आचार्य पढ्न छाडेर हिरो
२२ असोज २०७४
•
८ मिनेट पाठ
आचार्य पढ्न छाडेर हिरो
काठमाडौं- धादिङको विकट गाउँ तसर्फुमा हुर्के बढेका ३६ वर्षीय आयुष रिजालले संस्कृत शिक्षा लिँदै गर्दा नेपाली फिल्मको हिरो बनँुला भन्ने कहिल्यै सोचेनन् । बुवाले २०५२ सालमा दरबार हाइस्कुलमा संस्कृत भर्ना गरिदिएपछि उनको राजधानीको यात्रा सुरु भयो ।




संस्कृत पढ्दै आचार्य बन्ने उद्देश्य लिएर संस्कृतको स्नातक गरी शास्त्री उत्तीर्ण गरे । तर, आचार्य पढ्दा पढ्दै उनले बाटो फेरे । ‘मेरो संगत कलाकार साथीहरूसँग भयो,’ आयुषले नागरिकसँग भने, ‘बुवाको इच्छा आचार्य होस् भन्ने भए पनि मेरो रुचि कलाकारिता र शारीरिक सुगठनतिर गयो ।’

संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।

त्यहीबेला उनले शारीरिक सुगठन कला सिके । स्कुलमा मार्सल आर्ट पनि सिकाए । त्यस बेलासम्म उनले फिल्म खिच्ने क्यामरा चलाउन सिकिसकेका थिए । सहायक हुँदै क्यामरा चलाउन सिक्दा उनी क्यामराकै लेन्सबाट त्यतिबेला चलेका कलाकारका अभिनय निहार्थे । ‘कतिले यति झुर गर्थे कि त्यो भन्दा मै राम्रो गर्दो हुँ भनझैं लाग्थ्यो,’ रिजाल सम्झन्छन । क्यामरा चलाउन्जेल पनि उनले अभिनय गरुँला भन्ने सोचेनन्  । तर, सुगठित शरिरका कारण स्टन्टम्यानको काम भने पाए । ‘कलाकारिता बुझ्ने हो भने काम सानो ठूलो नहुने रहेछ,’ उनले भने, ‘पर्दामा अगाडि देखिनेको केही समय चहलपहल बढी हुन्छ तर पर्दा पछाडि काम गर्नेहरू सधैं टिकिरहन्छन् ।’

लायकको रुपरंग र सुगठित शरिर कला जगत्बाट धेरै समय लुक्ने कुरा पनि भएन । गायक हेमन्त रानाले ‘आउँदै गर मालती’ बोलको गीतका लागि आयुषलाई मोडल छानेर पहिलो पल्ट काँचको पर्दामा आयुष योग्य भएको संकेत दिए । भिडियोको निर्देशन आलोक नेम्बाङले गरेका थिए । पछि स्वरुपराज आचार्यको ‘म ढले ढले’ बोलका गीतको निर्देशन गर्ने अवसर पनि आयुषले पाए । मोडल छान्ने जिम्मा आफंैलाई आएपछि उनले आफैंलाई मोडेलका रूपमा प्रस्तुत गरे । विगतका अनुभवलाई अझ खरो बनाउँदै उनले दमदार अभिनय गरे । त्यसपछि उनले ‘तिमी फूल्यौ कतै, म फूले कतै’ बोलको गीतमा पनि उनले अभिनय गरे । तिनै म्युजिक भिडियोकै कारण फिल्मीक्षेत्रमा निर्माता र निर्देशकको जोडीका रूपमा चर्चामा रहेका रेखा थापा र छवि ओझाको नजर उनमा प¥यो । रेखा–छविको ‘हिफाजत’ फिल्मबाट उनले फिल्म क्षेत्रमा मुख्य नायकको अभिनयमा डेब्यु गरे । उनको शारिरीक स्वरुप र अनुभवझैं उनलाई फिल्ममा एउटा बडिगार्डको भूमिका दिइएको थियो । ‘सधैं क्यामराको लेन्सबाट अभिनय हेर्थें । आफैं अभिनय गर्दा भने सुरुसुरुमा अलिक नर्भस भइँदो रहेछ,’ उनले पहिलो फिल्मको अनुभव सुनाए ।

फिल्मको भूमिकालाई उनले न्याय गरे । फिल्म हिट भयो ।  सोही फिल्मबाट उनले नवनायकको अवार्ड पनि हात पारे । त्यसपछि उनले ‘सडक’, ‘खुसी’, ‘मेरो मनको साथी’, ‘मेरो देश’ लगायत चलचित्रमा लगातार अभिनय गरे । नेपालको तराईक्षेत्रमा बढी बोलिने भोजपुरी भाषाका फिल्ममा अभिनय गर्ने अवसर पनि उनले पाए । त्यसबाट नामसँगै उनले दाम पनि कमाए । ‘राम्रो र निरन्तर काम गर्नेलाई यहाँ प्रसस्त पैसा छ,’ उनी भन्छन्, ‘भर्खर आएर छिट्टै कमाउन खोज्नेका लागि भने बजारमा हल्ला चलेजस्तो छैन ।’

उता घरमा सुरुसुरुमा कलाकारितामा लागेको भनेर बुबाले थोरै असहमति जनाए पनि पछि उनको फिल्म हेर्न थालेपछि सबैले तारिफ गर्न थाले । अहिले उनका घरका सबै उनको कामबाट सन्तुष्ट छन् । तर, फिल्म क्षेत्रका सुख र दुःख भने अरू कलाकारले झैं उनले पनि संगालेका छन् । कहिले भोकै काम गर्नु अनि कहिले रमाइलो यात्रासँगै अभिनय गर्नु दुवै कलाकारिता क्षेत्रको अंग नै मान्छन् । नेपाली भोजपुरी गरेर झन्डै तीन दर्जन फिल्ममा अभिनय गरेका उनले पछिल्लो समय प्रदीप श्रेष्ठको निर्देशन रहेको ‘ब्ल्याक’ मा अभिनय गरेका छन् । जसमा विदेशी कलाकारले समेत अभिनय गरेका छन् । उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने चलचित्रसम्बन्धि कार्यक्रम चित्रपटको प्रस्तुतकर्ता पनि हुन् । फिल्ममा अभिनय गर्दा र त्यही कुरालाई दर्शकमाझ ल्याउँदाको अनुभव उनको फरक छन् । ‘आपूmले काम गरेको क्षेत्रका राम्रा नराम्रा सबै कुरा कार्यक्रममार्फत बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘त्यसमा अलिक जोखिम छ किनभने यो क्षेत्रसँग जोडिएर काम गरिरहेको छु ।’

फिल्म क्षेत्रमा आउनलाई उनी अभिनय दक्षतासँगै धैर्य बोकेर आउन सुझाव दिन्छन् । निरन्तर मेहनत गरे घुमिफिरी नाम र दामको आलोपालो चलिरहने उनी बताउँछन् । पहिलेभन्दा अहिले नेपाली फिल्मको बजार राम्रो रहेको भन्दै उनले उतिबेला बल्ल–बल्ल पाइने पारिश्रमिक अचेल २५ लाखसम्म सम्झौता हुन थालेकामा खुसी व्यक्त गर्छन् ।

फिल्म क्षेत्रमा हुने अनावश्यक खिचातानीप्रति भने उनी निराश छन् । ‘गुणस्तरीय फिल्म बनाउनु प¥यो अनि सबैले मिलेर सही समयमा सही रिलिज गर्नुप¥यो,’ उनी सुझाउँछन्, ‘यसले सबैले कमाउने र बजार पाउने अवसर जुटाउँछ अनि चलचित्रकर्मीबीच सकारात्मक सम्बन्ध पनि बनाउँछ ।’ भविष्यमा आफैं फिल्म निर्देशन र निर्माण गर्ने सोच बनाएका रिजाल उनको मिजासिलो स्वभावकै कारण चलचित्र क्षेत्रमा रुचाइएका छन् ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस