किरण र 'नयाँ किरण' सँगसँगै
१७ मंसिर २०७३
•
६ मिनेट पाठ
किरण र 'नयाँ किरण' सँगसँगै
काठमाडौं- चित्रकार किरण मानन्धर र सागर मानन्धर बाबुछोरा हुन्। उमेरले यी दुईबीच ३७ वर्षको अन्तर छ। किरण मानन्धर ब्रस बोकेर रङसँग खेलेरै हुर्किए। उका छोरा सागर पनि बाबुले बनाएका चित्रका रंगीचंगीमा रमाउँदै बढे। किरणले चित्र बनाउन थालेकै ६ दशक नाघ्यो। सागरको पनि उनले ब्रस चलाउन जानेदेखिकै समय चित्रकलामा बित्दैछ।




यी दुईले एउटा बाबु र छोराको सम्बन्धभन्दा पनि पहिलो र दोस्रो पुस्ताका कलाकारबीचको दूरी मेटाउँदै एकै थलोमा आफ्ना चित्रकला प्रदर्शनी गरेका छन्। नेपाल कला परिषदमा चलिरहेको 'दुनुगःया स्यापु' र 'भैरव' नामको संयुक्त प्रदर्शनीले उनीहरुको भौतिकभन्दा कलात्मक अन्तरसम्बन्ध व्यक्त गर्छ।

'म आफूलाई छोराभन्दा अब्बल ठान्दिनँ,' किरण भन्छन्, 'उसलाई राम्रो स्टुडियो अनि राम्रा सामग्री दिएरै म आफू चाहिँ कामचलाउमा चित्त बुझाउँछु।' यो प्रदर्शनी भने नयाँ पुस्तालाई देखाएको एउटा मार्गदर्शनका रुपमा रहेको उनले बताए।

'मैले कला कसैले सिकाएर सिकेको होइन,' उनी थप्छन्, ‘त्यस्तो कसैले सिकाइदिएको भए दसगुणा अझ अब्बल हुन्थेँ होला, त्यही अरुले नसिकाएको पीडा छोराले भोग्न नपरोस् भन्ने चाहन्छु।'

उनका छोरा सागर पनि बुबाको नाताभन्दा पर एउटा अग्रज कलाकारको सम्मान किरणलाई दिन चाहन्छन्। ‘उहाँसँग मेरो पहिलो संयुक्त प्रदर्शनी कक्षा १० मा पढ्दा भएको थियो,' सागर सुनाउँछन्, ‘त्यो बेला उहाँले मलाई यो बाटोमा डोहोर्‍याउनु भएको थियो। अहिले मैले उहाँले भनेजस्तो गरेँ भनेर गर्व र सम्मानको अनुभूति दिलाउन उहाँसँगैको कला प्रदर्शनी गरेको हुँ ।'

आधुनिक कलामा लागेका नयाँ पुस्ताले प्रायःजसो पुराना कलाकारलाई यथास्थितिवादी र परम्परावादी कलाकार ठानेर हेयको दृष्टिले हेर्ने गरेको उनको अनुभव छ।

‘तर पुराना कलाकारले अभावैअभावमा पनि कति जोश र आत्मपरक भएर चित्र कोर्थे, त्यो देख्दैनन्,' उनी थप्छन्, ‘मैले सानैदेखि त्यो देखेको छु, महसुस गरेको छु। त्यसैले ती सबै पुस्ताप्रति मेरो बाबालाई जत्तिकै सम्मान गर्छु।'

उनले भनेझैं उतिबेलाका कलाकारले अहिलेको पुस्ताले जस्तो कला विषय न स्कुल–कलेजमा पढ्न पाए, न त उनीहरुलाई सिकाउने कुनै अग्रज गुरुहरुकै लाम उनीहरुका पछि हुन्थे।

त्यही छनक अहिले पनि किरणका चित्रमा देखिन्छन्। ‘मेरो चित्र कहिले पूरा हुँदैनन्,' उनी प्रदर्शनीमा रहेका चित्रसँग जोड्दै भन्छन्, ‘हरेक चित्र बनाएपछि एउटा प्रश्न चिह्न त्यहाँ छाड्ने गर्छु।' त्यसो गर्नुको कारण उनी पहिले कसैबाट सिक्न नपाएको पीडा पोखेको बताउँछन्।

तर चित्र बनाउँदा उनी सारा संसारबाट पर रहेर चित्र कोर्न मन पराउँछन्। पहिलो दिन कोरेको चित्रको दोस्रो दिन हेरेर आत्मसमीक्षा गर्छन्। अनि तेस्रो दिन थप्न मन लागेका रंगरुप थप्छन्। उनी जबसम्म हातसँग रंग चलाउने क्षमता रहन्छ तबसम्म आफू जीवित रहेको ठान्छन्।

जुन दिन क्यानभासमा रंग भर्न हात अक्षम हुन्छन्, त्यो दिन एउटा कलाकार मर्छ। त्यसैले पनि नयाँ पुस्तालाई आफूले जानेका कुरा सिकाएर छाड्नुपर्ने धारणा उनी व्यक्त गर्छन्। पुराना पुस्ताले दम्भ छाडेर नयाँ पुस्तालाई आफ्नो सीप हस्तान्तरण गर्नुपर्ने सुझाव उनी दिन्छन्।

उनका विगत पाँच वर्षदेखि हालसम्म कोरेका १९ वटा चित्रको संकलन प्रदर्शनीमा छन्, जसमा उनले आफ्ना अन्तर्मनका भावहरु व्यक्त गरेका छन्। उनी अमूर्तकलाका लागि प्रख्यात छन्। उनका चित्रहरुको मूल्य तीन लाखदेखि दशलाख रुपैयाँ राखिएको छ।

छोरा सागरले भने आफ्नो मनसँग नजिक रहेको भैरवका विम्बात्मक चित्रहरु कोरेका छन्। ‘मलाई भैरव निकै मनपर्छ,' सागर भन्छन्, ‘उसको रुप डरलाग्दो र विकराल छ, तैपनि मान्छेहरुको आस्था उनीप्रति प्रगाढ छ, त्यही आस्था मन पर्छ।' उनले भैरवसँग जोडिएका कोइला, कालो, रातो, पहँेलो लगायतका रंको विम्बात्मक संयोजन चित्रमा गरेका छन्। उनका ३९ वटा चित्रको मूल्य १० हजारदेखि डेढ लाख रुपैयाँसम्मका छन्। प्रदर्शनी मंसिर २२ गतेसम्म चल्नेछ।
अर्को समाचार
म्याद थप र राष्ट्रिय सहमति सँगसँगै
१३ जेष्ठ २०६७
•
८ मिनेट पाठ
म्याद थप र राष्ट्रिय सहमति सँगसँगै
उजिर मगर/किरण पुन, काठमाडौं, जेठ १४ - प्रमुख तीन दलबीच संविधानसभाको म्याद थप र राष्ट्रिय सहमति सँगै गर्ने 'मोडालिटी'मा अनौपचारिक सहमति भएको छ। शीर्ष नेताहरूको बिहीबारको बैठकले शुक्रबार मध्याह्नसम्म आ-आफ्नो पार्टीको धारणासहित साझा विन्दुमा पुग्ने सहमति गरेको हो।
औपचारिक बैठक नबसे पनि शीर्ष नेताबीच बिहीबार दिनभरि अनौपचारिक छलफल भएको थियो। संविधानसभाको म्याद थपेर राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनेमा तीनै दल लगभग सहमत भएको स्रोतले बतायो।




स्रोतअनुसार माओवादीले प्रधानमन्त्रीको राजीनामालाई पहिलो सर्त नबनाई संविधानसभाको म्याद थप्न 'अलिखित गोप्य समझदारी' हुने तय भएको छ। म्याद थप्ने 'साँचो' हातमा लिएको एकीकृत माओवादीले शुक्रबार स्थायी समितिको बैठक बसेर अन्तिम 'बटमलाइन' दिनेछ।

त्यसैलाई तीन दलको बैठकमा लगेर अन्तिम रूप दिने तयारी भएको छ। अनौपचारिक सहमतिमा कतै भवितव्य नपरे शुक्रबार संविधानसभाको म्याद थपिनेछ।

'६० वर्षको उपलब्धि संविधानसभालाई बचाउनुपर्छ। त्यसका लागि कुनै सर्तभन्दा ठोस अभिव्यक्तिको कुरो हो', माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले म्याद थप्ने संकेत गर्दै नागरिकसँग भने- 'म्याद थप र सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा सँगसँगै गर्नुपर्छ। यो नै सहमतिको उपयुक्त विन्दु हो।'

सहमतिको 'मोडालिटी'अनुसार पहिले सरकारको तर्फबाट प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि आफ्नो धारणा राख्दै संविधानसभाको म्याद थप्न संसदमा सम्बोधन गर्नेछन्। माओवादीले प्रधानमन्त्रीको आह्वान स्वीकार्दै म्याद थप्न मतदान गर्नेछ। त्यसलगत्तै प्रधानमन्त्रीले राष्ट्रिय सहमति सरकारका लागि राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाउने छन्।

यो मोडालिटीमा कसैको जीत र हार नहोस् भनी सुनिश्चित गर्न सबै प्रक्रिया एकपछि अर्को तय गरिएको छ। सरकार अविभावक भएकाले पहिला उसैले पहल गर्नेगरी प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो। त्यसपछि माओवादीले आफ्नो तर्फबाट म्याद थपको कार्यान्वयन गर्नेछ।
सहमतिको यो मोडालिटीमा घरजग्गा फिर्ता, लडाकु समायोजन लगायत लामो समयदेखि विवादित विषय समेटिएको छैन। म्याद थपको समस्या हल भएपछि ती मुद्दामाथि अलग्गै सहमति गरी टुंगोमा पुर्‍याइनेछ।

'यो मोडालिटीमा कसैको जीत र हार हुने छैन,' माओवादी एक उच्च नेताले भने, 'यो मोडालिटीमा भावी सरकारको नेतृत्व कसको हुने भन्ने अर्को प्याकेजमा हुनेछ।'

सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने भनी दिउँसो बसेको माओवादी स्थायी समिति बैठकले पहिलेकै निर्णयलाई निरन्तरता दिएको प्रवक्ता दिननाथ शर्माले जानकारी दिए। माओवादीले सहमतीय प्रणाली र राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा नगरी म्याद नथप्ने बताउँदै आएको छ।

संविधानसभा बचाउने पार्टीको नीति भएकाले राजीनामाकै कारण भंग हुने स्थिति आए एमालेका बहुमत सभासद्ले शुक्रबार बिहान सभाध्यक्ष सुभाष नेम्वाङसमक्ष राजीनामाका लागि दबाब दिने तयारी गरेको स्रोतले बतायो।

'पार्टीको नीति संविधानसभा बचाउने हो। बहुमत सभासद्ले संविधानसभा बचाउने भएकाले अन्तिम सहमतिमा राजीनामा अनिवार्य हुन्छ,' एमालेका एक सभासद्ले भने।

कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौला र पूर्व सांसद अमरेशकुमार सिंहले बिहीबार राति माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उनको नयाँबजार निवासमा पुगी भेटघाट गरेका छन्। साँझ ७:४० मा दाहाल निवास प्रवेश गरेका उनीहरू डेढ घण्टापछि बाहिरिएका थिए। भेटघाटबारे त्यही पुगेका नागरिक संवाददाताको जिज्ञासाको दुबैले कुनै जवाफ दिएनन्।


सत्तारुढ मधेसवादीले राजीनामा मागे

मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावना पार्टी (महतो) का सभासद्हरूले बिहीबार राति अबेर माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसँग गोप्य भेटघाट गरे।

उनीहरूले प्रधानमन्त्री नेपालले राजीनामा गरी संविधानसभाको म्याद थप्नुपर्ने र राष्ट्रिय सहमतिको सरकार माओवादी नेतृत्वमा हुनुपर्ने सुझाव दिए। फोरमबाहेक अन्य तीन दल सरकारमा छन्।

 

सहमतिका लागि के-के भए दिनभर?

- बिहान तीन दलका शीर्ष नेता र राष्ट्रपतिबीच भेट। राष्ट्रपति रामवरण यादवद्वारा सहमतिमा संविधानसभा म्याद थपको विकल्प नभएको भनी चासो व्यक्त।

- बिहानै माओवादी र एमाले नेताबीच भेट। १० मिनेट भएको भेटमा उनीहरूले आ-आफ्नो अडान दोहोर्‍याए।

- बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठक।

- मध्याह्न माओवादीको स्थायी समिति बैठक। अन्तिम समयसम्म प्रयास जारी राख्दै संविधानसभा बचाउनुपर्ने निर्णय।

- साँझ ५ बजे सरकारलाई सर्मथन गरेका साना १२ दलको बैठक। तीन साताभित्र राष्ट्रिय सहमति सरकार गठन गर्नेगरी संविधानसभाको म्याद थप्न सुझाव।

- बेलुकी एमाले स्थायी समिति बैठक। प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार सदनमा सम्बोधन गर्ने निर्णय।

- राति पौने ९ बजे कांग्रेस नेता कृष्ण सिटौला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेट।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस