पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठुलै चहलपहल थियो । साँझ पर्नै लाग्दा नेसनल कन्भेन्सन सेन्टरको 'रोयल थिएटर' वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो । दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलो पटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।
हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशकदेखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन्।
'१७ वर्षअघि पहिलो पटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँच वटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौँ हो, साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्,'एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।'
ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो । निर्धारित समयमै बेलुकीको ठिक ८ बजे कन्सर्ट सुरु भयो । हलभित्र दर्शकको उत्साह र व्यापक हल्ला फैलिएको देखेपछि अर्की अस्ट्रेलियन महिलाले आफूलाई कुर्सीमा थामेर राख्न सकिनन् । सरासर उठिन् र नाच्न तम्तयार दर्शकको भिडमै आफूलाई समाहित गरिन्। उनी थिइन् भर्खरै मात्र नेपालस्थित अस्ट्रेलियाली राजदूतको पदावधि सकेर फर्किएकी फेलिसिटी भोल्क ।
'यो मेरो पहिलो नेपथ्य अनुभव हो,' फेलिसिटीले भनिन्, 'सन् २०२१ को तिहारको कुनै दिन मैले बौद्धमा अर्कैको स्वरबाट रेशम गीत सुनेकी थिएँ । त्यसै बेलादेखि अत्यन्तै मन पराउने गरेको यस ब्यान्डलाई प्रत्यक्ष सुन्ने लामो समयदेखिको इच्छा आज पुरा हुँदै छ ।'
कन्सर्टको सुरुवात 'कोशीको पानी' बाट गरिएको थियो । त्यसपछि क्रमशः 'भेँडाको ऊन','छेक्यो छेक्यो' प्रस्तुत भए । 'आँगनैभरि' गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे ।
त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरू 'लामपाते सुरती', 'चरी मर्यो' र 'जोमसोमे बजारमा' ले निरन्तरता पाए ।
गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।
'तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु,' उनी भनिरहेका थिए,'तर यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता(कता नरमाइलो पनि भइरहेको छ ।'
अमृतले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गरे र यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन आह्वान गरे । नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।
यस पटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब 'वेस्टर्न अस्ट्रेलिया' राज्यको राजधानी पर्थ सहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित 'मेट्रो सिटी हल' मा अबको प्रस्तुति रहनेछ । ब्यान्ड यसअघि पनि त्यस हलमा उपस्थित भइसकेको छ ।
त्यसपछि मार्च १४ मा ब्रिसबेनको 'द टिभोली' मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित 'ओडियन थिएटर', मार्च २१ मा एडिलेड सहरको 'हिन्डले स्ट्रिट म्युजिक हल', मार्च २४ मा मेलबर्नको 'फेस्टिभल हल' मा प्रस्तुत भएपछि अन्तिम सो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ 'होर्डन पभिलियन' मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फर्कनेछ ।