डबल 'ए' माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
१२ कार्तिक २०८२
•
२ मिनेट पाठ
डबल 'ए' माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा क्षेत्रमै पहिलो जीवन बिमा कम्पनी बनेको छ।  




नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै गत आर्थिक वर्ष २०८१-८२ को असार मसान्त सम्ममा कुल बिमा शुल्कको हिसाबले २७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ।  

कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ जुन नेपाल बिमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो। कम्पनीलेकरिब ९४ प्रतिशत लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ। आर्थिक वर्ष २०८०-८१ मा कम्पनीले रू.२.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो।  

नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ। जीवन बिमा क्षेत्रको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ। यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ।  

कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवनबीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्‍याएको छ । साथै, आर्थिक वर्ष २०८१-८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकारअनुसार पर्याप्त छ । त्यस्तै, कम्पनीको २३३ अर्बभन्दा माथिको जीवन बीमा कोष र २४० अर्बभन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ।  

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ।  
अर्को समाचार
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
११ घण्टा अघि
•
१ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। यो नयाँ सेवाको घोषणामात्र नभई ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धता पनि हो। सेवाअन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘Free WorldLink Wi-Fi’ र ‘Time Back’ गरी तीनवटा प्रतिबद्धता सार्वजनिक गरेको छ।




यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समस्या समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।

‘तुरुन्तै’ : दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट

ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्र समस्या समाधान गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ। तोकिएको समयभित्र समस्या समाधान हुन नसकेमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ।
वर्षाका कारण मर्मतकार्य रोक्नुपरेमा वर्षा रोकिनेबित्तिकै प्रक्रिया पुनः अघि बढाइनेछ। कार्यालय समय अपराह्न ४ बजेपछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजे कार्यालय समय सुरु भएदेखि ‘तुरुन्तै’ प्रक्रिया लागू हुनेछ। यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि लागू हुनेछ।

‘Free WorldLink Wi-Fi’ : सबै ग्राहकका लागि, एक ट्यापमै

वर्ल्डलिंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको निःशुल्क वाइफाइ सेवालाई अझ सहज बनाएको छ। अब ग्राहकले myWorldLink एपबाटै एक ट्यापमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन्। यो सेवा असीमित (अनलिमिटेड) छ र वर्ल्डलिंकका सबै ग्राहकले कुनै बन्देजबिना प्रयोग गर्न सक्नेछन्।

‘Time Back’ : व्यापक इन्टरनेट सेवा अवरोधमा एक दिनको क्षतिपूर्ति

एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी सेवा अवरुद्ध भई त्यसको अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप एक दिनको इन्टरनेट सेवा थप गरिनेछ। क्षतिपूर्ति प्राप्त गर्न ग्राहकले myWorldLink एपमार्फत आफैँ क्षतिपूर्तिका लागि अनुरोध (Compensation Request) दर्ता गर्न वा नजिकैको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन्। यो सुविधा वर्ल्डलिंकका सबै ग्राहकका लागि लागू हुनेछ।

गतिसँगै भरपर्दो सेवाको प्रत्याभूति

‘ढुक्कको कनेक्सन’ सेवामार्फत वर्ल्डलिंकले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिएको जनाएको छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत (CTO) रविन्द्र महर्जनका अनुसार यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकामा ढुक्क बनाउनेछन्।

यस सेवामार्फत वर्ल्डलिंकले ‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने सन्देश अघि सारेको छ।

वर्ल्डलिंकबारे

सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो। ११ लाखभन्दा बढी फाइबर (FTTH) ग्राहक र करिब ३५ प्रतिशत बजार हिस्सासहित कम्पनीको सेवा हाल नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ। अत्याधुनिक प्रविधि, निरन्तर पूर्वाधार विस्तार र ग्राहककेन्द्रित सेवामार्फत देशभरका घरपरिवार, व्यवसाय तथा समुदायलाई भरपर्दो इन्टरनेट पहुँच प्रदान गर्ने लक्ष्यका साथ कम्पनी निरन्तर अघि बढिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस