निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी भएका छन्। निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधिसभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए।
दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ। अहिलेसम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन्।
दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छिन्। अहिलेसम्म ४६ हजार २ सय ९३ मत गणना हुँदा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गरेकी छिन्।