‘कम्प’ लिएर शारदा
०५ असोज २०७३
•
५ मिनेट पाठ
‘कम्प’ लिएर शारदा
काठमाडौं–तीन दशकभन्दा बढी समय साहित्यका विभिन्न विधामा कलम चलाइसकेकी शारदा शर्माको १२ औं कृति ‘कम्प’ सोमबार बजारमा आएको छ । २०६९ सालमा निस्केको ‘ताप’पछि अर्को आख्यान कम्प आएको हो ।

प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा लेखिकाकी आमा राधाकुमारी शर्माले सोमबार ‘कम्प’ विमोचन गरेकि थिइन् । प्रकाशक तथा समीक्षक अर्चना थापाका अनुसार शर्माको आख्यान नायिकाप्रधान छ । पृथ्वीलोकदेखि यमलोक हुँदै नायिकाले नर्कलोकसम्म तय गरेको यात्राको कथा आख्यानमा बुनिएको थापाले सुनाइन् । ‘पाठकलाई कुनै न कुनै पक्षले तान्ने छ,’ उनले भनिन्, ‘आख्यानमा नारी पीडा र भूकम्पको कम्पन दुवै छ ।’

अन्य आख्यानमा जस्तो यसको नारी चरित्र पुरुषको छाया नभएर स्वतन्त्र चरित्रका रुपमा अगाडि आएको र पुरुषलाई देवत्वकरण नगरी मानवकै रुपमा चित्रण गरिएको दाबी उनी गर्छिन् । लेखकको कल्पनाशीलताले लेखनशैली नै फरक बनाएको उनले उल्लेख गरिन् । ‘नर्कमा के हुन्छ भन्ने खुल्दुली आख्यानले मेटाउने छ,’ उनले भनिन्, ‘त्यहाँ पीडामात्रै हुन्न मोबाइल, फेसबुक अनि सिसिटिभी पनि हुने रैछ ।’ जातीय पहिचानको मुद्दा, लैगिंक मुद्दा र नेपाली समाजमा अहिले उठेका मुद्दा उठान गरिएका कारण आख्यान रोमाञ्चक भएको टिप्पणी थापाले गरिन् ।

अर्का समीक्षक खगेन्द्र संग्रौलाले पुराणको शल्यक्रिया कम्पले गरेको प्रतिक्रिया दिए । ‘स्वतन्त्रता, अस्मिता र समानताको लडाइँ यथार्थ हो,’ संग्रौलाले भने, ‘त्यो नर्क अन्त हैन नेपाल नै हो ।’ नर्कमा जे जे भैरहेको आख्यानमा उल्लेख छ नेपालमा त्यही भैरहेकाले नेपाल नै नर्कका रुपमा चित्रण भएको उनी सुनाउँछन् । संग्रौलाले आख्यानमा नेपाललाई यमलोक, भारतलाई गन्धर्वलोक र परदेशका रुपमा अमेरिकाको चित्रण गरिएको उल्लेख गरे ।

प्रेतयोनीमा पुगेकी नायिकामाथि पाप गरेको आरोप लगाउँदै यमराजले बैतर्नी तर्नुपर्ने सजाय सुनाएपछि उसले विद्रोह गरेको कथा कम्पमा छ । समकालीन नेपाली राजनीति, अर्थनीति र समाजमा जे जति आडम्बर र ढोंगहरु छन् ती सबै शर्माले आफ्नो आख्यानको खुराक बनाएकी छन् ।

प्रमुख अतिथि राष्ट्रकवि माधव घिमिरेले नारीको प्रेमलाई पुरुषले वासनाको अर्थमा लिने प्रवृत्ति आख्यानले केलाएको प्रष्ट्याए । ‘नर्क पनि विभेद रहेको कम्पले देखाउँछ,’ घिमिरेले भने, ‘पहुँच नहुनेले नर्कमा पनि भेदभाव खेप्नुपर्छ र दुःखै पाउँछ ।’

गरुड पुराणमा स्त्री र दलितप्रति गरिएको अनुचित व्यवहारकै उपजका रुपमा कम्प आएको शर्माले बताइन् । सासुको किरिया बस्दा सुनेको गरुड पुराणले उनीभित्र नजानिँदो विद्रोह उम्रेको थियो । त्यसपछि गत वर्षको भूकम्प, दलीय भागबन्डा, नाकाबन्दी, संविधान निर्माणजस्ता गतिविधिले नेपालीमा छाएको निराशा र दुःख सबै उनेर आफूले कम्प तयार पारेको उनले बताइन् । ‘आफ्नै वरिपरिको परिवेश र पात्र प्रस्तुत गर्दा रमाइलो र अप्ठेरो दुवै भयो,’ शर्मा भन्छिन्, ‘जिउँदो हुँदा नै नर्कको अनुभव भोगिरहेकाको व्यथा हो यो ।’

जीवन र मृत्यु अनि लोक र परलोकमा विश्वास राख्ने नेपाली पाठकमाझ शर्माको आख्यान रुचीकर हुने दाबी प्रकाशकले गरेको छ । नेपाली समाजले कमजोर वर्ग, जाति र समुदायप्रति वर्षौंदेखि गरिआएको विभेदपूर्ण व्यवहारको प्रष्ट रुप नै कम्पका रुपमा पाठकले महसुस गर्नेछन् । सांग्रिला बुक्सले बजारमा ल्याएको आख्यानको मूल्य ४ सय ४८ रुपैयाँ छ ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस