामाघरको हजुरआमालाई समेत मन पर्ने ब्यान्ड हो नेपथ्य,' उनले भनिन्, 'नेपाली कार्यक्रमहरू मध्ये आजसम्मकै सबैभन्दा उत्कृष्ट अनुभव मेरो यही बन्न पुग्यो।'

निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्यान्डको नीति अनुसारै बेलुकी ठिक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घण्टासम्म चलेको थियो। गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे।

'कोशीको पानी यो जिन्दगानी', 'शिरफूल शिरैमा', 'नैनताल' र 'पचासै वर्षमा' जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, 'छेक्यो छेक्यो', 'जोमसोमे बजार', 'रेशम', 'तालको पानी' लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो। नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो। कन्सर्ट सकिएपछि पनि दर्शकहरूमा उत्साहको लहर कायमै थियो।

'मानिसहरू हरेक कुरामा पुस्तापिच्छे आउने अन्तर (जेनरेसन ग्याप) को कुरा गर्छन्,' पशुले थपिन्, 'तर, राम्रा कुराहरू कुनै कालखण्डमा नबाँधिएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुने गर्छ भन्ने कुराको प्रमाण यो कन्सर्ट बन्न पुगेको छ।'

कन्सर्ट हेर्नकै निम्ति पाँच घन्टा लामो मोटर यात्रा गरेर सान एन्टोनियोदेखि आएका रोशनलाल श्रेष्ठले आफ्नो अनुभव यसरी पोखे, 'संगीत, हलभित्रको माहोल प्रभावकारी बनाउन दृश्यहरूको प्रस्तुति, प्रत्येक क्षणको सदुपयोग, नेपथ्यका सदाबहार गीतहरूदेखि लिएर गायकले दिने मर्मस्पर्शी सन्देशसम्म सबै थोकको गजब समायोजन अनुभव गर्न पाइयो। मेरा निम्ति सिङ्गो प्रस्तुति एउटा अविस्मरणीय भव्य अनुभव बन्यो।'

कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डिसीदेखि आउने सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए। नेपथ्यको कन्सर्ट हेर्नका लागि गरिने खर्चको एक एक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्यान्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने अठोट जताए।

कन्सर्ट सकिएपछि पनि अबेरसम्म आयोजनास्थल वरपर नेपालीहरू रमाउँदै गरेका देखिन्थे।

'कति चुस्त अनि कस्तो गजबको प्रस्तुति,' हलका प्रोडक्सन म्यानेजर जिम्मी निकोलाइडिसले प्रतिक्रिया दिए, 'दर्शकहरूको उत्साह यति प्रभावकारी थियो कि यो आयोजनाकै एउटा पाटो बन्न पाएकामा मलाई गौरव महसुस भएको छ। नेपाली कलाकारको प्रस्तुति यति भव्य र दर्शक यति सभ्य होलान् भनेर मैले अनुमान गरेको थिइनँ।'

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

डालासको कन्सर्टमा स्थानीय आयोजकहरूले गरेको लामो समयदेखिको तयारी पनि उत्तिकै प्रभावकारी रूपमा झल्किन्थ्यो।

नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौं प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ। यसअघि पनि पटक पटक आफूलाई यस सहरमा भव्यतासाथ उभ्याइसकेको नेपथ्यले यसपाला म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित 'टर्मिनल फाइभ' हलमा कन्सर्ट प्रस्तुत गर्दैछ। त्यहाँ आठ वर्षको अन्तरालपछि अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुन लागेको हो। पहिलो पटक प्रस्तुत हुन लागेको यो हलमा तीन हजार दर्शक अटाउने क्षमता छ।
अर्को समाचार
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
२९ असार २०८२
•
२ मिनेट पाठ
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
सन् २०१३ मा वेम्बलीमा आफ्नो प्रदर्शन दिँदै नेपथ्य ब्यान्ड । तस्बिर: नेपथ्य
नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ ।  




साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुने भएको छ । नेपथ्यले पछिल्लो समय सन् २०१३ अगस्ट ३ तारिखमा वेम्बलीमा प्रस्तुती दिएको थियो । ‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।  

१२ वर्षअघि वेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन् । ‘हामीलाई पहिले पनि श्रोतादर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ ।’

त्यति बेलाको माहोल अमृतको आँखामा झलझली छ । उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’  

नेपथ्यको यस पटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दैछन् ।  

बेलायतको यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।  

यति बेला बेलायतभर एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनुमानित तथ्याङ्क छ । तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले यस यात्रालाई उच्च प्राथमिकतामा राखेको छ ।  

पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ । ‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको इनक्वाइरीको ओइरो लाग्न थालेको छ ।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस