थिएटर मलमा 'म्याकवेथ'
१९ वैशाख २०७४
•
४ मिनेट पाठ
थिएटर मलमा 'म्याकवेथ'
काठमाडौं- ब्रिटिस साहित्यकार विलियम शेक्सपियरले लेखेका नाटक संसारमा सबैभन्दा बढी मञ्चन हुन्छन्। नेपालमा पनि उनका नाटकलाई स्थानीय अनुवादकले उल्था गरेर मञ्चन गर्छन्। भारतको कलकत्ताका नाट्यकर्मी दानी कर्माकरले शेक्सपियरले चार सय वर्षअघि लेखेको चर्चित नाटक 'द ट्रेजेडी अफ म्याकवेथ'लाई गत शुक्रबार काठमाडौंको थिएटर मञ्चमा मञ्चन गर्दा दर्शक गम्भीर बने।

राजाको हत्या र त्यसपछि हुने अनेक घटनाक्रमलाई प्रस्तुत गरिएको यो नाटक शेक्सपियरको सबैभन्दा छोटो शोक नाटक हो। स्कटल्यान्डको ऐतिहासिक घटनासँग नजिक रहेर शेक्सपियरले सन् १६०३ ताका यो नाटक तयार पारेका थिए।

नाटकलाई काठमाडौंमा नाट्यकर्मी दानीले छाउ नृत्य भावमा मञ्चनमा प्रस्तुत गरे। 'देवी भगवतीको उग्ररुपको मास्क लगाउँदै गाउँबाट राक्षसी प्रवृत्ति भगाउन छाउ नृत्य गरिन्छ। पश्चिमेली नाट्यकर्मभन्दा फरक बनाउन छाउ नृत्यको स्वरुपमा म्याकवेथलाई ढालिएको हो,' दानीले भने, 'भुतप्रेत, बोक्सीको रहस्यमयी भविष्यवाणीले त्यसबेलाका राजा र सैनिकमा परेको मनोदशालाई नाटकमा देखाइएको छ।' उनका अनुसार भारतको उडिसा राज्यको पुरुलिया गाउँमा छाउ नृत्य प्रचलित छ।

'म्याकवेथलाई जब एउटी चुडेलले राजा बन्ने तरिका सिकाउँछे, तब म्याकवेथले आफ्नै राजाको हत्या गर्छन्। अनि राजा बन्छन्। ‘तँ राजा बन्छस् तर तेरो छोरा राजा बन्दैन, म्याकडफ बन्छन्’ भनेर भनेको हुन्छ,' दानीले नाटकबारे भने, 'आफ्नो भविष्य सुरक्षित गर्न म्याकवेथले म्याकडफको छोरा, पत्नी सबैको हत्या गरिदिन्छन्। पतिको यो कर्तुत देखेपछि रानी म्यावेथ पागल भएर मर्छे।'

नाटकमा छाउ नृत्यमार्फत दानी र उनका चेला संगीत जाना गरी दुईजनाले मात्र अभिनय गरेका छन्। नाटकमा डंकन, मल्कम, डोनाल्बेन, म्याकवेथ, लेडी म्याकवेथ, बैंको, फि्लस, म्याकडफ, लेडी म्याकडफ र म्याकडफका छोरालगायतका पात्र छन्। नाटकमा बंंगाली, हिन्दी र अंग्रेजी तीन भाषाका संवाद छन् । थिएटर मलमा दुईदिनसम्म मञ्चन भएको नाटकका लागि कान्तिपुर फिल्म एकेडमीका कला निर्देशक टंक चौलागाईंसहितको टोलीले सहयोग गरेका थिए। सत्र वर्ष नाट्यकर्ममा बिताएका दानी नाटकमै पिएचडी गर्दैछन्।

दानीले यसअघि शेक्सपियरको नाटक 'ओथेलो'लाई मञ्चमा उतारेका छन्। पश्चिमा शैलीमा धेरै नाटक गरिसकेकाले पूर्वीय स्वादमा नाटक बनाएर उनले भारतका सबै राज्य, बंगलादेश हुँदै अहिले नेपालमा नाटक मञ्चन गरेको बताए।

भारतको रविन्द्रनाथ टैगोर थिएटरमा नाटक सिकेका उनले उतिबेलै पनि शेक्सपियरका नाटकको अभ्यास गरेका थिए। कम पात्र र कम स्रोत साधनमा उत्कृष्ट नाटक बनाउने ज्ञान यसरी एकअर्काे देशमा बनेका नाटकबाट सिक्न सकिने चौलागाईंले उल्लेख गरे।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस