सकसमा सारंगीको धुन
२० फागुन २०७४
•
८ मिनेट पाठ
सकसमा सारंगीको धुन
काठमाडौं – बुढ्यौलीतिर लम्कदै गरेका लमजुङका बुद्धिमान गन्धर्वका लागि सारंगी बाजा मात्र होइन पुर्खाको इतिहास बोकेको साधन हो । पछिल्लो पुस्ता सारंगीको यो इतिहासबाट पर पर भइरहे पनि बुद्धि भने अहिले पनि सांरगीमा मिठो धुन रेट्न मन पराउँछन् । शनिबार गन्धर्व सांस्कृतिक कला संगठन र पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको सारंगी दिवसमा    पनि बुद्धिले सांरगीमा एउटा मीठो धुन बजाए । बाँसुरी वादक रामकृष्ण गन्धर्वले उनको धुनमा स्वर भरे। 

आज त मलाई निद्रै आएन 

ए दिदीबैनी 

छोडी जाम्ला तिम्रो देश 

बसिरहनु दिदीबैनी..

हो..छोडी जाम्ला तिम्रो देश ...। 

गाउँघरमा बिहेहुँदा बेहुलीले माइतीको आँगन छाड्ने दिन यस्तै विरह आफ्ना संगीसँग बाड्ने गर्छन् । उनले त्यही झल्कोको धुन बजाउँदा उपस्थित उही गाउँघरको रमाइलो बिहे कल्पन पुगे । युवा पुस्ताका अमृत गान्धारीले भने आफ्ना हजुरबाले गाएको गित सुनाए ।

के म नेपाली हैन र 

के मलाई माया छैन र

बाजेले खामो गाडेको 

धुरीको डोब छैन र...। गीतमा गन्धर्व समुदायको मौलिक लोकलयसँगै त्यो समुदायको देशप्रतिको प्रेम भरिएको थियो । ‘हजुरबाले गाउनु भएको गीत मैले भेटेपछि त्यसलाई सांरगीमा अभ्यास गर्न थाले,’ अर्जुन गान्धारीले थपे ,‘यति राम्रो गीत अहिलेको पुस्तालाई सुनाउनुपर्ने ठानेरै गाउँछु ।’ अमृतले शनिबार सुनाएको गीत तीसवर्षअघि उनका हजुरबुबा होमबहादुर गन्धर्व र भिमबहादुर गन्धर्वले रेडियो नेपालमा रेकर्ड गराएका थिए ।

नयाँ र पुरानो पेशाको चपेटामा परेका गन्धर्वको अमृत प्रतिनिधि उदाहरण हुन् । उनलाई पिता पुर्खाको पेसा छाड्न त मन छैन तर त्यही पेशाले मात्र भविष्य पनि बनाउँदैन । उनी आफ्नो पुख्र्यौली पेशा छाड्न विभिन्न कारणले वाध्य भएपनि सांरगी चटक्कै भने नछाडेको उल्लेख गर्छन् । ‘गाउँबाट काठमाडौं आएपछि धेरै समय ठमेलको सडकमा सारंगी बजाएरै पेट पाले । पछि भारतमा म्युजिक थेरापी पढेपछि आजभोलि म्युजिक थेरापिष्टका रुपमा काम गर्छु,’ अमृतले भने । संगीत कै माध्यमबाट हुने उपचारका लागि उनले सारंगीको धुनको प्रयोग गर्छन् । 

सारंगीको धुनलाई आधुनिक कलेवरमा प्रयोग गर्नेमा अमृत एक्ला भने होइनन् उनले जस्तै केदार गान्धारी र अनिल गन्धर्वले  पनि सारंगीलाई नयाँ सन्दर्भमा पनि प्रयोग गरिरहेका छन् । केदारले सांरगीका नाममा स्वास्थ्य तथा सामुदायिक परियोजना चलाउँदै आएका छन् भने अनिलले सारंगीलाई नै केन्द्रमा राखेर समुन्द्र ब्यान्ड चलाइरहेका छन् । ब्यान्डको रुपमा उनले काठमाडौंका विभिन्न रेष्टुरेन्टमा सारंगीको धुनसँगै गीत गाउँछन् । तनहुँबाट राजधानी आएका अनिलको ब्यान्ड भने उनले नभई उनका बुबा बुद्ध गन्धर्वले स्थापना गरेका हुन् । गन्धर्व समुदायको प्रतिनिधित्व गरेर जापान जाने एउटा अवसर आउँदा दर्ता भएको ब्यान्ड चाहिने भएपछि सन २००४ मा उनका बुबाले ब्याण्ड दर्ता गरेका थिए । बुबाकै संगत लागेर सारंगी बोकेका उनले ५ पटक त जापानमा आफ्नो सारंगी कला देखाइसकेका छन् । ‘हराउँदै गएको आफ्नो बाजा मात्र हैन हाम्रो पहिचान जोगाउन पनि निरन्तरता दिएको हुँ ,’अमृतले बताए,‘हजुरबा र बुबाले बजाएको सारंगीका ताल सुन्दै सिके ।’ पुख्र्यौली बाजा जोगाउन भने सहज नरहेको उनले बताए । गाउँको सुर र ताल लाई अहिलेको जमानासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उनले सारंगीको धुनलाई नयाँ हिसाबले प्रयोग गरिरहेका छन् । 

‘गाउँको भाका र सुरलाई परिमार्जित भर्सनमा बजाउँछु’ उनले थपे ‘संगीतको ट्युनिंग, शैली पुरानो जस्तो हुन्न । उनका अनुसार सारंगीमा गिटारको जस्तो संगीतका नोट भर्छन् । सारंगीलाई पनि भौतिक रुपमा उनले त्यही अनुसार परिमार्जन गरेका छन् । हेर्दा परम्परागत सारंगी जस्तो देखेपनि उनले गाउँघरमा बनेका खिरा र सिउँडीको काठबाट बनेका सारंगीको साटो  साल र बकैनाको सारंगी बनाएर बजाउँछन्।

बजारिया प्रतिस्पर्धामा उत्रनका लागि यो परिवर्तन जरुरी रहेको उनले बताए । सारंगीमा परेको संकटकै बारेमा अनुसन्धान गरेका उनले सारंगी लोप हुँदै जानुको पहिलो कारण जातीय र आर्थिक विभेद रहेको सुनाए । ‘एक त तल्लो जात भनेर हेप्छन्, दोस्रो कम पढेलेखेका युवा यसलाई रोजगारीमा बदल्ने ल्याकत राख्दैनन्,’ सारंगी जोगाउन नसक्नुको कारण उल्लेख गर्दै उनले भने,’ पेशाका रुपमा अंगालेपनि त्यसको भरले परिवार चलाउन गाह्रो हुन्छ ।’ सारंगीलाई समुदायको पहिचानसँगै अगाडि बढाउन राज्यले नै भूमिका खेल्नुपर्ने उनले जोड दिए।

दिवसमा प्रमुख अतिथी कम्युनिष्ट नेता बामदेव गौतमले सारंगी संरक्षण गर्न प्रस्ताव लिएर आए सम्बोधन गर्न सघाउने दाबी गरे । जागरण मिडिया सेन्टरका महासचिव शिवजी गायकले अरु दलित समुदायजस्तो छरिएर नभई एकै समुदायमा एकत्रित भएर बस्ने भएकाले गन्धर्व समुदायको उत्थान गर्न सरकारले चाहे सहज रहेको बताए । उनले देशभरका विभिन्न वस्तीमा करिब आठहजार जनसंख्याको हाराहारीमा गन्धर्व समुदाय रहेको उनले जानकारी दिए। कार्यक्रममा नेता बामदेव गौतमसँगै अन्य सहभागी सारंगीको धुनसँगै नाचेका थिए। 
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस