चितवन–पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको पुस्तक 'कुटनीति र राजनीति' ले चितवनका पाठकसँग साक्षात्कार गरेको छ। उनको पुस्तक एउटा संस्मरण हो वा आत्मवृतान्त भन्ने विषय स्पष्ट नभएको भन्दै पाठकहरुले पाण्डेसँग जिज्ञासा राखेका थिए।कविडाँडा साहित्य समाज चितवनले शनिबार आयोेजना गरेको साक्षात्कारमा पुस्तकका टिप्पणीकार विनोदखण्ड तिमल्सीनाले पुस्तकमा नेपाल र भारतसँगको कुरामात्र भनइ दक्षिण एसियाली राजनीतिको पनि सार पुस्तकमा रहेको जिकिर गरे। तर विपी र राजा महेन्द्रको विश्वासपात्र एउटै व्यक्ति बन्न सक्छ र ? भन्ने सन्देह भने पाठकले लिएको बताए। कुटनीति र राजनीतिमा रमेशनाथ पाण्डेमा अलि सजग रहनु है भन्ने भाव पुस्तकले पाठकलाई दिएको उनले उल्लेख गरे।
अर्का टिप्पणीकार शिक्षाविद् रमाकान्त सापकोटाले यता विपीलाई राजनीतिको स्रोत र साधन उपलब्ध गराउने उता राजा महेन्द्रलाई पत्रिका पढाउने जस्ता कार्य एकैमेसोमा पाण्डेले गर्न भ्याएको पुस्तकले जनाउने बताए । 'त्यतिखेर राजाले उनीमाथी गरेको विश्वास राजा महेन्द्र, वीरेन्द्र ,दिपेन्द्र र ज्ञानेन्द्रसँगको अन्तरंगले प्रष्ट पारेको छ,' उनले भने,' तर गणतन्त्र आएपछि म दरबारिया होइन भनेर चोखिन खोजेको पनि लेखकले देखाएका छन।' पुस्तकको मार्मिक पक्ष हिजोको धङधङी र आजका नेताहरुको भिडमा नेपाली समाज रुमल्लिएको भन्ने उजागर रहेको छ । साहित्यकार एल बि क्षेत्रीको अध्यक्षतमा भएको साक्षात्कारमा राम लोहनी र इन्दिरा सापकोटाले पनि पुस्तकमाथि टिप्पणी गरेका थिए।
कहिले कस्को पक्षमा त कहिले कस्को पक्षमा देखिएर पाण्डेले आफ्नो छुट्टै पहिचान भने बाउन नसकेको पाठकले प्रतिक्रिया दिए। राजतन्त्र र प्रजातन्त्रकोबीचकोे पुलमा सवार रहेपनि त्योबीचमा गणतन्त्र ल्याउदा भएका घटनाक्रमहरु भने चटक्कै विर्सिएको आरोप एकथरी पाठकले लगाए । भारतको वर्तमान दृष्टीकोण नेपालको लागि कस्तो हो र यसले किन नाकाबन्दीमा बल दिइरहेको छ भन्ने प्रश्नको चोटिलो जवाफ पाण्डेले दिए।