झण्डै तीन महिनाअघि सदरमुकाम गाईघाटस्थित पाथीभरा ज्वेलर्समा भएको चोरी घटनामा प्रहरी अझै पनि दोषीसम्म पुग्न सकेको छैन । त्रियुगा नगरपालिका ११ पिजीचोकस्थित पर्शुराम दाहालको घरको सटर फोडेर गत वैशाख १३ गते विहान सुन चोरी भएको थियो ।
पीडित विश्वकर्माका अनुसार पसलबाट सुनका विभिन्न १२ प्रकारका गरगहना, २ तोला काँचो सुन, चाँदीका गरगहना र गल्लामा राखेको नगद ६० हजार चोरी भएको थियो । पसलबाट सुनका चन्द्रहार, चिम्टी, औठी, टप, माईली तिलहरी, चन्द्रमा, झुम्का, शीरबन्दी, असर्फीलगायत विभिन्न ९३ थान गरगहना तथा १० टुक्रा काँचो सुन हराएको छ । त्यस्तै काँचो चाँदी र १० थान ब्रासलेट तथा पुराना गरनाहरु पनि हराएका छन् । विश्वर्माका अनुसार पसलबाट ६ तोला ५ आना ४२ लाल सुन र १० तोला काँचो र गहनासहित ६५ तोला चाँदी गरी करिब १४ लाख ३४ हजार २ सय २९ रुपैँया बराबरको सामान चोरी भएको थियो ।
बिहानको राति एक बजेसम्म आफू पसलमै रहेको तर बिहान ८ बजे आएर पसल हेर्दा सटर फोडेर चोरी भएको पाइएको बताउँदै विश्वकर्माले सिसी टिभि फुटेजसमेत संलग्न राखेर उजुरी दिए पनि अहिलेसम्म दोषी फेला नपर्दा आफू मार्कामा परेको गुनासो गरे । विश्वकर्माले घट्नामा संलगन दोषी पत्ता लगाएर कारबाही तथा क्षतिपूर्ति भराई पाउ भन्दै प्रहरीमा उजुरी दिए पनि न्याय नपाएको बताएका छन् ।
चोरी भएपछि अहिलेसम्म पसल बन्द रहेको र थप लगानी गर्न नसक्दा पसल खोल्न नसकेको विश्वकर्माले बताए ।
जिल्ला प्रहरी कार्यालयले चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको तर, अहिलेसम्म पत्ता लगाउन नसकिएको जनाएको छ । प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घट्नाबारे विभिन्न कोणबाट अनुसन्धान भईरहेको बताए । सुरक्षा पहुँचभित्रै पर्ने ठाउँको पसल भएकाले विहानीपखको मौन अवधिमा चलाखीपूर्ण तरिकाले चोरी भएकाले दोषी खुट्याउन हम्मेहम्मे भए पनि ढिलो चाँडो अपराधी प्रहरी नियन्त्रणमा पर्ने एसपी योगी बताउँछन् ।
क्याप्सनः वैशाख १३ गते चोरी भएपछि बन्द रहेको पाथीभरा ज्वेलर्स । तस्विरः महेश्वर