रोजाइ तपाईँकोः जनप्रेमी कि दलप्रेमी?
०६ फागुन २०७८
•
४ मिनेट पाठ
रोजाइ तपाईँकोः जनप्रेमी कि दलप्रेमी?
मतदानको विषयमा एउटा भनाइ छ- ‘तिमीले  राम्रो मान्छेलाई मात्र  जिताउन थाल्यौ भने दलहरू पनि राम्रै उम्मेदवारलाई मात्र  टिकट दिन बाध्य हुन्छन्।  




तर यसो हुन सकिरहेको छैन। पार्टीले जस्तालाई उठाए पनि त्यस्तालाई नै जिताउने मतदाताको प्रवृत्ति नफेरिनाले मुलुकले सोचेजस्तो प्रगति गर्न सकेको छैन। हरेक पाँच वर्षमा दलका उम्मेदवारले त चुनाव जित्ने गरेका छन् तर मुलुकले लगातार चुनाव हारिरहेको छ।

मतदाताले कस्तो निर्णय लिन्छन्, त्यसैमा मुलुकको भाग्य र भविष्य निर्धारित हुन्छ अनि दलले लिने निर्णंयले मुलुकको समृिद्धको बाटो तय हुन्छ। त्यसैले मतदाताको बदलिँदो मनोविज्ञानलाई ध्यानमा राख्नु जरुरी रहको विज्ञको भनाइ छ।  

‘दलहरूले अझै नेतृत्वमा मात्र ध्यान दिए तर नीतिमा दिएनन्’,राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘त्यसैले सोचेजस्तो परिवर्तन हुन सकेन।’

समाज परिवर्तन हुँदै जानु तर नेतृत्व परिवर्तन नहुँदा साँचो अर्थमा लोकतन्त्रको अनुभूत गर्न नसकिएको उनको बुझाइ छ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ।  मतदाताले फेरि एकपटक विवेक देखाउने अवसर पाउने छन्। यस्तोमा मतदाताले कस्तो उम्मेदवार खोजेका छन त?

हाल मूलपानी बस्दै आएका नुवाकोट थानसिङका केशवप्रसाद ढकाल जनताको दुख र समस्या बुझ्ने उम्मेदवारलाई मत हाल्न इच्छुक रहेको सुनाउँछन्।‘भोट हाल्दै गर्दा धेरै भोटो फेरियो,’ उनले भने, ‘तर, मुलुकले काँचुली फेर्न सकेन।’

‘दलहरूले अझै नेतृत्वमा मात्र ध्यान दिए तर नीतिमा दिएनन्’,राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘त्यसैले सोचेजस्तो परिवर्तन हुन सकेन।’
१८ वर्षको उमेरदेखि भोट हाल्दै आएका उनी ६० बर्से उमेरमा पनि भोट हाल्न उत्तिकै इच्छुक छन्। ‘राम्रो व्यक्तिलाई भोट हाल्न पाए परिवर्तन हुन्छ भन्ने आश मरेको छैन,’ उनी थप्छन्, ‘त्यही राम्रो मान्छेको प्रतीक्षामा छौं।’  

यस्तै धारणा राख्छिन् रानीबारी काठमाडाैंकी मनिता थपलिया पनि। कतिपयले उम्मेदवार राम्रो छाने पनि समाजको माहोलले उसले काम गर्न नसकेको पनि उनको बुझाइ छ। ‘पहिलो कुरो राम्रो उम्मेदवारनै भेटिएन,’ उनले  थपिन्, ‘केही राम्राले जिते पनि नराम्राका भिडमा हराउने भए।’ दलले उम्मेदवार राम्रो दिएर मात्र हैन, समाजको चेतना पनि परिवर्तन हुनुपर्ने उनको ठम्याइ छ।

त्यसैले होला, तामाकोशी–६ दोलखाका हरि फुयाँल युवा पिढीलाई टिकट दिनुपर्ने बताउँछन्। ‘एकपटक युवालाई पनि हेर्नुपर्‍यो  जस्तो लाग्छ,’ उनले भने, ‘कतै उनीहरूले मुलुकलाई सही बाटोमा लैजान्छन् कि!

उनको धारणासँग सहमत छिन् थपलिया पनि। उनी पनि अहिलेको समस्या भनेको ‘जेनेरसन ग्याप’ रहेको बताउँछिन्।‘सत्ता बुढाखाडाको हातमा मात्र सीमित भयो,’ उनी भन्छिन्, ‘पाका मान्छेले गाइड गरेर युवा पिढीलाई अगाडि बढाउनुपर्‍यो।’

यस्तामा दलहरूको भूमिका पनि निकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले जनताको बदलिंदो मनोभावलाई बुझेर टिकट दिंदा राम्रो नतीजा आउने छ। ‘केन्द्रको चुनावमा जस्तो स्थानीय तहको निर्वाचनमा पार्टीले हस्तक्षेप गर्नु हँुदैन,’ राजनीतिशास्त्री भट्ट भन्छन्, ‘स्थानीयको समस्या बुझेकाले मात्र त्यस क्षेत्रको हित गर्न सक्छन्।’

कतिपय त चुनावदेखि निराश पनि देखिएका छन्। राम्रो उम्मेदवार दिए भोट हाल्ने नत्र नहाल्ने पक्षमा रहेको उनीहरू सुनाउँछन्। ‘राम्रो उम्मेदवार भेटिएन भने भोट हाल्न पनि जादैनौँ,’ हरि फुयाँल थप्छन्, ‘परिवर्तनको सम्भावना नै भएन भने भोटको लाइनमा बस्न पनि जाँगर लाग्दैन।’

तर, विज्ञहरू निराश हुन नहुने सुझाउँछन्।  दलहरूमाथि प्रतिबन्ध गर्ने वा उनीहरूलाई निस्तेज गर्नेभन्दा सशक्त र जवाफदेही बनाउनेमा ध्यान जानुपर्ने उनीहरूको सुझाव छ। ‘दलीय सोचभन्दा पनि आफ्नो क्षेत्रमा राम्रो गर्ने उम्मेदवारलाई भोट हाल्दा आफ्नो ठाउँको परिवर्तन हुन्छ, ’ भट्ट थप्छन्, ‘यही क्रमबाट बिस्तारै समाज परिवर्तनको बाटोमा जाने छ।’

अबको निर्वाचनमा मतदाताले पृथक् ढंगले सुझबुझका साथ मतदान गरूँन भन्ने उनको भनाइ छ। नाङ्लेभारेका कृष्णप्रसाद ढकाल पनि उस्तै धारणा राख्छन्। प्ञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनी पार्टीले सही उम्मेदवार चयन गर्न नसक्दा मुलुकले हार्ने गरेको सुनाउँछन्। ‘भोट सधैं हालियो,’ उनी भन्छन्, ‘तर सोचेजस्तो परिवर्तनको अनुभूति भएन।’

बालाजुकी निशा अम्गााई विदेशिएका युवालाई स्वदेशमा ल्याएर काम दिन सक्ने उम्मेदवारको खोजीमा छिन्। त्यस्तै सिन्धुलीका  चिरन माझी युवा पिढीलाई आकर्षित गर्ने उम्मेदवार रोज्नुपर्ने सुझाउँछन्।  

‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत थुप्रै क्षेत्रमा काम गर्नुपर्ने छ,’ उनले भने, ‘युवालाई खाडीको बाटो छुटाएर स्वदेशको बाटो ल्याउन सक्ने नेताको खोजी छ। हामी चाहन्छौं, यही माटोमा समृद्धिको सप्तरंगी फूल ढकमक्क भएर फुलून्।’
अर्को समाचार
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
२ घण्टा अघि
•
१ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए। 




सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए।
संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’
सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।

https://www.youtube.com/watch?v=_rLtE2Xsxo0
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस