कारागारबाट फरार दुई कैदी पक्राउ
२० असोज २०८२
•
१ मिनेट पाठ
कारागारबाट फरार दुई कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा बाँके र काठमाडौंकाे नक्खु कारागारबाट भागेका दुई जना कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ।




जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदाै २४ गते बाँकेकाे नौवस्ता कारागारबाट भागेका जबरजस्ती करणी मुद्वा कैदी २२ वर्षीय रतन वादीलाई साेमबार पक्राउ गरिएकाे हाे। उनलाई सुर्खेतकाे गुर्भाकोट नगरपालिका-६ नक्कलेमा लुकिछिपी बसेको अवस्थामा प्रहरी चौकी मेहलकुकीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।  

यस्तै भदौ २४ गते काठमाडाैंकाे नख्खु कारागारबाट फरार भएका गंगबहादुर भुरूङलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। सुर्खेतकाे लेकवेशी नगरपालिका-८ का गुरूङ पनि जवजस्ती करणी मुद्दामा थुनामा थिए। जेलबाट भागेर घर आएका भुरूङलाई इलाका प्रहरी कार्यालय लेकवेशीले साेमबार ११ बजेतिर घरैबाट नियन्त्रणमा लिएकाे थियाे।  

दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला कारागार सुर्खेत पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।
अर्को समाचार
कारागारबाट भागेका कैदी एक महिनापछि समातिए
१० माघ २०७८
•
३ मिनेट पाठ
कारागारबाट भागेका कैदी एक महिनापछि समातिए
घोराही कारागारबाट फरार भएका कैदी नाईके एक महिनापछि पक्राउ परेका छन्। गत पुस ८ गते कारागारबाट भागेका कैदी नाईके यमराज परियारलाई प्रहरीले बाँके स्थित नेपाल भारत सीमा क्षेत्र जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका कैदी परियारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।  




परियार गत पुस ८ गते बिरामी भएको नाटक गरी कारागारबाट निस्केका थिए। उनलाई उपचारका लागि भन्दै एक प्रहरीले मोटरसाईकलमा राखेर अस्पताल पुर्‍याउन भनि लिएर गएका थिए। परियार त्यसैक्रममा प्रहरीकै मोटरसाईकल लिएर भागेका थिए।  

एक महिनाअघि भागेका परियारको खोजतलास जारी राखेपनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन। सोमबार उनलाई बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिईएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार परियार सोही नाकाबाट भारत भाग्दै थिए। एसपी काफ्लेले यसलाई प्रहरीको ठूलो सफलता भएको बताएका छन्। ‘जमुनाहा नाकाबाट भारत प्रवेश गर्न थालेको सूचना पाएपछि नाका केन्द्रित खोजतलासका क्रममा परियारलाई जमुनाहा नाकाबाट नियन्त्रणमा लिएका हौँ,’ एसपी काफ्लेले भने, ‘यो प्रहरीको ठूलो सफलता हो।’  

परियारको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको संयोजकत्वमा टास्कफोर्स निर्माण गरिएको थियो। यो फोर्सले भारतीय सीमा प्रहरीसंगको समन्वयका आधारमा परियारलाई नाकाबाट नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले जानकारी दिए। ‘हामीहरुले भारतीय प्रहरीसंगको समन्वयका आधारमा पनि परियारलाई नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने, ‘यसर्थ परियारलाई नियनत्रणमा लिन भारतीय प्रहरीको पनि ठूलो सहयोग छ।’  

पक्राउ परेका परियारलाई अदालतमा पेश गर्ने र कारागार ऐन अन्तर्गत कारबाहीका लागि सिफारिस गरिने छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काफ्लेका अनुसार कारागार ऐन अन्तर्गत भगौडा परियारलाई पहिला भुक्तान हुन बाँकी कैदको डेढ गुणा बढी थप कैद सजाय हुने छ। ‘कारागार ऐनले कैदीहरु भागेको खण्डमा उनीहरुको कैद भुक्तान हुन बाँकी कैदको डेढ गुणा कैद सजाय थप हुने व्यवस्था छ,’ उनले भने, ‘परियारलाई पनि अब हामी सोही अनुसारको मुद्दा चलाउछौँ।’

ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई २०७२ भदौ १६ गतेदेखि परियारले कैद भुक्तान गरिरहेका थिए। उनले आफ्नै प्रेमिकाको हत्या गरेको मुद्दामा अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।  

७ वर्ष कैद भुक्तान गरेका उनी गत पुस ८ गते भागेका थिए। छालाको उपचार गर्न भनि कारागारबाट निस्केका उनले आफूसंग मोटरसाईकलमा रहेका प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाईकल लिएर भागेका थिए। उनले सुरुमा ति प्रहरी चौधरीलाई एक चिया पसलमा पुर्‍याएको र पछि घोराहीकै अर्को होटेलमा लगेका थिए। प्रहरीका अनुसार त्यहाँ केही युवतीहरुको समेत प्रयोग भएको थियो। प्रहरी जवान चौधरीलाई युवतीसंगको यौन कृयाकलापमा संलग्न गराई कैदी परियार उनै प्रहरीको मोटसाईकल लिएर फरार भएका थिए। कैदीले लिएको प्रहरीको मोटरसाईकल भने केही दिनपछि घोराही लमही सडक खण्डको मसोट भन्ने स्थान नजिकै जंगलमा फेला परेको थियो।  

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले भागेका कैदी नियन्त्रणमा आईसकेकाले उनलाई भगाउन सहयोग गर्नेहरुको पहिचान गर्न सहज हुने बताए। आफू भाग्नका लागि आर्थिक प्रलोभनमा पारेर परियारले ठूलै सेटिङ गरेको आशंकामा प्रहरी छ। ‘भागेको मान्छे समातिएको छ, अब उसंग हामीहरुले अनुसन्धान थाल्छौँ,’ एसपी काफ्लेले भने, ‘उसको अनुसन्धानका क्रममा यो प्रकरणमा मुछिएका थप मान्छेहरु कोको हुन्? भन्ने थप एकिन जानकारी प्राप्त हुने छ।’  

२ जना पूर्पक्षमा कारागार चलान  

कैदी भागेको प्रकरणमा संलगन रहेको आशंकामा पक्राउ परेका ७ जना मध्य २ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। घोराही कारागारका जेलर अमर ओलीका अनुसार भगौडा कैदी परियारलाई मोटरसाईकलमा लिएर जाने प्रहरी जवान धनबहादुर चौधरी र युवती समी चौधरी पूर्पक्षका लागि कारागार चलान भएका छन्। उनीहरु कैदी भगाउने मुख्य आरोपित मध्यका हुन्। यसैगरि यसै घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा आएका कारागारका तत्कालीन जेलर युवराज परियार लगाएत अन्य ४ जना धरौटीमा रिहा भएका छन्। अर्का एकजना भने साधारण तारेखमा छुटेको जेलर ओलीले जानकारी दिए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस