गीत गाउँदै खेमराजको बिदाइ
१३ भदौ २०७३
•
७ मिनेट पाठ
गीत गाउँदै खेमराजको बिदाइ
काठमाडौं- वारि जमुना पारि जमुना




जमुनाको फेदमा मनकामना

कस्को छोरा कस्को छोरी

पर्‍यो माया जालमा

मरेपछि गंगाजीलाई

बाँचे हजुरी हजुरलाई

संखुवासभाजस्तो पहाडमा जन्मे पनि उनीसँग गिटार कहिल्यै टुटेन। घरको पिँढी होस् वा गाउँको चौतारो। वरिपरि गाउँले जम्मा गरेर गित सुनाउन बसुन्जेल कहिले छाडेनन्। मनकामना मन्दिरमा मेला लाग्दा गाउँलेसँगै उनी गाउँथे 'वारि जमुना पारि जमुना।' गाउँलेमाझ मात्र चर्चित यो गीत जब स्टुडियोमा रेकर्ड भयो तब बालबालिका होस् वा बुढापाका सबैको नाँच्ने रमाउने गीत बन्यो।

उनै गायक खेमराज गुरुङ भने आफ्नै गीतमा व्यक्त गरिएका शब्दझैं आइतबार गंगाजीमा बिलिन भए। ‘यस्तो रमाइला कि गाउँघरका सबै बालबालिका उनको गीत सुन्न उनकै अघिपछि झुम्मेर हैरानै गर्थे,' गायिका तथा गाउँले सखा पुस्तका खड्काले भनिन्, ‘चाडबाड आएपछि त खेमदाइ नभई रौनकै छाउँथेन।'

हरेक वर्षको एकादशीमा लाग्ने मेलामा मात्र होइन तिहारमा देउसी खेल्दा पनि उनको गीत घन्किन्थ्यो। गाउँमा गाएको गीतको लोकभाका टपक्क टिपेर रेकर्ड गरेपछि सबै नेपालीको मनमै बस्यो।

गाउँमा गीत गाउने, सचेतना भर्ने नाटकहरु गर्ने अनि गाउँलेलाई सधैं हँसाउने खेमराज कहिल्यै कसैको अप्रिय भएनन्। आफूमात्र अघि बढ्ने स्वार्थी स्वभाव उनमा कहिल्यै पलाएन। ‘हामीलाई यसो गरी गाउँ उसो गरी स्वर मिलाउन भनेर निकै सहयोग गर्नुहुन्थ्यो,' गायिका पुस्तका थप्छिन्, ‘नयाँलाई सिकाउन सधैं अगाडि आउनुहुन्थ्यो।' केही दिनअघि बाटोमा भेट हुँदा अब फेरि संगीतमा केही गर्नुपर्छ है भनेको झल्झली सम्झन्छिन्।

संखुवासभा कस्को भन्दा खेमराज गुरुङको भन्ने अवस्था उनले नै बनाए। उनको निधन भएपछि सिंगो संखुवासभा शोकमग्न छ। शवमात्र हेर्न पनि आइतबार बिहान हजारौंको भीड उनको जिल्लामा लागेको थियो।

पछिल्लो समय उनी विकाससँगै संगीतलाई जोड्ने बाटोमा थिए। 'पर्यटन सम्बन्धी गीतिएल्बम निकाल्दै थियौं,' उनका निजी सचिव धु्रव दिवानले भने, 'संखुवासभामा सिक्किम स्टेटको अवधारणामा विकास निर्माणको काम पनि गर्दैथियौं।'

अघिल्लो महिना मध्यतिर उनी अमेरिका जाने तय भएको थियो। तर गाउँठाउँको काम र संगीतको कामले रोकिए। जुन दिन उनी पुनर्स्थापना केन्द्र लगिएका थिए, त्यस दिन इटहरी जान लागेका थिए। मदिरा छुटाउन उनको परिवारका सदस्यले पुनर्स्थापना केन्द्र जान भने पनि उनी काममै जुटिरहेका थिए। मदिराको लत पूरै छुटाएर स्वच्छ बन्ने चाहना खेमराजमा पनि तिब्र थियो। तर समय मिलिरहेको थिएन। एक्कासि नार्कोनन पुगेका उनी बिरामी भए। अस्पताल भर्ना भए। उपचारकै क्रममा उनको धिन भयो।

संखुवासभास्थित नदीकिनारलाई पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्ने कार्य चलिरहेको छ। जसका लागि तीन महिना अघिमात्रै एउटा गुम्बाको निर्माण खेमराजले सकेका थिए। उनले राजधानीको चमकधमकमा संगीतको संगत गरे पनि आफ्नो पुर्ख्यौली थलो कहिले बिर्सेनन्। आफ्नो ठाउँ, आफ्नो गाउँ र आफ्ना गाउँलेमाझ सधंै अपनत्व दर्शाइरहे।

'एकदमै मृदुभाषी रमाइलो गर्नुपर्ने मान्छे हो,' उनका सबैभन्दा नजिकका साथी राजेशपायल राईले सुनाए, 'अरुलाई दुःख पर्दा आफूसँग केही नराखी पनि दिने गर्थे।'

उनले खेमराजसँग नयाँ एल्बममा काम गर्ने तयारी अधुरै रहेको सुनाए। राईले 'शिरैफूल शिरबन्दी', 'मन पर्‍यो' र 'जूनघाम' बोलका गीतमा खेमराजसँग सहकार्य गरेका थिए। 'दर्शन नमस्ते ३'मा कुन गीत समावेश गर्ने भन्ने छलफल चलिरहेकै बेला खेमराजको निधन भयो। परिवारको एकमात्र छोरा गुमाएपछि उनकी आमा सबैभन्दा बढी दुःखी देखिन्थिन्।

'तेरो छोरा यति दिनमा मर्छ भनिदिएको भए त्यति दिनमा आफ्नो सबै इच्छा पूरा गथर्ें तर कसैले भनिदिएनन्,' आमा तुल्सीमाया एकमात्र छोरा गुमाउनुपर्दाको पिडा अरुसँँग पोख्दै थिइन्। आइतबार राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा आफन्त, कलाकार र शुभचिन्तकहरुले उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै थिए।

कलाकारका लागि पनि केही गर्नुपर्छ भन्ने सोच राख्ने गुरुङ सक्रिय रहेर काम गर्ने कलाकार भएको जनसंास्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्द्र राईले बताए।

श्रद्धाञ्जली कार्यक्रममा सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री राम कार्कीले राष्ट्रिय झण्डा ओढाई सम्मान गरे।

श्रद्धाञ्जली सभामा कलाकारहरुले उनको लोकप्रिय गीत 'वारि जमुना पारि जमुना' गाएर सम्मान व्यक्त गरे। संगीत संघले कलाकारका तर्फबाट सम्मान दियो। त्यस्तै जनसांस्कृतिक संघका तर्फबाट अध्यक्ष खगेन्द्र राईले सम्मान चढाए।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल तथा एमालेका नेताहरु सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, लालबाबु पण्डित लगायतले श्रद्धाञ्जली दिए। आमा तुल्सीमाया गुरुङ, पत्नी गुडिया गुरुङ, छोराहरु सुगम र सलिम सहित तीन दिदीबैनीलाई छाडेर खेमराज पशुपति आर्यघाटमा गंगाजीमा अल्पिए।

डेढ सयभन्दा बढी गीत गाएका गुरुङका आठवटा एल्बम निस्केका थिए।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस