काठमाडौं- कल्कलाउँदो उमेरमा हिरो बन्ने रहर जागेपछि राजधानी छिरेका थिए पाल्पाका तारानाथ न्यौपाने । विगत आठ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा संघर्ष गदैछन् उनी । हिरो चाहिँ बनेनन् । बरु हिरोहिरोइनलाई अभिनय गराउने निर्देशकीय भूमिकामा दरिए । दर्जनौं फिल्ममा सहनिर्देशकको अभिभारा निर्वाह गरिसकेका न्यौपाने एक जुझारु फिल्मकर्मी हुन् । ‘हिरो बन्न आएको थिएँ,’ न्यौपाने भन्छन्, ‘तर क्ल्यापब्वाई भएर काम थालेँ ।’ जब निर्देशकले एक्सन भन्ने बेला आउँथ्यो उनी फिल्मको क्ल्यापबोर्ड बोकेर कलाकार अघिल्तिर उभिन्थे ।
उतिबेला चलेका हिरो तथा कलाकारले अभिनय गरिरहँदा उनीभित्रको अभिनय गर्ने रहर उर्लेर आउँथ्यो । न कुनै आफन्त । न कुनै चिनजान । न त फिल्मको विषयमा धुमधाम पढेर आएको व्यक्ति नै थिए उनी । प्लस टुको पढाइ बल्ल भ्याएका थिए । त्यसैले तल्लो तहदेखि संघर्ष गर्नुप¥यो ।
हँसिलो अनुहार । वैशालु शरीरमा हिरोका लागि चाहिने शारीरिक सुगठन उनमा थियो । तर त्यतिले मात्र हिरो हुन नसकिने रहेछ । ‘आधारभूत कुरा सिक्नैपर्ने भएपछि म तलै बसेर काम सिक्न थालेँ,’ उनी स्मरण गर्छन्, ‘जसका लागि चिया पु¥याउनेदेखि सबैका लागि सामग्री ओसार्नेसम्म काम गरियो ।’
बिस्तारै निर्देशकको नजिकमा रहेर काम गर्न थालेपछि भने उनले फिल्म के हो भनेर बुझ्न थाले । फिल्मको कथा अनुसार कलाकारलाई अभिनय गराउने । सिंगो टिमलाई कामका लागि परिचालन गर्ने, फिल्मलाई रचनात्मक रुपमा उकास्ने लगायतका निर्देशकीय गुण सिकेपछि भने निर्देशकको दाहिने हात अर्थात् मुख्य सहायक निर्देशक भएर काम गर्ने मौका पाए ।
सहनिर्देशक भएर अहिलेसम्म ४४ वटा फिल्ममा काम गरिसकेका छन् न्यौपानेले । ‘पहिलेपहिले हामीजस्तो तलको मान्छेलाई कसैले गन्दैनथे,’ उनी निर्देशकिय जगजगीको समयका कुरा सुनाउँछन्, ‘क्ल्यापब्वाई हुँदा खाएको गाली सम्झेर एक्लै कति रोएँ पनि ।’
अहिले समय बदलिएको छ । निर्देशक, निर्माताको चाकडीभन्दा पनि टिमवर्क गरेर फिल्म राम्रो बन्छ भन्ने मान्यताले ठाउँ लिँदै गएको छ । अचेल त युनिटको कुनै जुनिएर टेक्निसियनले सुझाव दिँदा पनि निर्देशकले ध्यान दिन थालेको अनुभव छ ।
सुरुका दिनमा भान्सेले ‘सानो डाइरेक्टर साबलाई चिया लग्दे त,’ भनेपछि उनले थाहा पाएका थिए, निर्देशकभन्दा मुनि पनि अरु निर्देशक हुँदो रहेछ । त्यही मान्छे बन्ने धुनमा उनले मेहनतका कयौं पापड पेले ।
सँगैका धेरै साथी फिल्म क्षेत्र छाडेर विदेशिए । तर उनी गएनन् । उनीहरुले बढी पैसा कमाए होलान्, तर आपूmले नेपालमै बसेर सिप सिक्न पाएकोमा सन्तुष्ट छन् ।
हिट फिल्म ‘पशुपतिप्रसाद’मा काम गर्दा आर्यघाटमा जलेका लासहरु देखेर कति दिनसम्म उनले राम्ररी खानासम्म खाएनन् । कथा सपाटजस्तो लाग्थ्यो, तर दर्शकले यसको प्रस्तुति निकै मन पराएपछि उनले थाहा पाए । निर्देशकसँगै पटकथा पनि बलियो बने फिल्म राम्रो बन्छ ।
उनले आफ्नो काममा कहिल्यै सम्झौता गरेनन् । ‘फन्को’को सुटिङ सुरु हुँदा उनको बिहे भएको दोस्रो दिन थियो । नयाँ दुलही छाडेर पनि उनी युनिटसँगै गए ।
‘पुरानो धार’का फिल्मका निर्मातानिर्देशकसँग लामो अनुभव बटुलेपछि उनी नयाँ सोचका साथ अघि आएका निर्देशकहरुसँग काम गर्न थाले । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, राम गुरुङलगायत नयाँ निर्देशकका ‘कबड्डी कबड्डी’, ‘टलकजंग भर्सेज टुल्के’, ‘पशुपतिप्रसाद’, ‘फन्को’जस्ता फिल्ममा सहनिर्देशक भएर काम गरे ।
पछिल्लो समय ‘पुरानो डुंगा’, ‘लभ लभ लभ’, ‘घामपानी’जस्ता नयाँ फिल्ममा उनको सहनिर्देशन रहेको छ । अराज केशवको निर्देशन रहेको ‘जालो’ नामक एउटै सटको फिल्ममा अहिले व्यस्त छन् उनी ।
नयाँ प्रविधिले फिल्मको स्तरमा पनि असर पार्छ । यी सबै कुरा बुझेका उनी आफूलाई समयसापेक्ष अपडेट राख्छन् । फिल्मको कमाइले जीवन गुजार्न पहिलेभन्दा सहज हुँदै गएको उनको अनुभव छ ।
‘म एकदिन बन्ने त राम्रो निर्देशक नै हो,’ उनी आफ्नो भविष्यका बारेमा बोल्छन्, ‘जुन दिन सक्षम भएजस्तो लाग्छ, राम्रो कथा, निर्माता र टिम मिल्छ, त्यो दिन पूर्ण निर्देशनमा उत्रन्छु ।’