सेरामिक्स प्रेमी गोपाल
०८ मंसिर २०७४
•
६ मिनेट पाठ
सेरामिक्स प्रेमी गोपाल
काठमाडौं‍- झण्डै २७ वर्ष अघि गोपाल कलाप्रेमीलाई  भक्तपुरका कुमाले समुदायलाई तालिम दिन पठाइयो । त्यतिबेला गोपाल ललितकला पढ्थे र  रत्नकाजी महर्जन उनका गुरु थिए । नेपालमा सेरामिक्स प्रवद्र्धन परियोजना सुरु भएको थियो । त्यसैमा महर्जनले गोपाललाई भक्तपुरका कुमालेलाई सेरामिक्सका भाँडा सिकाउने जिम्मेवारी दिएका थिए । उनले तीन महिना तालिम दिए तर उनीहरूले सिक्न सकेनन् । ‘हामी माटोमै खेलेर हुर्केकालाई सिकाउने’ भन्ने आरोप खेपे । तर, यो आरोपले उनलाई सेरामिक्सप्रति नकारात्मक बनाएन । उनले यही बेला नै यसको महत्व बुझे र यसको सिर्जनामा लागे । उनले आफ्नै भाइ र साथीसँग चार चार सय रुपैयाँको साझेदारीमा सेरामिक्सका भाँडा बनाउन सुरु गरे । दुःखका साथ चलेको उनको व्यवसाय एकदिन प्रल्हाद केसी नामका व्यापारी आएर दुई लाखको अर्डर दिएपछि दौडियो ।

भक्तपुरको कुमाले समुदायलाई सेरामिक्स सिकाउन , सेरामिक्सको दुनियाँमा छिरेका गोपाल कलाप्रेमीले यसलाई उच्चकोटिको कलाको रुपमा विकास गर्न लागिपरेका छन् ।

‘बल्ल भक्तपुरका कुमाले समुदायले चिने वास्तविक सेरामिक्सको महत्व ,’उनले भने , ‘ए यसरी पनि राम्रा बन्ने रहेछ भनेर सिक्न आए ।’ त्यो बेला स्थानिय कुमालेले बनाएका माटोका भाँडाको २ रुपैयाँ पथ्र्यो तर सेरामिक्सका भाँडाको १५० रुपैयाँ पथ्र्यो । राम्रो मूल्य पाउने भएपछि धेरै कुमाले समुदायका आकर्षित भए । उनैले सिकाएकाले झण्डै डेढ दर्जन सेरामिक्सका फ्याक्ट्री पनि खोले । गोपाल कलाप्रेमीले भने सेरामिक्सलाई पैसा कमाउने व्यवसाय बनाउनुको साटो  कलात्मक बनाउन अग्रसर भए । ‘यसबाट मलाई धेरै पैसा त आउँदैनथियो तर नेपाली कलाको एउटा नयाँ माध्यम बन्न सक्थ्यो ’, उनले सुनाए ।  

चाइनिज माटोका भाँडामा विभिन्न विधाका कलालाई मिसाउदै उनले परिक्षण थाले । कहिले पेन्टिग्ंस त कहिले इचिगं अनि कहिले इम्ब्रोइडरी र प्रिन्टका कथा फरक स्वरुपमा भर्न थाले ।  कक्षा ११ मा १० पटक फेल भएका उनले सैद्धान्तिक शिक्षा छाडेर परिक्षण र अनुसन्धानमुलक शिक्षा अंगाले । ‘उनीहरू कलाका किताब पढेर पास हुन्थे म भने सेरामिक्सका नयाँ नयाँ परिक्षण गर्थे,’ उनले विगत सम्झिए । यतिसम्मकि जिंक पाता नहुँदा औषधीको जिंक ट्याबलेट अनि आइरन नहुँदा महिलाले खाने आइरन चक्की पनि प्रयोग गरे । त्यमिात्र हैन नेपालीपन थारु, नेवार मैथली लगायतका कलालाई सेरामिक्समा भर्न थाले । आइतबार कलापत्रकार समाजले गरेको अन्तरकृयामा उनले सेरामिक्स एउटा भाँडोमात्र हैन मानव सभ्यताको साथी भएको उल्लेख गरे । आयुर्वेदको जमानामा बढी प्रयोग हुने सेरामिक्सका आधुनिक रुप अहिले बजारमा चाइनिज माटोको भाँडाका नामले चर्चित छ । नेपालमा भने सेरामिक्स नेपाली कला प्रवद्र्धन र प्रदर्शन गर्ने सुनौलो माध्यम रहेको बताए । ‘भाँडामा हामी चाइनिजसँग प्रतिस्पर्धा गर्न सक्दैनौ तर क्राफ्ट कलामा तिनै भाँडा चाइनिजका भन्दा उम्दा बन्छन्,’ उनले सेरामिक्सको नेपाली भविष्य बारे उल्लेख गर्दै भने, ‘१८ हौं शताब्दीमा सेरामिक्स सुनभन्दा महंगो थियो ।  नेपालमा सेरामिक्सलाई यस्तै महंगो बनाउन सकिन्छ । ’

गोपाल माटोमा तामा, पित्तल, सुन, सिसा लगायतका समाग्री मिसाएर कलात्मक वस्तुहरु निर्माण गर्छन् । आफूमात्र हैन नयाँ पुस्ताका लागि सिंगै पुस्तक बनेका छन् उनी । विभिन्न देशका कलाप्रेमीहरू उनकोमा भइरहने कार्यशालामा भाग लिन आउँछन् । यतिबेला पनि पाकिस्तान, डेनमार्क, लन्डन, इरान र दुबईका कलाकार कला सिकिरहेका छन् ।

देश विदेशका कला संकलन गर्न रुची राख्ने उनीसँग इरान,ग्रिक,व्रिटेन लगायत सयबढी देशका कला छन् ।

आफ्नो कला अरुलाई सिकाउदै आफ्नै घरको छतमा भट्टी बनाएर उनले  भाँडा पोल्ने गरेका छन् । तर, धेरैले यसलाई कठिन सम्झेर पहिल्याउन नसकेको पिरलो उनीसँग छ । स्थानीय निकाय, कला हेर्ने निकाय कसैको सहयोग नभएकाले पनि नयाँ पुस्ता सेरामिक्स कलाप्रति निराश रहेको उनले औंल्याए ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस