सगरमाथाबाट ‘लाइभ’ गर्ने धोको
१७ पौष २०७४
•
७ मिनेट पाठ
सगरमाथाबाट ‘लाइभ’ गर्ने धोको
काठमाडौं- विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी गरिहेका छन् ।




सगरमाथाको ८,८४८ मिटर अग्लो शिखरलाई चुम्ने मात्रै होइन, पत्रकारितामा लागेका कारण सोही स्थानवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित नेपाली महिला पत्रकारहरूको समूह लागि परेको हो । उनीहरू यसै वर्ष  सगरमाथा आरोहण गर्ने तयारी गरिरहेका छन् ।

आगामी मे महिनाभित्र सगरमाथा आरोहण गर्ने गरी ५ महिला पत्रकार आरोहणको तयारी गरिरहेका छन् । विभिन्न बिटमा काम गर्ने उनीहरू आफ्नो आरोहणलाई टेलिभिजनमा ‘लाइभ’ गर्ने सोचमा छन् जसले गर्दा लाखौं मानिसलाई साहसका लागि प्रेरित गर्न सकोस् ।

‘सगरमाथाको शिखर त चढछौं नै, पत्रकारिता गर्ने भएकाले त्यहाँवाट प्रत्यक्ष प्रसारण पनि गर्ने उद्देश्यसहित प्रावधिक अध्ययन पनि गरिरहेका छौं, जो यसअघि कसैले गरेको छैन,’ पत्रकार रोशा वस्नेत भन्छिन्, ‘सगरमाथा शिखरवाट पत्रकारिता गर्ने उद्देश्य पनि हामीले बोकेका छौं ।’ वस्नेतको परिकल्पना अनुसार निमार्ण भएको टोलीमा ५ जना व्यावसायिक पत्रकार मात्रै छन, जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीको भाषामा भन्ने ‘सगरमाथा शिखर चुम्न खोज्ने पञ्चकन्या’ हुन ।

उक्त टोलीमा वस्नेत (रासस) सहित प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टिभी), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार)को समूह आवद्ध छ ।  ‘समानताका लागि बुलन्द आवाज’ नारासहित शिखर चुम्न खोजेको उक्त समूहले आफूलाई ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ नामाकरण गरेका छन् ।  उनीहरूले नेपाल पत्रकार महासंघको लोगो लिखित झन्डा सगरमाथाको शिखरमा फहराउने छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आर्शिवाद लिएर अभियान सुरु गरेको उक्त समूहले दोलखामा अवस्थित रामदुङ (५९९१ मि.) र यालुङरी (५६३० मि.) हिमाल आरोहण गरिसकेका छन् । उक्त टोलीलाई १२ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पा (आरोहणका सरदार)को रेखदेख छ । शेर्पाले उक्त टोलीलाई सगरमाथा आरोहणका वारेमा प्रावधिकसहित अन्य ज्ञान दिँदै आएका छन् ।

उक्त आरोहण टोलीमा रहेकाहरूको परिचय पत्रकारमा मात्र सीमित भने छैन । नेपाल टेलिभिजनमा ‘आजको विज्ञान’ कार्यक्रम चलाउने बज्राचार्य नासाको वैज्ञानिक पनि हुन । थुप्रै नाटकमा अभिनय गरेकी बज्राचार्य लेखक झमक कुमारीको जीवनीमा बनेको फिल्म ‘जीवन काँडा कि फूल’की मुख्य अभिनेत्री पनि हुन् ।

नाटकसँग अभिन्न ठान्ने बज्राचार्य यही कारणले  नेपालमा चलिरहेका सबै नाटकघरका झण्डा सगरमाथा लिएर जाने योजनामा छिन् ।  शिल्पी थियटरले त उनीहरूलाई सहयोग गर्न ‘विशेष नाटक’ मञ्चन गरेर आर्थिक सहयोग जुटाउने वचन दिएको छ ।

सो समूहमा रहेकी महर्जन यस अघि सन् २०१४ मा पनि सगरमाथा आरोहणको प्रयास गरेकी महिला हुन, जो पर्यटन पत्रकारितामा दख्खल राख्छिन् । ‘पहिला सगरमाथा चढन गएको थिएँ तर त्यो बेला भारतमा आएको हुतहुत आँधीले गर्दा बिचैमा छाड्न पर्यो । नदेख्ने सपना देखिहाले । पूरा गरेरै छाड्न मन छ,’ महर्जन भन्छिन्, ‘यो मेरो दोस्रो जन्म हो, म वाँचेकै सगरमाथा चढनलाई हो ।’ सो आँधीका कारण धेरैको ज्यान गएको थियो भने धेरै अंगभंग भएको थियो । महर्जनलाई पनि हेलिकोप्टरवाट उद्धार गरी काठमाडौं ल्याइएको थियो, जुन दुर्घटनाका कारण  ५ दिन कोमामा राखे पछि मात्रै महर्जनको होस खुलेको थियो । महर्जन उक्त आरोहण टिमकी कप्तान पनि हुन ।

कमै महिलाले मात्रै चासो राख्ने खेलकुद विटमा कार्कीले रिपोर्टिङ गर्दै आएकी छिन् भने वस्नेतले सरकारी संस्था राससमा अंग्रेजी सम्पादन गर्दै आएकी छिन । रेडियो पत्रकारितामा दख्खल राख्ने चाम्लिङ स्वतन्त्र पत्रकारको रुपमा परिचित छिन् । ‘हाम्रो साझा संस्था पत्रकार महासंघ स्वयं यो अभियानमा संलग्न भइदियो, त्यो हाम्रो लागि गौरवको विषय हो,’ चाम्लिङले भनिन् ।

आगामी मे २९ भित्र सगरमाथाको शिखर चुम्ने लक्ष्य लिइरहेका उक्त टोली हाल पुलिस क्लबको प्रायोजनमा शारीरिक तालिम लिइरहेका छन् । ‘धेरैवटा सरकारी निकाय, बैंक, बिमा कम्पनी, उडययन कम्पनीहरूले हाम्रो आरोहण टोलीलाई सहयोग गरिदिनु भएको छ, त्यसले झन् उत्साहित वनाएको छ,’ कलाकारसमेत रहेकी बज्रचार्यले भनिन्, ‘त्यही हौसलाका कारण सगरमाथा शिखरवाट पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने प्रयास गर्र्दैछौं  । यसमा सफल भयौं भने नेपाली महिलाहरूको नाममा नयाँ विश्व रेकर्ड कायम हुनेछ ।’
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस