काठमाडौं- सर्वमान्य नेता गणेशमान सिंहमाथि लेखिएको पुस्तक 'नेपाली प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष गणेशमान सिंह जीवन, संघर्ष र राजनीतिु सार्वजनिक भएको छ। लेखक तथा साहित्यकार जीवनाथ धमलाले लेखेको पुस्तकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विमोचन गरे। २००७ सालको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्म गणेशमानले खेलेका भूमिका र उनीप्रति विभिन्न व्यक्तिको दृष्टिकोण पुस्तकमा समेटिएका छन्। २०४८ र २०५१ सालको नेपाली कांग्रेसको सरकार गठन असमावेशी भएकोमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका गणेशमान दूरदर्शी नेता रहेको आशय पुस्तकले प्रकट गरेको लेखक धमला बताउँछन्। पुस्तक पाँच खण्डमा छ।
पुस्तकको समीक्षा गर्दै तीर्थ मिश्रले पहिलो खण्ड पुस्तकको मुख्य आधार भएको बताए। यसमा उनी हिराकाजीबाट गणेशमान कसरी बने प्रष्ट्याइएको छ। ‘गणेशमान दरबार हाइस्कुलमा पढ्दा राणा र गैरराणाको भेदभावबाटै उनी राणाविरोधी भए,ु मिश्रले भने।
राजनीतिक आन्दोलनका क्रममा कडा सुरक्षा भएको जेलको पर्खाल नाघेर प्रवासबाटै आन्दोलनमा होमिनसक्ने सुरा नेता गणेशमान नै भएको कुरा नयाँ पुस्ताले पुस्तकबाट थाहा पाउन सक्छन्। तर पुस्तकले अनुसन्धानात्मक पाटो भने पहिल्याउन नसकेको मिश्र उल्लेख गर्छन्।
भविष्यमा अनुसन्धान गर्नेहरुका लागि भने यो राम्रो स्रोत हुनसक्ने औंल्याए। २००७ सालको आन्दोलनपछि पार्टीको विवादमा के भयो र उनले पार्टी किन छाडे भन्ने विषय खोतल्न सकेको भए पुस्तक अझ फलदायी हुनसक्ने अर्का समीक्षक पुरुषोत्तम दाहालले सुनाए।
उनले '२०१६ मा बिपीको सरकारमा गणेशमान के भनेर गएरु २०३३ मा राष्ट्रिय एकताको मेलमिलापको नीति के भनेर स्विकार गरेरु जस्ता प्रश्नको उत्तर पुस्तकले दिन सकेको भए राम्रो हुनेु सुझाए।
पार्टीको असमावेशी नीति २०६२र२०६३ को आन्दोलनपछि सच्चिनुले गणेशमान उतिबेला नै अहिलेको भविष्य बु‰न सफल थिए भन्ने देखाएको प्रमुख अतिथि तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बताए। 'अहिलेको संविधान र राज्य समावेशी भइसकेको छ, जुन उहीबेला सिंहले परिकल्पना गरेका थिए, तर उतिबेला जातीवादको तितो आलोचना सिंहले खपेका थिए, देउवाले थपे।
उनले गणेशमानसँग संगत गर्दाको स्मरण पनि सुनाए। ‘पञ्चायती शासनमा राजाविरुद्ध बोल्न निकै डरको कुरा हुन्थ्यो, उहाँ भने सुन्दरीजल जेलबाट भर्खरै छुटेका बेला राजालाई भयंकर गाली गर्नुहुन्थ्यो,' देउवाले सम्झे, ‘साँच्चै डरबाट मुक्त नेता, कहिले नझुक्ने नेता हुनुहुन्थ्यो।' गणेशमानले आफूलाई उतिबेला पनि निकै मन पराउने र सहयोग गर्ने गरेको सुनाउँदै भारत प्रवासमा छँदा बिहानै उठाएर युवा नेताहरुलाई दगुर्न लगाएको पनि देउवाले सुनाए।
गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष प्रकाशमान सिंहले पुस्तकले राष्ट्रियताप्रति चिन्ता गर्नेहरुलाई आश्वस्त पार्नसक्ने शिक्षा दिने दाबी गरे। सिंहका विचार अझै मननयोग्य रहेको उनले खुलाए। प्यासिफिक पब्लिकेसनले बजारमा ल्याएको पुस्तक भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा सर्वाधिक बिक्री भइरहेको प्रकाशक ओमप्रकाश खरेलले बताए। ३२० पृष्ठको पुस्तकको मूल्य ४३० रुपैयाँ रहेको छ।