पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
२३ कार्तिक २०८३
•
६ मिनेट पाठ
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

परम्परागत बाजाको गुञ्जन, आकर्षक वेशभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासत मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधता समेत उजागर गर्दै आएको छ।

पुस्तौँदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायको साझा सांस्कृतिक पहिचान हो। सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिका स्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन्।

यस वर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ। नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रदर्शन गरेको छ। दुवै समाजले सन्धिखर्क लगायत विभिन्न स्थानमा भैरव नाच देखाएका छन्।

भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ। अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ। अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ। यसले नाचलाई सामान्य मनोरञ्जनभन्दा माथि उठाएर धार्मिक आस्था र परम्परागत अनुशासनसँग जोडेको छ।

भैरव नाचमा काल भैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेतभैरव र रक्तभैरव सहायक पात्रका रूपमा रहन्छन्। उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।

पात्रअनुसार फरक रङ, शृङ्गार र पहिरन प्रयोग गरिन्छ। भैरवको स्वरूप धारण गर्ने कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ। चमरका रूपमा चौँरी गाईको पुच्छर प्रयोग गर्ने चलनसमेत छ।

यी वेशभूषा र शृङ्गारले नाचलाई दृश्यात्मक रूपमा आकर्षक बनाउनुका साथै पात्रको धार्मिक महत्त्व पनि झल्काउँछन्। समय क्रममा शृङ्गारका सामग्रीमा केही परिवर्तन र नयाँ सामग्रीको प्रयोग भए पनि यसको मौलिक स्वरूप र धार्मिक मान्यता जोगाउनुपर्नेमा समुदाय सचेत छ।

भैरवको स्वरूपमा सजिएका कलाकारलाई भगवानको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको संयोजक श्रेष्ठ बताउँछन्। नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ र त्यसपछि निर्धारित ताल तथा परम्पराअनुसार प्रस्तुति अगाडि बढाइन्छ।

यस नाचको अर्को विशिष्ट पक्ष सात तालको लय हो। सामान्यतया सात तालसम्म नाचिने भैरव नाचमा प्रत्येक तालको गति र प्रस्तुति फरक हुन्छ।

अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ। त्यसपछि छोटो विश्राम लिएर अर्को ताल सुरु गरिन्छ। सातवटै तालको आफ्नै विशेषता हुने भएकाले नर्तक र बाजा बजाउने कलाकार बीचको तालमेलले नाचलाई थप आकर्षक बनाउँछ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार भैरव नाचमा खीं बाजा अर्थात् मिर्दुङ मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ। यसका अतिरिक्त झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरी लगायतका बाजा बजाइन्छन्।

यी बाजाको विशिष्ट धुनसँगै नर्तकको चाल र ताल मिल्दा नाचको मौलिकता झल्किन्छ। मुख्य बाजा बजाउने व्यक्ति नेवार समुदायका हुने परम्परा रहे पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिसमेत सहभागी हुने गरेका छन्। यसले समुदायबीचको सांस्कृतिक सहकार्यलाई समेत अभिव्यक्त गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

भैरव नाचमा धार्मिक तथा तान्त्रिक विधिलाई विशेष महत्त्व दिइन्छ। स्थानीय जनविश्वासअनुसार पाँचौं र छैटौं तालमा तान्त्रिक विद्यामा निपूर्ण व्यक्तिमा भैरव उत्रिने गर्छन्। यस्तो अवस्थामा नर्तक मात्र नभई दर्शकसमेत काम्ने गरेको विश्वास स्थानीयमा छ।

विधि र पूजामा त्रुटि भए क्षति हुन सक्ने मान्यता रहेकाले नाचको तयारीदेखि विसर्जनसम्म विशेष सावधानी अपनाइन्छ। यही विश्वास र अनुशासनले यस नाचलाई अन्य मनोरञ्जनात्मक प्रस्तुतिभन्दा अलग पहिचान दिएको छ।

भैरव नाचको कार्यक्रममा धार्मिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिन्छ। लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाच जस्ता प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउँछन्। यसबाट स्थानीय कलाकारले आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनुका साथै विभिन्न परम्परागत नृत्य र सीपको संरक्षणमा समेत सहयोग पुग्ने गरेको छ।

सन्धिखर्क नगरपालिका–१ का माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक तथा प्रचलित नाच भए पनि यसको लोकप्रियता समुदायको सीमाभन्दा बाहिरसम्म फैलिएको छ।

सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने भैरव नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन्। नाच हेर्न नेवार समुदायका अतिरिक्त अन्य समुदायका मानिसको समेत उल्लेख्य सहभागिता रहने गरेको छ।

भैरव नाच पश्चिम नेपालका विभिन्न जिल्लामा प्रचलित छ। अर्घाखाँचीका अतिरिक्त पाल्पा, बागलुङ र दैलेख लगायतका क्षेत्रमा पनि यससँग सम्बन्धित परम्परागत नाच प्रदर्शन गरिन्छ।

ठाउँअनुसार यसको शैली र प्रस्तुतिमा भिन्नता पाइन्छ। कतिपय स्थानमा कालिका नाच वा लाखे नाचका रूपमा समेत चिनिने यस्ता परम्पराले पश्चिम नेपालको सांस्कृतिक विविधता झल्काउँछन्।

अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा पनि लोकप्रिय रहेको भैरव नाच संरक्षण समितिका संयोजक श्रेष्ठ बताउँछन्।

रोजगारी, व्यापार र अध्ययनका सिलसिलामा जन्मथलोबाट टाढा पुगेका समुदायले आफ्नो मौलिक संस्कृति जोगाउन गरेको प्रयास पनि उल्लेखनीय छ। यस वर्ष बुटवलमा नेवा समाज अर्घाखाँची–रुपन्देहीले गरेको भैरव नाच प्रदर्शन त्यसैको उदाहरण हो।

यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक इतिहाससँग परिचित गराउनुका साथै विभिन्न स्थानमा रहेका समुदायबीच सम्बन्ध र आत्मीय कायम गर्न सहयोग पुर्‍याउँछन्।

यद्यपि बदलिँदो जीवनशैली, आधुनिक मनोरञ्जनका माध्यम र नयाँ पुस्ताको रुचिका कारण परम्परागत संस्कृतिको निरन्तरतामा चुनौती थपिँदै गएको छ। भैरव नाचलाई जीवन्त राख्न वर्षमा एकपटक प्रदर्शन गरेर मात्र पुग्दैन। यससँग सम्बन्धित धार्मिक विधि, सात तालको ज्ञान, बाजा बजाउने सीप, वेशभूषा तयार गर्ने कला र ऐतिहासिक पृष्ठभूमिबारे नयाँ पुस्तालाई सिकाउनु आवश्यक रहेको उनको तर्क छ।

समुदायका ज्येष्ठ नागरिक तथा अनुभवी कलाकारसँग रहेको ज्ञानलाई लिखित, श्रव्यदृश्य र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्न सके भविष्यका पुस्तालाई परम्परा हस्तान्तरण गर्न सहज हुनेछ। स्थानीय तह, सांस्कृतिक संस्था, नेवार समुदायका अगुवा र युवाबीच सहकार्य बढाएर विद्यालयस्तरमा स्थानीय संस्कृतिबारे जानकारी दिने तथा नियमित अभ्यास र प्रदर्शनका अवसर सिर्जना गर्न सकिन्छ।

अर्घाखाँची प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिकस्थलका साथै मौलिक संस्कृतिका दृष्टिले पनि महत्वपूर्ण जिल्ला हो।

भैरव नाचको व्यवस्थित प्रचारप्रसार र संरक्षणले जिल्लाको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्छ तर यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा मात्र नभई धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको सम्पदाका रूपमा सम्मान गर्न आवश्यक रहेको बताइन्छ।

काल भैरव, श्वेत भैरव र रक्त भैरवका विशिष्ट स्वरूप, सात तालको लय, परम्परागत बाजाको गुञ्जन र तान्त्रिक पूजाविधि भैरव नाचका पहिचान हुन्। पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको यो परम्परा आज अन्य समुदायको सहभागिता र समर्थनसमेत प्राप्त गर्दै अघि बढिरहेको छ। यसको संरक्षणले एउटा नाचको निरन्तरता मात्र होइन, अर्घाखाँचीको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको संरक्षणमा समेत योगदान पुर्‍याउनेछ।
अर्को समाचार
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
१५ घण्टा अघि
•
१ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
बाँके। नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ।

हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालको विभिन्न जिल्ला र भारतबाट समेत सयाैं साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैचामा बिताइरहेका छन्। 

हडियाबाबाको ६१औ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधुसन्त सहभागी भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताए।

“रातको समयमा पनि साधुसन्त मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ,” अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधुसन्त तथा हडियाबाबाका भक्तजनलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ।”

हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट पनि साधुसन्त, महत्मा आउने गरेको बताए।

उनका अनुसार मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रम आयोजना हुन्छ। मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खानानास्ता लगायतको व्यवस्थापन गर्ने गरिएको छ।

मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तलाई बिदाइको बेला कम्बल, दक्षिणा आदिको व्यवस्था गरिएको अध्यक्ष वैश्यले बताए।

करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला छ। पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ। शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो। 

करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहीआएकाले बाँके र भारतका विभिन्न क्षेत्रबाट साधुसन्त तथा हडियाबाबाका भक्तजन प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष वैश्यले बताए।  

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगैँचा रहेको छ। सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन  छ। अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

रामलीला धार्मिक नाटक पनि मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको ठूलो सङ्ख्यामा सहभागी हुने गरेको छ। मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न टाढा टाढाबाट झक्तजन आउने गरेको स्थानीय अगुवा सुधिर गुप्ताले बताए। - रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस